• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘पाँच औले नीति’ ले चीनको कब्जामा पुग्यो तिब्बत, निसानामा नेपाल

तिब्बती सेनाको भेषमा काँधमा राईफल बोकेर भागेका थिए दलाई लामा


‘पाँच औले नीति’ ले चीनको कब्जामा पुग्यो तिब्बत, निसानामा नेपाल

१० मार्च १९५९ मा ‘स्पेशल चाईनिज थिएटर हेर्न’ चीनले दलाई लामालाई निम्ता पठायो। चीनको सर्त थियो– दलाई लामा आएर चीनको स्पेशल थिएटर हेरुन। तर, चीन प्रवेश गर्दा वडिगार्ड समेत ल्याउन पाईने छैन।

चीनको यस्तो निम्तो पाएपछि दलाई लामा र उनका अनुयायीहरु शसंकित हुन्छन्। चीनले कतै दलार्ई लामालाई अपहरण गर्ने, हत्या गर्ने वा पक्राउ गर्ने योजना त बनाएको छोईन ? यो आशंका किन पनि थियो भने यसको केही दिन अघि देखिनै चाईनीज सेनाले दलाई लामा वसोवास गर्ने क्षेत्र ल्हासालाई वरिपरीबाट घेरा हालेको थियो। दलाई लामाको वास ल्हासा स्थित पोतला दरवारमा  थियो ।

चाईनिज सेनाले ल्हासामा घेरा हाल्नु र दलाई लामालाई शंकास्पद रुपमा चिन वोलाउनुले उनका अनुयायीहरुको धैर्यताको बाँध फुट्यो। उनीहरु घर छोडेर पोतल दरवार पुगे र दलाई लामाको सुरक्षाका लागि दरवार घेरेर बसे। तनाव वढ्दै गयो। चाइनिज सरकार र दलाई लामाका विचको सम्पर्क सुत्र पनि अवरुद्ध भयो। खतरा बढ्दै गएपछि दलाई लामा बाँच्ने सम्भावना क्षिण हुदै गयो। ठिक ७ दिनपछि अर्थात १७ मार्च १९५९ मा दलाई लामा भुमिगत भए। भेस बदलेर उनी दरबारबाट निस्किए। हेर्दा हेर्दै चिनियाँ सेनाले ल्हासासहित पुरै देश कब्जा गर्यो।

यो कहानी हो, कुनै समय स्वतन्त्र देशका रुपमा रहेको तिब्बतको । तिब्बत अहिले चीनको कब्जामा छ।

यसरी चिनको कब्जामा पुग्यो तिब्बत
मुख्यतया यहाँ बुद्ध धर्म मान्ने मानिसहरूको बसोवास छ। तिब्बतलाई ‘विश्वको छाना’ पनि भनिन्छ। झन्डै ४० वर्षसम्म तिब्बत एक स्वतन्त्र देश थियो। तर, सन् १९४९ मा चीनमा कम्युनिस्टको उदय भएपछि यो हिमाली क्षेत्रको परिस्थति फेरियो। माओको नेतृत्वमा १९४९ अक्टोबर १ तारिखका दिन चीन जनगणतन्त्र भयो। अहिले चिनियाँ नागरिक चीनलाई ‘नयाँ चीन’ भन्छन्। यही समयदेखी चीन र तिब्बत विवाद सुरु भएको पाईन्छ।

सन् १९४९ मा तिब्बतसँग दुई पक्षीय दूतावासीय सम्झौता गरेको चीनको केन्द्रीय सरकारले त्यसको एक वर्षपछि सन् १९५० अक्टुबर ७ का दिन तिब्बतमा जनमुक्ति सेना पठायो। १२ दिनसम्म युद्ध चल्यो। चिनियाँ सेनाले अक्टुबर १९ मा चाम्डु सहरबाहिरको क्षेत्र आफ्नो नियन्त्रणमा लियो।

यो युद्ध लगातार ८ महिनासम्म चल्यो। तिब्बतका धार्मिक नेता दलाई लामा लामो समय पोतला दरबारमा बन्धक बने। यो विषयलाई दलाई लामाले युनाईटेड नेसनसम्म पु–याए। तर, अवस्थामा कुनै सुधार नभएपछि तिब्बतले आफनो प्रतिनिधि बेईजिङ पठायो।

युद्ध जित्न नसकिने देखेपछि तिब्बत सन् १९५१ को मे २३ का दिन चीनसँग बाध्यभएर १७ बुँदे विवादित सम्झौतामा हस्ताक्षर गर्यो। जसमा दलाई लामाले सहि गरेका थिए। यो सम्झौतामा मुख्य दुई बुँदा थिए। पहिलो, तिब्बत सरकारले राष्ट्रिय प्रतिरक्षालाई बलियो पार्ने र साम्राज्यवादी शक्तिलाई तिब्बती भूमिबाट खेद्ने सिलसिलामा चिनियाँ जनमुक्ति सेनालाई सक्रिय सहयोग गर्ने।

तिब्बतको वैदेशिक सम्बन्ध चीनको केन्द्रीय सरकारले सञ्चालन गर्ने। उसको सेना चरणबद्द रुपमा जनमुक्ति सेनामा विलय गर्ने। त्यस्तै दोश्रो, केन्द्रीय जनसरकारले तिब्बतको प्रचलित व्यवस्थालाई बदल्न पाउने छैन अथवा दलाई लामाको अन्तर्निहित हैसियत र सत्तालाई चलाउने छैन। चौधौं दलाई लामा र दशौं पन्छन इर्दिनी (लामा) ले चीनको जनसरकारका अध्यक्ष माओ त्सेतुङलाई सत्र धाराको सम्झौताप्रति आफ्नो सहमति जनाउँदै मातृभूमिको एकता र सार्वभौमसत्ताप्रति पूर्ण प्रतिबद्धता दर्शाउने, लेखिएको थियो।

उक्त सम्झौतामा हस्ताक्षर भएपछि युद्ध अन्त्य भयो। तर, तिब्बतीहरुले देश गुमाउनुको पीडा भुल्न सकेनन्। दलाई लामालाई बन्धक बनाएर, एउटा असहाय देशको सरकारमाथि सैन्य बलको आडमा इच्छाविपरीत असमान सम्झौतामा हस्ताक्षर गराइएको भन्दै तिब्बतीयनले उक्त सन्धिलाई अमान्य घोषणा गर्न दबाब दिन थाले।

किनकी धार्मिक गुरुका रुपमा बौद्धमार्गी तिब्बतीयनहरुले पुज्ने दलाई लामा सम्झौतामा हस्ताक्षर गर्दा मात्र १५ वर्षका थिए। त्यसैले विस्तारैं तिब्बतीयनले आक्रमण र कब्जाको विरोध गरे तर चीनले यही सम्झौतालाई तिब्बतको शान्तिपूर्ण मुक्ति भन्दै व्याख्या गर्यो।

सन् १९५६ देखि सन् १९५९ को मार्च १० सम्म तिब्बतको पुरानै स्वतन्त्र हैसियत माग गरेर आन्दोलन गर्ने कैंयौंले ज्यान गुमाए। यसलाई तिब्बतीले राष्ट्रिय स्वतन्त्रताका लागि भएको पहिलो विद्रोह भन्ने गरेका छन्। जुन विद्रोहमा हजारौँ मानिसको ज्यान गुमाएका थिए।

तिब्बती फौजले चीनको सेनासँग अन्तिम समयसम्म लडेको थियो। तर, चिनियाँ सेनाले युद्ध मैदानमा सबै तिब्बती सेनालाई मारेपछि दलाई लामाले देश नै छाडेर भाग्नु परेको थियो। चीनको जनमुक्ति सेनाको हस्तक्षेप र दुई साता चलेको भयङ्कर हिंसापछि विद्रोह दबाउन चीन सफल भयो।

चिनियाँ सेनाले उत्पात मच्चाएपछि २४ वर्षीय तिब्बती बौद्ध धार्मिक नेता १४औं दलाई लामा आफ्ना सहयोगीहरुसहित भागेर भारत पुगे। उनका अधिकांश मन्त्रीहरू र लगभग ८० हजार नागरिक उनको पछाडि भारत पुगेको वताईन्छ।

जानकारी अनुसार सन् १९५९ को मार्च १० का दिन नै चीनले तिब्बत मै दलाई लामालाई एउटा भव्य समारोह आयोजना गरेर मुख्य अतिथिको रुपमा निम्तो गरेको थियो, जुन माथि उल्लेख गरिएको छ। आफ्ना अंगरक्षक बिना नै कार्यक्रममा सहभागी हुन निम्तो पठाएको चिनियाँ फौजले लामालाई सोही कार्यक्रमको बेला दरबार बाहिर निस्केको मौकामा सजिलै पक्राउ गर्ने नीति बनाएको थियो।

तर, दलाई लामा हजारौं चिनियाँ फौजको त्यो भिडमा गएनन्। त्यसको ६ दिनपछि चिनियाँ फौजले दलाई लामा बस्ने दरबार ध्वस्त बनाउने तयारी गरेको हल्ला फैलियो। विस्तारै ल्हासामा चीनीयाँ सशस्त्र फौज आधुनिक हतियारसहित जम्मा हुन थाले। हवाई तथा स्थल मार्गबाट चिनियाँ फौज तिब्बतमा केन्द्रित भइरहेको बेला दलाई लामाको दरबार बाहिर दुई पटक बम विष्फोटको आवाज सुनियो। चिनियाँ फौजले दलाई लामा र उनका सहयोगीलाई पक्राउ गर्ने अथवा मार्ने र दरबार ध्वस्त बनाउने नीति लिएपछि १७ मार्चको राति दलाई लामा भेष बदलेर आफ्नी आमा, भाइ, बहिनी तथा निजी सहयोगी र अंग रक्षकका साथ दरबार छाडेर भागे।

उनीसहित ५ जनाको समूह ट्रकको भित्र लुकेर निस्केको थियो। दलाई लामा तिब्बती सैनिकको भेषमा काँधमा राइफल बोकेर दरवार वाहिर निस्केका थिए।

चीनमा माओले सत्ता सम्हालेपछि सबैभन्दा पहिले तिब्बत कब्जामा लिएर संसारकै अग्लो छानोका रुपमा रहेको भूगोललाई चीनको पर्खाल बनाउन चाहेका थिए। किनकी चीनको दक्षिण–पश्चिम सीमामा पर्ने तिब्बत रणनीतिक क्षेत्र हो। प्राकृतिक रूपमा निकै समृद्ध तिब्बतमा खनिज पदार्थ, लिथीअम, यूरेनिअम र धेरै पानीको श्रोत छ। तिब्बत विश्वकै सबैभन्दा अग्लो र लामो पहाडी मैदान हो र एशियामा बग्ने कैयौँ ठूला नदीको उद्गमस्थल पनि हो। जुन भूगोल तेह्रौँ शताब्दी ताका मङ्गोल साम्राज्यको भाग रहेपनि पछि प्रायः स्वायत्त नै थियो।

नेपाल पनि चीनको निशानामा
चीनले पूर्व नेता माओ जेडोङले प्रतिपादन गरेको ‘फाईव फिंगर पोलिसी’ लाई आत्मसाथ गरेको छ। जसले तिब्बतलाई चीनको दाहिने हाथ र लद्दाख, नेपाल, सिक्किम, भूटान र अरूणाचल प्रदेशलाई त्यसका पाँच औला मानेको छ। त्यसैले तिब्वतलाई चिनमा विलय गराएपछि बाँकी पाँच औलालाई पनि मुक्त गर्नुलाई आफनो दायित्वको रुपमा वुझेको छ। यी क्षेत्रलाई ‘स्वतन्त्र’ गराउनु चीनको कर्तव्य हो भन्ने माओको विश्वास थियो।

यद्यपी, चीन सरकारका आधिकारीक भनाईमा यो विषय कहिलै समेटिने गरेको छैन। तर, २०१७ मा डोक्लाममा भएको झडप र त्यसको गतिरोधपछि चीनियाँ कम्युनिष्ट पार्टीको एक अस्थायी मुखपत्रले यो कुरालाई पुष्टि गरेको थियो। चीनले भुटान, नेपाल र सिक्किममाथि दाबी गर्नुअघि पूर्ववर्ती नेता वा प्रशासकहरुले पनि सन १९०० को प्रारम्भमा यी क्षेत्रहरू तिब्बतकै क्षेत्र भएको रुपमा वुझदै आएका थिए ।

आधिकारिक रूपमा चीनको ‘पाँच औंले नीति’ कहिल्यै चर्चामा आएन र अहिले पनि प्राय निष्क्रिय छ। तर, चीनले अरुणाचल प्रदेश र लद्दाखलाई आफनो भुभाग क्षेत्रका रुपमा ब्याख्या गरिरहेको छ। फलस्वरूप अरुणाचल र लद्दाखलाई होटान प्रिफेक्चर र सिनजियाङको भागको रूपमा हेरिरहेको छ। त्यसैले सन २०१७ को डोक्लाम झडप पछि चीनको ‘पाँच औले नीति’ पुनर्जीवित हुन सक्छ भन्ने आशंका गर्न थालिएको छ।

भूराजनीतिक विज्ञहरूका अनुसार ‘पाँच औंले नीति’ हिमालयको ऐतिहासिक भूगोलमा चीन र भारतको सदैव दावी रहँदै आएको छ। भारत र चीनबीच लामो समयदेखि चलिरहेको सीमा विवादको कारण पनि यही हो भन्ने जानकारहरु वताउँछन्। नेपाल आज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनको उद्देश्य अर्को दलाई लामा या त चीन वा प्रो चाइना हुनुपर्छ
  • २०७९ कार्तिक ६, आईतवार २०:३१
  • In "BannerNews"
  • तिब्बती जनताको स्वतन्त्रताका लागि चीनविरुद्ब दबाब सिर्जना गर्न अमेरिकामा विधेयक पारित
  • २०७९ कार्तिक ६, आईतवार २०:३१
  • In "BannerNews"
  • १९९२ मा भएको दलाई लामाको भ्रमणको सम्झनामा रुसमा बौद्ध मन्दिर बनाइने 
  • २०७९ कार्तिक ६, आईतवार २०:३१
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

जिरो कोभिड नीतिले खस्किएको चिनियाँ अर्थतन्त्र

सत्ता र शक्तिका लागि मधेसका शहिदको सपनामाथि लात हाने उपेन्द्रले, मधेसी जनता आक्रोशित

कमिशनको खेलमा डेढ करोड बन्दै चुनावी मुद्दा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version