No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पोर्नोग्राफीले दम्पतीको यौन जीवन विथोलिन सक्छ : मनोविद् करुणा कुँवर

पोर्नोग्राफीले दम्पतीको यौन जीवन विथोलिन सक्छ : मनोविद् करुणा कुँवर

इन्टरनेटको व्यापकतासँग धेरैजसो पोर्नोग्राफीमा झुम्मिने गरेको विभिन्न अध्ययनले देखाएको छ । नेपालमा मात्र होइन, विश्वभर नै पोर्नोग्राफी हेर्नेको संख्या अधिक छ । एक वेबसाइटले गरेको अध्ययन अनुसार विश्वभर एकै समयमा तीन सय मिलियनभन्दा बढी मानिस पोर्न भिडियो हेरिरहेका पाइयो ।

यसले स्पष्ट के संकेत गर्छ भने मान्छेहरु यौनप्रति बढी नै उत्सुक छन् । साथसाथै यौनजन्य मनोरञ्जनमा उनीहरुको लगाव अधिक छ । यद्यपि यौनका बारेमा खुलेर भन्न वा छलफल गर्न भने चाहँदैनन् ।

पोर्न भिडियो हेर्नु उचित हो वा गलत ? यो प्रश्नको कुनै सर्वमान्य जवाफ फेला परेको छैन । एकथरीले पोर्नग्राफीलाई मान्छेको सामान्य आवश्यक्तासँग जोडेर व्याख्या गरिरहेका छन् भने कतिले यसलाई नकारात्मक रुपमा पनि । एकथरीको मान्यता छ, पोर्न भिडियो हेरेर मान्छेले यौन आनन्द प्राप्त गर्छन् । साथै यसले परोक्ष रुपमा यौन हिंसा, बलात्कार जस्ता कृत्यतर्फ लाग्न दिदैन । अर्कोथरी भन्छन्, पोर्न भिडियोले मान्छेलाई यौनजन्य गतिविधिमा मात्र तल्लिन हुन उक्साउँछ । कतिलाई यसको लत नै लागेको हुन्छ, जो एकदमै भयानक हुनसक्छ ।

एक अध्ययन अनुसार पोर्नोग्राफीको असर मस्तिष्कदेखि भावनात्मक समबन्धसम्म पर्ने दाबी गरिएको छ । अमेरिकन साइकोलोजिकल एसोशियनद्वारा ‘हाइपर सेक्सुअलाइज्ड’ सम्बन्धि गरिएको अध्ययन अनुसार लगातार पोर्नोग्राफीमा आफ्ना अधिक समय बिताउने व्यक्तिले अन्य काममा ध्यान केन्द्रित गर्न सक्दैनन् ।

अब कुरा गरौं, दम्पतीबीच हुने यौन जीवनको । प्रोर्नोग्राफीकाले तलले दम्पतीको यौन जीवनमा कुनै किसिमको असर पु¥याउँछ ?

पोर्नोग्राफी र यौन जीवन

बेलाबखत पोर्न भिडियो हेर्नु सामान्य हो । इन्टरनेटको सहज पहुँचले गर्दा जो कोही पोर्नोग्राफीसम्म पुग्न सक्छन् । पोर्न भिडियो हेर्नै हुन्न हेर्न निषेध गर्नुपर्छ भन्ने तर्क अब उचित देखिदैन ।

तर, यसका पनि आफ्नै सीमा हुन्छन् । कतिबेला हेर्ने, कति हेर्ने ? संभव भएसम्म त यसबाट ध्यान हटाउनु नै उत्तम हो । अरु स्वस्थ मनोरञ्जन गर्नु राम्रो हो । किनभने पोर्न भिडियो हेर्न थालेपछि यसले थप जिज्ञासाहरु पैदा गर्दै जान्छ । मान्छेमा पोर्न भिडियो हेर्ने लत बस्न थाल्छ । उनीहरु खोजीखोजी र लुकीलुकी नै यस्तो भिडियो हेर्न थाल्छन् ।

यो चरणमा पुग्नु नै पोर्नोग्राफीको लत लाग्नु हो । लत भनेको कुनैपनि कुरामा राम्रो होइन । अति आशक्तीले मान्छेलाई मूल कर्मबाट विमुख गराउँछ ।

खासगरी युवाहरु जब पोर्नोग्राफीको लतमा पर्छन्, उनीहरुले आफ्नो काम, कर्तव्य, भविष्य भुल्छन् । जतिबेला पनि पोर्न भिडियो नै हेर्न चाहन्छन् । यसले उनीहरुको उर्जाशिल समय नष्ट गर्छ । यसको प्रत्यक्ष असर दम्पतीको यौन जीवनमा पनि पर्ने नै भयो । पोर्न भिडियो हेरेपछि दम्पतीमा त्यही किसिमको अपेक्षा बढेर जान्छ । भिडियोमा देखाइएको झै आसनको अभ्यास गर्न थाल्छन्, जो व्यवहारिक जीवनमा उपयुक्त नहुन सक्छ । यसले विस्तारै दम्पतीबीच यौन असन्तुष्ट बढेर जान्छ र उनीहरुको सम्बन्धमा फाटो आउन थाल्छ ।

पोर्न भिडियो हेर्ने बानी परेपछि उनीहरुलाई आफ्नो पार्टनरप्रतिको लगाव पनि घट्न सक्छ । त्यसैले बेलाबखत रमाइलोको लागि पोर्न भिडियो हेर्नु सामान्य भएपनि यसमा बानी पार्नु दाम्पत्य सुखका लागि बाधक हुनसक्छ ।

यसले यौन जीवनलाई सक्रिय बनाउँछ वा शिथिल ?

प्रोनोग्राफीमा दुवैलाई रुचि छ भने कहिलेकाहीँ सक्रिय बनाउन सहयोग पनि गर्न सक्छ । तर, यो कुरा सबैमा लागु हुँदैन । भिडियो हेरेर आफु मात्र उत्तेजित हुने र पार्टनरको सहमति बिना नै यौन सम्बन्ध बनाउन खोजेमा त्यो अरु पीडादायी बन्छ । यसले दम्पतीको यौन असन्तुष्ट अरु बढाइदिन्छ ।

कतिको बुझाई के पनि हुन्छ भने पोर्न भिडियो हेरेपछि प्राकक्रिडा वा यौनका आसनबारे दम्पतीले थप जानकारी पाउन सक्छन् । अतः उनीहरुले पनि सोही अभ्यास गर्न सक्छन् । तर मान्छेको स्थिती, मनस्थिती, परिस्थिती फरक हुन्छ । भिडियोमा हेरेजस्तो दुरुस्तै सबैकुरा ठीकठाक हुँदैन । त्यसैले पोर्न भिडियोबाट दम्पतीले यौन सुख प्राप्त गर्न सक्छ भन्नु भ्रम मात्र हुनसक्छ ।

यौन जीवन विथोलिन सक्छ

अक्सर पोर्न भिडियो हेरिरहँदा दम्पती दुबैजना त्यसमा समान सहभागी नभएको हुनसक्छ र त्यस्तो अनुकुलता नमिलेको पनि हुनसक्छ । अर्को कुरा, एकजनालाई पोर्न भिडियोमा रुची हुँदैमा अर्कालाई पनि त्यसमा रुची हुन्छ भन्न सकिदैन । जब पार्टनरले पोर्न भिडियो हेर्छन् र यौनका लागि तयार हुन्छन् त्यसबेला पार्टनर तयार नभएको हुनसक्छ । किनभने यौनमा शरीर मात्र होइन, मन पनि तयार हुनुपर्छ । यो शारीरिक क्रिया भएपनि मानसिक उपस्थिती यसमा खास महत्वपूर्ण हुन्छ ।

जब पार्टनरमध्ये एकजनामा यौन उत्तेजना बढ्छ र भिडियोमा देखिए झै अभ्यास गर्न थाल्छन् त्यसले एकजनालाई मनोरञ्जन दिलाएपनि अर्कालाई पीडा दिन्छ । आनन्द र आत्मियता स्थापित गर्न राखिने सम्बन्धलाई अपेक्षाले खल्लो बनाइदिन्छ । यस्तो किसिमको यौन व्यवहारले दम्पती सुखमा तगारो ल्याउँछ । उनीहरुको यौन जीवन सक्रिय वा सुन्दर हुने होइन, बरु विथोलिन सक्छ ।

मनोविद् कुँवरसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post
महिलामा यौनांग चिलाउने रोग, कारण र समाधान

के कारणले हुन्छ यौनाङ्ग चिलाउने समस्या ?

महिलामा यौनांग चिलाउने रोग, कारण र समाधान

महिलामा यौनांग चिलाउने रोग, कारण र समाधान

युरोप र अमेरिकी प्रतिबन्धले बढ्यो रुसको समस्या

युरोप र अमेरिकी प्रतिबन्धले बढ्यो रुसको समस्या

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .