No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतले बनाएको लडाकु हेलिकोप्टर, नाम राख्यो ‘प्रचण्ड’


भारतले बनाएको लडाकु हेलिकोप्टर, नाम राख्यो ‘प्रचण्ड’

भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ । उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको छ ।

दुई इन्जिनयुक्त लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच) को नाम ‘प्रचण्ड’ राखिएको हो । उक्त हेलिकोप्टरलाई सोमबार औपचारिक रुपमा जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’मा सामेल गरिएको बीबीसी हिन्दीलगायतका मिडियाहरूले लेखेका छन् ।

भारतीय वायु सेनाका अध्यक्ष एयर चिफ मार्शल विवेक राम चौधरीले उक्त हेलिकोप्टर अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध लडाकु हेलिकोप्टर सरह रहेको बताएका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले प्रचण्ड हेलिकोप्टरले स्थल र वायु सेना दुबैको आवश्यकता पूर्ति गर्ने बताएका छन् । उक्त हेलिकोप्टरको भिडियो ट्वीटरमा सेयर गर्दै रक्षामन्त्री सिंहले लेखेका छन्– ‘नाम हो प्रचण्ड ।’

भारतीय मिडियाहरुका अनुसार यो हेलिकोप्टर बनाउने चर्चा पहिलो पटक सन् १९९९ को कारगिल युद्धपछि सुरु भएको थियो, जतिबेला भारतीय सेनाले उच्च क्षेत्रका दुर्गम क्षेत्रमा एक हलुका लडाकु हेलिकोप्टरको महसुस गरेको थियो ।

यस्ता छन् विशेषता

यो हेलिकोप्टरको निर्माण हिन्दुस्तान एयरोनोटिक्स लिमिटेड (एचएएल)ले गरेको हो । यसमा हाल ४५ प्रतिशत सामान स्वदेशकै प्रयोग गरिएको छ । भविष्यमा ५५ प्रतिशत सामान स्वदेशकै प्रयोग गर्ने लक्ष्य छ ।

प्रचण्ड नामको यो हेलिकोप्टरमा प्रयोग गरिएको एलसीएच विश्वकै उत्कृष्ट लडाकु उडान उपकरणमध्येमा गनिन्छ । यो हेलिकोप्टरले अत्याधुनिक हतियार र इन्धनको भारसहित ५ हजार मिटर (करिब १६ हजार ४०० फिट) को उचाइसम्म उडान भर्न

सक्छ ।

यो हेलिकोप्टरलाई हरेक मौसममा २४ सै घण्टा उद्धार वा कारबाहीका लागि प्रयोग गर्न सकिन्छ । उच्च गर्मी, उच्च जाडो, उच्च स्थान, होचो भाग र अन्धकारमा पनि यो हेलिकोप्टरलाई उपयोग गर्न सकिन्छ ।

यस्ता थप ६ वटा हेलिकोप्टर आगामी सन् २०२३ को ३१ मार्चसम्म भारतीय वायु सेनालाई उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

– सबै तस्वीरहरू भारतीय रक्षामन्त्री राजनाथ सिंहको ट्वीटरबाट / अनलाइनखबर बाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

इजिप्टमा विश्वकै सबैभन्दा ठूलो संग्रहालय खुल्यो

इजिप्टमा विश्वकै सबैभन्दा ठूलो संग्रहालय खुल्यो

अफगानिस्तानले पाकिस्तानका तीन प्रान्तमाथि दाबी गरेपछि…

अफगानिस्तानले पाकिस्तानका तीन प्रान्तमाथि दाबी गरेपछि…

इरान र अमेरिकाबीच सम्झौता गराउने कतारले मध्यस्थता गर्दै

इरान र अमेरिकाबीच सम्झौता गराउने कतारले मध्यस्थता गर्दै

यौन अपराधको आरोपमा अस्ट्रेलियाका पूर्व सांसदलाई पाँच वर्षभन्दा बढी जेल सजाय

यौन अपराधको आरोपमा अस्ट्रेलियाका पूर्व सांसदलाई पाँच वर्षभन्दा बढी जेल सजाय

रुस-युक्रेन युद्ध : ठूलो सफलता हात पारेको रुसको दाबी

रुस-युक्रेन युद्ध : ठूलो सफलता हात पारेको रुसको दाबी

Next Post
जसपा प्रतिनिधिसभाको १७ सिट लिएर एमालेसँग गर्‍यो तालमेल

जसपा प्रतिनिधिसभाको १७ सिट लिएर एमालेसँग गर्‍यो तालमेल

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

अमेरिकाले प्रविधि र सैन्य क्षेत्रमा चीनको प्रगतिलाई रोक लगाउने नियम लागू

अमेरिकाले प्रविधि र सैन्य क्षेत्रमा चीनको प्रगतिलाई रोक लगाउने नियम लागू

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...