• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राष्ट्रपतिलाई सल्लाह दिनेहरु नै उहाँको भूमिका समाप्त पार्न लागि परेका हुन्ः वामदेव गौतम


राष्ट्रपतिलाई सल्लाह दिनेहरु नै उहाँको भूमिका समाप्त पार्न लागि परेका हुन्ः वामदेव गौतम

नेपालगञ्ज, बाँके । ‘नेकपा एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमले नागरिकता प्रमारिकरणको विषयमा राष्ट्रपतिलाई सल्लाह दिनेहरु नै उनको भूमिका समाप्त गर्न लागि परेको बताए । पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता गौतमले आईतबार पत्रकारहरुसंग कुरा गर्दै राष्टपतिद्धारा पहिलो पटक प्रमारिकरणको निम्ति पठाईएको नागरिकता विधेकमाथि दफावार छलफल गरेर एकएक सन्देशका विषयहरुमाथि व्याख्या गर्नु पथ्र्यो त्यो गर्न आवश्यक ठहर नगरेर राष्ट्रपतिलाई प्रमारिकरणको निम्ति उस्काउनेहरु नै उहाँको भूमिका समाप्त गर्न लागि परेको गौतमले बताए ।

गौतमले भने,‘राष्ट्रपतिले पहिलो पटक पठाएको नागरिकता विधेकमाथि १५ वटा सन्देश लेखिएको छ । राष्ट्रपतिद्धारा लेखिएका ती सन्देशहरुको सम्मानका साथ छलफल गरेर प्रतिनीधि सभाको विधान समितिमा, राष्ट्रिय समितिमा लगेर एकएक सन्देशका ती विषयहरुको बारेमा भन्नु पथ्र्यो । राष्ट्रपतिले राख्नु भएको चासो यी हुन् भनेर भन्न सक्नु पथ्र्यो । राष्ट्रपतिले अंगिकृत नागरिकताको सम्बन्धमा र महिलाहरु बलात्कृत हुँदा या अन्य कारणले गर्भ रहेको अवस्थामा र बच्चा जन्मिएको अवस्थामा त्यो बच्चाको बाबु कुन् हो भनेर उनीहरुलाई घोषणा गर्न लगाउने व्यवस्था छ त्यस्मा मातृत्वको अपमान भयो । त्यस्लाई विचार गर्न पर्छ कि पर्दैन ? भनेर प्रश्न गर्नु भएको छ यस्ता धेरै विषयहरु छन् ।’

राष्ट्रियसभा सदस्य समेत रहेका नेता गैतमले अगाडी थपे,‘नेपालको सम्बिधानले स्पष्ट के भन्छ भने प्रादेशिक पहिचान सहितको नेपाली नागरिकता भनेर भन्छ । र अहिले भएको नागरिकता विधेकमा प्रादेशिक पहिचानको व्यवसथा नै छैन । संविधानले किटान गरिसक्यो । उहाँले भनेका सन्देशहरु हामीले सुन्न पर्छ र जवाफ दिनु पथ्र्यो । त्यो नगरेर राष्ट्रपतिले निबन्ध लेख्नु भयो भन्दै तल बसेका प्रतिनीधि सभा सदस्यले यस्ता निबन्ध त कति लेखियो, कति हेरियो अनि कति पढियो भनेर खिल्लि उडाए तल बसेका प्रतिनीधि सभा सदस्यहरुले, मन्त्री भई सकेकाहरुले । राष्ट्रपति माथिको यस प्रकारको खिल्लि उडाउने काम असाध्यै नै अपमान जनक, निन्दनीय र भत्र्सना योग्यको छ ।’

राष्ट्रपति कार्यालयबाट आएका तर्कहरुलाई सम्माजनक रुपमा खण्डन गर्नु पथ्र्यो र आफ्ना विचारहरु स्थापित गर्नु पथ्र्यो तर त्यसो नगरेर जस्ताको त्यस्तै पास गरेर देखाई दिन्छौं भनेर सदनमै राष्ट्रपतिलाई चुनौति दिएको दृश्य हेरि नसक्नुको थयो । संयोजक गौतमले नेपाली जनता र नेपालको ईतिहासमा राष्ट्रपतिमाथि धावा बोलेको त्यो दिन कहिल्यै बिर्सन नसक्ने दिनको रुपमा रही रहनेछ । ‘सांसद र मन्त्री समेत भईसकेकाहरुले मञ्चमा गएरै हामीले राष्ट्रपतिलाई देखाई दिन्छौं भनेर भन्नु भयो । यस्ता अपरिपक्क सदनबाटै उहाँहरुले गर्नु भयो जुन खेद जनक रहेको छ ।’ नेता गौतमले भने ।

राष्ट्रपतिले गरेको गल्तिलाई प्रष्ट्याउँदै नेता गौतमले भने,‘सदनमा त्यस प्रकारको घटना घटेपछि राष्ट्रपतिले अन्तिममा प्रमारिक।ण गर्नु भएन । त्यस्तो अवस्थामा राष्ट्रपतिले आफ्नो विवेक पनि प्रयोग गर्न पाउनु हुन्न । अन्तितम बेलामा एकपटक उहाँले फर्काई सकेपछि फेरी सदनले राष्ट्रपति समक्ष प्रमारिकरणकालागि पठाई सकेपछि प्रमारीकरण गर्नुभन्दा अर्को विकल्प नै हुँदैन । त्यो उहाँले सोंच्न पनि सक्नु हुन्न । केहीपनि गर्न पाउनु हुन्न । उहाँले ड्याम्मै छाप लगाउनु पर्ने हुन्छ । र त्यो छाप उहाँको जीवनको सबैभन्दा माथिल्लो स्तरको कर्तब्यको पालना हो ।

त्यसबेला उहाँ फलाना विद्या भण्डारी राष्ट्रपति भनेर सोंच्ने हैन । राष्ट्रपतिको कुर्चीमा बसेको एउटा व्यक्ति जस्लाई नेपाल राष्ट्रले त्यो ठाउँमा पुर्याएको छ र त्यसको परम कर्तव्य भनेको छाप लगाउने थियो त्यसैमा उहाँ चुक्नु भयो । र यो राष्ट्रपतिबाट यति ठूलो भूूल भएको छ जस्को उहाँले जीवनभरी नै पश्चाताप गरेपनि सुधार गर्न सक्नु हुन्न । किनकी उहाँ त्याहाँनिर जाँदाखेरी रबर स्ट्याम हुनु पथ्र्यो । त्यो उहाँ हुन सक्नु भएन र सर्वोच्च अदालतले कारण देखाऊ आदेश दियो ।’

राष्ट्रपतिलाई सर्वच्चो अदालतबाट कारण देखाऊ आदेशको माग गर्नु भनेको उहाँको शिर झुकेको नेता गौतमले बताए । राष्ट्रपतिको शिर झुकाउने काम उहाँलाई सल्लाह दिनेहरु, उहाँलाई उक्साउनेहरु भएको बताउँदै राष्ट्रपतिको अपमान गर्नको निम्ति, राष्ट्रपतिलाई समाप्त गर्नको निम्ति भूमिका खेलेकाहरुलाई उहाँले चिन्न नसक्नु, त्यस्ता व्यक्तिहरुले दिएको सुझावलाई ख्याल गर्न नसक्नु राष्ट्रपति भण्डारीको जीवनमा सबैभन्दा ठूलो गल्ति भएको नेता गौतमको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रचण्डको कदम सही सावित भयो, अब पार्टी एकताको पहल गर्नुपर्छ : वामदेव गौतम
  • २०७९ आश्विन ११, मंगलवार ०८:१२
  • In "देश"
  • उपेन्द्र यादवलाई राजनीतिक रूपमा सिद्ध्याउन गौर घटना उचालियो’
  • २०७९ आश्विन ११, मंगलवार ०८:१२
  • In "BannerNews"
  • बैठक एक, चासो अनेक : मुख्य एजेन्डा ओझेलमा पर्ने सम्भावना
  • २०७९ आश्विन ११, मंगलवार ०८:१२
  • In "समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

रुसको विद्यालयमा गोली प्रहार, ७ विद्यार्थीसहित १३ जनाको हत्या

ताइवान सेनाले खसाल्यो तटीय क्षेत्रमा चिनियाँ ड्रोन

इजरायलका प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच दुर्लभ भेटवार्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version