No 1 News Portal
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

के कारणले हुन्छ यौनाङ्ग चिलाउने समस्या ?


के कारणले हुन्छ यौनाङ्ग चिलाउने समस्या ?

मकहाँ यौनाङ्ग चिलाउने समस्या लिएर दिनहुँ धेरै जना महिला आउने गर्छन् । खासमा यो आम समस्या हो । आम भए पनि यो सामान्य भने होइन । यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने जस्ता कुराले सामान्य दिनचर्यामा महिलाहरुलाई असहज बनाइरहेको हुन्छ । यस्तो कुरा उनीहरुले खुलेर भन्न पनि सक्दैनन् ।

स्त्रीरोग ओपीडीमा आउने सय जना महिलामध्ये ५० जना महिला यौनाङ्ग चिलाउने, पोल्ने र सेतो पानी बग्ने समस्या लिएर आउने गर्छन् । महिलाहरूमा यौनाङ्ग चिलाउने समस्या विभिन्न कारणले देखा पर्छ, तर मुख्यतया सरसफाइमा ध्यान नदिएर र यौन सम्पर्कको कारण संक्रमण भएर यो समस्या हुन सक्छ ।

अविवाहितहरूमा सुगन्धित साबुन, क्रिम, डिटर्जेन्टको प्रयोग, दैनिक रूपमा पेन्टी परिवर्तन नगर्ने र योनीको सरसफाइमा ध्यान नदिएर संक्रमण हुने गर्छ । यही संक्रमणका कारण यौनाङ्ग चिलाउने, दुर्गन्धित पानी बग्ने आदि समस्या देखा पर्छ ।

विवाहित महिलाहरूमा भने यौन सम्पर्कको कारण यो समस्या देखा पर्छ । यदि श्रीमान् वा श्रीमतीमध्ये एकमा यौनरोग छ भने अर्कोमा सरेर पनि महिलामा यो समस्या देखा पर्न सक्छ ।

यस्तो समस्या धेरै महिलामा देखा पर्ने भए पनि यस विषयमा उनीहरु खुलेर कुरा गर्न चाहँदैनन् । अलिअलि समस्या हुँदा सहेर नै बस्छन्, समस्या अलि धेरै भएपछि मात्र अस्पताल आउँछन् ।

ढुसी संक्रमण, ब्याक्टेरियाबाट हुने संक्रमण र एचआईभी जस्ता संक्रमणका कारण महिलाहरूमा योनी चिलाउने, गन्हाउने पानी बग्ने, पोल्ने जस्ता समस्या देखिन्छन् ।

योनी एकदमै संवेदनशील अंग हो । यसको सरसफाइमा ध्यान दिइएन भने छिटो संक्रमण हुन्छ । संक्रमणलाई सामान्य रूपमा लिएर सरसफाइमा ध्यान दिइएन भने यो समस्या योनी, पाठेघर हुँदै पेटसम्म पनि पुग्छ ।

यौनाङ्ग चिलाउने समस्याले महिलाहरूको दिनचर्यामा नै असर गर्छ । धेरै पानी बगेर प्याडको नै प्रयोग गर्नुपर्ने हुन्छ । यौनाङ्ग चिलाएर एकदमै असहज महसुस हुने र अरूको अगाडि जान नै अप्ठ्यारो लाग्ने समेत हुन्छ ।

महिलाहरूको अण्डाशयमा अण्डा बन्ने क्रममा पनि सेतो पातलो पानी बग्ने समस्या हुन सक्छ । महिनावारी हुनुअघि पनि पातलो सेतो पानी बग्ने र अलिअलि यौनाङ्ग चिलाउने समस्या देखा पर्छ भने त्यो सामान्य हो, यसमा डराउनु पर्दैन । यस्तो समस्या आफैं निको पनि हुन्छ । तर, दूध फाटेको जस्तो बाक्लो पानी बग्ने पानीको कलर पहेंलो हरियो भयो, यौनाङ्ग अत्यधिक चिलायो भने चाहिं त्यो समस्या हो । त्यसको उपचार गर्नैपर्छ ।

उपचार के छ ?

यौनाङ्ग चिलाउने समस्याको उपचार प्रायः दुई किसिमले हुन्छ । पहिलो सरसफाइमा ध्यान दिएर र अर्को एन्टिबायोटिक तथा अन्य औषधिको प्रयोग गरेर ।

समस्या भर्खरै सुरु भएको छ र अलिअलि चिलाउने सेतो पानी बग्ने समस्या छ भने यौनाङ्गको सरसफाइमा ध्यान दिनुपर्छ । यौनाङ्ग सफा गर्दा सुगन्धित साबुन, क्रिम, डिटर्जेन्टको प्रयोग नगर्ने, मनतातो पानीको मात्र प्रयोग गरेर सफा गरे पुग्छ । महिनावारी भएको बेला कपडाको प्रयोग नगर्ने, त्यसले पनि संक्रमण हुन्छ । पेन्टी दैनिक रूपमा परिवर्तन गर्ने, त्यसलाई धोएर घाममा राम्ररी सुकाएर मात्र पुनः प्रयोग गर्ने गरियो भने यो समस्या कम हुन्छ ।

यदि समस्या धेरै छ भने सरसफाइमा मात्र ध्यान दिएर हुँदैन । अस्पताल गएर चिकित्सकको सल्लाह अनुसार औषधिको पनि प्रयोग गर्नुपर्छ । यौनाङ्ग चिलाउने तथा सेतो पानी बग्ने समस्या अन्य यौनरोगको कारणले पनि हुनसक्ने भएकाले चिकित्सकलाई देखाएर उपचार गराउनुपर्छ ।

यो समस्याको विभिन्न घरेलु उपचार पनि हामीले सुनिरहेका हुन्छौं । जस्तो योनीलाई सुख्खा राख्ने, फिट्किरीको प्रयोग र पाउडरको प्रयोग गर्ने भन्ने सुनिन्छ । तर यस्तो घरेलु उपायले समस्याको समाधान हुने भन्दा समस्यालाई थप बढाउन सक्छ । त्यसैले अस्पताल गएर चिकित्सकको सल्लाह अनुसार नै उपचार गर्नुपर्छ ।

(डा. शाहसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • के कारणले हुन्छ यौनाङ्ग चिलाउने समस्या ?
  • २०७९ भाद्र ७, मंगलवार ०८:३०
  • In "स्वास्थ्य"
  • महिलामा यौनांग चिलाउने रोग, कारण र समाधान
  • २०७९ भाद्र ७, मंगलवार ०८:३०
  • In "स्वास्थ्य"
  • डा. बालकृष्ण शाहसँग वार्ता : पाठेघरको सिस्ट कति जोखिमपूर्ण हुन्छ ?
  • २०७९ भाद्र ७, मंगलवार ०८:३०
  • In "जीवनशैली"

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post

कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला, बम भएको आशंका

टीकापुर घटनाको ७ वर्ष पूरा, रेशम चौधरीको पार्टीले ‘विद्रोह दिवस’को रुपमा मनाउँदै

लोसपाका वरिष्ठ नेता महतोले भन्ने–गठबन्धन गर्नु बाध्यता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version