• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एकअर्काबाट के चाहन्छन् श्रीमान्-श्रीमती ?


एकअर्काबाट के चाहन्छन् श्रीमान्-श्रीमती ?

काठमाडौं । साँझ श्रीमान् कार्यालयबाट घर फर्कन्छन् र लुगाफाटो बदल्छन् । श्रीमती भन्छिन्- आफूले लगाएको लुगा त मिलाएर राख्नुपर्छ नि । जुत्ता एकातिर, टाई अर्कोतिर । कोट, पाइन्ट जताततै फ्याँकेका छन् ।

घर आउनासाथ श्रीमतीको मुड खराब भएको देखेर श्रीमानलाई पनि झोंक चल्छ । उनीहरु आपसमा भनाभन गर्न थाल्छन् । सानोतिनो झगडा नै हुन्छ ।

झगडाको निहुँ त खास केही थिएन । तर उनीहरुबीच झगडा भयो । बोलचाल बन्द भयो । जब उनीहरुलाई असहज महसुस हुन्छ, तब उनीहरुले झगडाको कारण खोतल्छन् । खासमा त झगडाको कारण एकअर्काप्रति गर्ने स–साना अपेक्षा रहेछन् ।

श्रीमतीको अपेक्षा थियो, ‘श्रीमानले घरमा सरसामान लथालिंग नबनाइदियोस् । आफूले जत्तिकै मेहनत गरेर चिरिच्याट्ट राखिदियोस् ।’

श्रीमानको अपेक्षा थियो, ‘दिनभर काम गरेर, थकित ज्यान लिएर घर फर्कंदा कम्तीमा श्रीमती हाँसीखुसी होस् । हार्दिकतापूर्वक घरमा स्वागत गरिदियोस् ।’

एक हिन्दी सिनेमाको यस दृश्यले दम्पतीबीच कसरी झिनामसिना निहुँमा पनि झगडा हुन्छ भन्ने देखाउँछ । नेपाली समाजमा प्रचलित एउटा भनाइ छ, ‘बुढाबुढीको झगडा परालको आगो ।’ यसले श्रीमान–श्रीमतीबीच हुने झगडालाई सामान्य प्रक्रियाको रुपमा लिएको बुझिन्छ । अक्सर यस्ता झगडा क्षणमै हुन्छ र क्षणमै मिल्छन् पनि ।

झगडाको बीउ अपेक्षा

श्रीमान चाहन्छन्, ‘आफ्नो जीवनसंगिनी ३२ लक्षणले युक्त भएकी होस् । हेर्दा आकर्षक, बोलीव्यवहार भद्र र नम्र, धैर्यवान्, क्षमाशील, विवेकी, शिक्षित, परिपक्व, सिर्जनशील, मायालु होस् ।’

श्रीमती चाहन्छिन्, ‘आफ्नो जीवनसाथी हरेक गुणले सम्पन्न होस् । समृद्ध, सक्षम, बलवान्, धैर्यवान, पराक्रमी, शिक्षित, बौद्धिक होस् ।’

तर सबै मान्छे सर्वगुणले परिपूर्ण हुँदैनन् । मान्छेको आफ्नै सबल पक्ष हुन्छ र कमजोर पक्ष पनि । तर दम्पतीले एकअर्काको राम्रो वा कमजोर पक्ष खुट्याउन नसक्दा उनीहरुमा एकअर्काप्रति अपेक्षा बढ्छ । यही अपेक्षा हो, जसले दाम्पत्य सम्बन्धलाई कमजोर बनाउने ।

एकअर्कालाई बुझ्न र स्वीकार्न नसक्दा दम्पतीमा झगडा हुने मनोविद् पुष्पा अधिकारी बताउँछिन् । ‘सम्बन्ध गाँस्न सजिलो हुन्छ तर त्यसलाई कुशलतापूर्वक निर्वाह गर्न कठिन हुन्छ,’ उनी भन्छिन्, ‘सम्बन्धलाई दिगो बनाइराख्न एकअर्काको कमी कमजोरीलाई बुझ्न र स्वीकार्न पनि सक्नुपर्छ ।’

उनका अनुसार सम्बन्धमा समस्या आउने प्रमुख कारण दुवैलाई जित्नुपर्ने भावना, एकअर्काप्रति बढी नै आशा गर्ने बानी हो । अधिकारी भन्छिन्, ‘दुवै जना आगो आगो भएपछि डढेलो लाग्ने स्वभाविक हुन्छ । एकअर्काको अस्तित्व स्वीकार्न नसक्नु, सम्मान कमी, आफ्नै कुराले जित्नुपर्ने लगायतका स्वभावले दाम्पत्य जीवनमा समस्या उत्पन्न गराउँछ ।’

दाम्पत्य जीवन सुरु भएपछि श्रीमान र श्रीमतीले एकअर्काप्रति अपेक्षा राख्नु अस्वभाविक होइन । तर आफ्नो अपेक्षा अनुरुप सबै कुरामा पूर्णता खोज्नु भने मूर्खता हो । अतः श्रीमान र श्रीमतीले एकअर्काप्रति कस्तो अपेक्षा गर्छन् त ?

श्रीमतीको अपेक्षा

प्रकृतिले नै महिला र पुरुषको स्वभाव भिन्न सिर्जना गरिदिएको छ । यिनीहरुको क्रोमोजम नै फरक हुने हँुदा स्वभाव र प्रकृति फरक हुन्छ ।

महिला पुरुष भन्दा भावानात्मक हुन्छन् । महिला आफ्नो भावना व्यक्त गर्ने भन्दा पनि कसैले बुझिदिओस् भन्ने अपेक्षा राख्ने गर्दछन् । उसले मेरो ख्याल गरोस्, यौन सम्बन्धको प्रस्ताव पनि श्रीमानले भनोस् भन्ने अपेक्षा गर्छन् । श्रीमानले आफूलाई समय दिओस्, आफूसँग हाँसीमजाक गरोस्, ख्याल गरोस्, आफूलाई प्राथमिकता दिओस् भन्ने अपेक्षा राख्छन् । तर उनीहरुले यी कुरा खुलेर भन्दैनन् । उनीहरु चाहन्छन्, आफ्नो अपेक्षा श्रीमानले बुझिदिओस् ।

अहिलेका महिला आर्थिक रुपमा आत्मनिर्भर भए पनि भावनात्मक रुपमा परनिर्भर हुन चाहन्छन् । श्रीमानले कुनै कुरामा विवाद हुँदा फकाउने, बच्चालाई जस्तो पुल्पुलाउने व्यवहार गरोस् भन्न चाहन्छन् । साथै श्रीमानले आफ्नो तारिफ गरुन्, अफिस होस् वा व्यापार काम सकिने बित्तिकै घर फर्किउन्, भन्ने श्रीमतीको चाहना हुन्छ ।

श्रीमानको अपेक्षा

अक्सर पुरुष आफूलाई सम्मान गरेको रुचाउँछन् । अरुको अगाडि झर्केर बोलेको, अनादर गरेको रुचाउँदैनन् । आफूलाई सधैं ख्याल राखोस्, आदर गरोस् भन्ने अपेक्षा राख्छन् । साथै आफ्नो निर्णय परिपक्व छ भन्ने उनीहरुलाई लाग्छ र आफूले गरेको निर्णयमा अरु राजी भइदिउन् भन्ने अपेक्षा गर्छन् ।

श्रीमती सहनशील भइदिओस् भन्ने नै श्रीमानको मुख्य चाहना हुने गर्छ । श्रीमतीले घरपरिवारमा शान्त वातावरण बनाइदिउन्, कुनै पनि कुरामा झगडा गर्ने भन्दा मिलाएर लैजाने, परिवारको ख्याल राख्ने, बोल्दा र काम गर्दा एकदमै सोचेर व्यवहार गर्ने, सबैलाई माया र दया गरोस् भन्ने चाहन्छन् ।

श्रीमतीको सारा ध्यान परिवारको हितकै लागि रहोस् । परिवारको अगाडि श्रीमानलाई होच्चाएर नबोल्ने, सम्मान गर्ने, आफ्नो महत्वकांक्षा भन्दा परिवारलाई महत्व दिने भइदिओस् भन्ने श्रीमानको चाहना हुन्छ ।

समाधान कसरी ?

विवाह गर्नुपूर्व विवाह सम्बन्धी परामर्श लिने प्रचलन नेपालमा आइसकेको छैन । मनोविद् अधिकारीका अनुसार विदेशतिर प्रेम सम्बन्ध विवाहमा परिणत गर्दा भोलिका दिनमा कसरी अगाडि बढ्न सकिन्छ, आउने परिस्थितिसँग कसरी सम्झौता गर्ने भन्ने सल्लाह परामर्शदाताले दिन्छन् । ‘सम्बन्धलाई झेल्न होइन, सम्बन्धबाट आनन्दित रहनुपर्छ,’ उनी भन्छिन् ।

यस्तै आफ्ना कमी कमजोरीको बारेमा समीक्षा गर्ने, अरुसँग तुलना गर्ने बानीलाई हटाउनुपर्छ । ‘आफ्नो जुत्तामा अरुलाई खुट्टा राख्न दिएझैं जिम्मेवारी साटफेर गरेर समस्या समाधान गर्नतर्फ लाग्नुपर्छ,’ मनोविद् अधिकारी भन्छिन् ।

तर्कले जित्नु भन्दा मायालु व्यवहार र हाँसेर कुरा गर्ने, आफ्नो कुराले जित्नुपर्छ भन्ने मानसिकता त्याग्ने, यौैनका बारेमा खुलेर कुरा गर्ने गर्नुपर्छ ।

यदि रिस उठेको छ भने पनि त्यसलाई लुकाएर आवेगमा प्रतिक्रिया दिनुहुँदैन । बोल्दा सन्तुलित बन्दा श्रीमान–श्रीमतीले एकअर्काप्रति सम्मान महसुस गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • किन हुन्छ दम्पतीबीच बारम्बार झगडा ?
  • २०७९ श्रावण २४, मंगलवार १२:०४
  • In "स्वास्थ्य"
  • किन हुन्छ दम्पतीबीच बारम्बार झगडा ?
  • २०७९ श्रावण २४, मंगलवार १२:०४
  • In "जीवनशैली"
  • काभ्रेस्थली घटना : पाण्डे दम्पत्तिको खटपटले परिवार नै सखाप
  • २०७९ श्रावण २४, मंगलवार १२:०४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

Next Post

सर्लाही जिल्ला अदालतमा तीन हजार ११८ मुद्दा दर्ता

जनकपुरबाट तीनदिनदेखि बेपत्ता एक किशोरको शव फेला, हत्याको आशंका

बर्दिवासमा एकातिर करार शिक्षकको आन्दोलन, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version