No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तनहुँमा एक वर्षमै ९३७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता


तनहुँमा एक वर्षमै ९३७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

 दमौली । तनहुँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष ०७८/७८ मा मात्रै अदालतमा सम्बन्ध विच्छेदका ९३७ मुद्दा दर्ता भएको हो ।

उक्त आर्थिक वर्षमा कुल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदको मात्रै रहेको अदाललते जनाएको छ ।

अदालतले सो वर्ष ६८६ सम्बन्ध विच्छेदका मुद्दा फर्छ्यौट गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए । सम्बन्ध विच्छेदका २५१ मुद्दा फर्छ्यौट हुन बाँकी भई चालु आर्थिक वर्ष ०७९/८० मा जिम्मेवारी सरिआएको छ ।

कम उमेरमा विवाह गर्ने र उमेर पुगेपछि श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो नभएपछि अदालतमा सम्बन्ध विच्छदेका मुद्दा बढी आउने गरेको बताइएको छ ।

बालविवाह, विपन्नता, मोबाइलको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षा .जस्ता कारणले सम्बन्ध विच्छेदको मुद्दा बढेको बताइएको छ ।

यसैगरी लेनदेनतर्फ एक सय १९ मुद्दा रहेकामा ७३ मुद्दा फर्छ्यौट भएको छ । अंशतर्फ चार सय आठ मुद्दा रहेकामा १५९ थान मुद्दा फर्छ्यौट भएको छ । लिखत बदरतर्फ १२० मुद्दा रहेकामा ३५ मुद्दा फर्छ्यौट भएको छ ।

जबर्जस्ती करणीतर्फ ८० मुद्दा रहेकामा २५ मुद्दा फर्छ्यौट भएको छ । कर्तव्य ज्यानतर्फ २२ मुद्दा रहेकामा आठ, सवारी ज्यानतर्फ ८१ मुद्दा रहेकामा ५१, ज्यान मार्ने उद्योगतर्फ २१ मुद्दा रहेकामा १०, चोरीतर्फ ३३ मुद्दा रहेकामा १४ मुद्दा फर्छ्यौट भएको छ ।

डाँकाचोरीतर्फ दुई मुद्दा रहेकामा दुई, लागुऔषधतर्फ ६८ मुद्दा रहेकामा ३३, आत्महत्या दुरुत्साहनतर्फ आठ मुद्दा रहेकामा दुई, मानव बेचबिखनतर्फ एक मुद्दा रहेकामा एक, कुटपिटतर्फ एक मुद्दा रहेकामा एक, जालसाजीतर्फ एक सय २८ मुद्दा रहेकामा ४८, बहुविवाहतर्फ १५ मुद्दा रहेकामा छ, बालविवाहतर्फ चार मुद्दा रहेकामा तीन, बालयौन दुरुपयोगतर्फ सात मुद्दा रहेकामा पाँच, चेक अनादरतर्फ एक सय मुद्दा रहेकामा २४ र अन्यतर्फ तीन सय ४० मुद्दा रहेकामा एक सय ७८ थान मुद्दा फर्छ्यौट भएको छ ।

अदालतले चार सय ७६ मुद्दा मेलमिलापका लागि पठाएकामा ३६ मुद्दा मात्रै मेलमिलापबाट समाधान भएको छ । अदालतमा सूचीकृत मेलमिलापकर्ता १४ जना छन् ।

अदालतले सो अवधिमा ५४.५६ प्रतिशत मुद्दा  फर्छ्यौट गरेको छ । अदालतले उक्त अवधिमा लक्ष्यभन्दा कम मुद्दा फर्छ्यौटगरेको हो ।

अघिल्लो वर्षको जिम्मेवारी सरिआएका नौ सय ५९ र नयाँ दर्ता एक हजार पाँच सय ४१ गरी कूल दुई हजार पाँच सय मुद्दामध्ये एक हजार तीन सय ६४ मुद्दा फर्छ्यौट भएको अदालतका श्रेस्तेदार कुँवरले जानकारी दिए ।

त्यस अवधिमा न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले ६२४ थान र न्यायाधीश वासुदेव पौडेलले सात सय ४० थान मुद्दा फर्छ्यौट गरेका छन् ।

‘गत वर्ष कोरोना कहरका कारण भएको निषेधाज्ञाका कारण मुद्दा फर्छ्यौटमा कमी देखिएको थियो, यस वर्ष पनि करिब डेढ महिनामा एक जना न्यायाधीश स्थानीय तह निर्वाचनमा खटिनुपर्दा मुद्दा फर्छ्यौटमा कमी आएको छ’ श्रेस्तेदार कुँवरले भने ।

अदालतले उक्त वर्षमा एक हजार २३४ नयाँ मुद्दा दर्ता हुँदा वार्षिक लगत दुई हजार १९३ हुने र एक हजार ५७६ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको थियो तर लक्ष्यभन्दा बढी मुद्दा दर्ता भएका कारण फर्छ्यौट सङ्ख्या कम भएको श्रेस्तेदार कुँवरले बताए ।

अदालतमा अब एक हजार १३६ मुद्दा फर्छ्यौट हुन बाँकी छ । फर्छ्यौट हुन बाँकी मुद्दा चालु आर्थिक वर्ष ०७९/८० मा जिम्मेवारी सरेर आउँछ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

Next Post
झ्याउ : फाइदा थाहा पाएपछि तपाईंले उपेक्षा गर्नुहुन्न

झ्याउ : फाइदा थाहा पाएपछि तपाईंले उपेक्षा गर्नुहुन्न

मधेशमा आएर ओलीले भने, ‘तराईको डुबानबारे मैले भारतसँग वार्ता गरें, अहिलेको सरकारले केही गरेन’

मधेशमा आएर ओलीले भने, ‘तराईको डुबानबारे मैले भारतसँग वार्ता गरें, अहिलेको सरकारले केही गरेन’

पाँचवटा गाडी एक–अर्कासँग ठोक्किदा १५ विद्यार्थी घाइते

पाँचवटा गाडी एक–अर्कासँग ठोक्किदा १५ विद्यार्थी घाइते

Leave a Reply Cancel reply

ताजा समाचार

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: