No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘साहुले मर्नु न बाँच्नु पारे, घरबार जोगाउन काठमाडौं आयौं’

साहुको चर्को व्याजका कारण उठीबास हुने अवस्थामा रहेका नवलपरासीका किसान दिनभर माइतीघरमा धर्नामा बसेर गौशालास्थित यही कटेरामा बास बस्न आइपुगेका छन् । उनीहरु घरखेत फुकुवा गरिदिन र साहुको दुष्चक्रबाट छुटकारा दिलाइदिन हारगुहार गरिरहेका छन् ।


‘साहुले मर्नु न बाँच्नु पारे, घरबार जोगाउन काठमाडौं आयौं’

निकाल्यौं हिरामोती, बनायौं सुनका दरबार ।

न हामीलाई एक छाक रोटी, न पायौं ओत लाग्ने घर ।।

बुधबार रातको नौ बज्दै थियो । गौशालास्थित सानो कटेरोमा गितारको यही गीतको धुन बजिरहेको थियो । काठमाडौंका व्यस्त सडक रित्तिदै जाँदा कटेरो भने भरिँदै थियो । दिनभर माइतीघरमा धर्नामा बसेकाहरु यही कटेरोमा आइरहेका थिए ।

बगैंचामा फूलहरु हामीले फुलायौं ।

खेतैभरि धानका बाला हामीले झुलायौं ।।

काठमाडौं र दिल्ली हाँस्छन हाम्रै रगतमाथि ।

संसारलाई सिँगार्ने हौ हामी निर्धन जाति ।।

गितारको मिठो धुनसँगै बुनिएका शब्द सुन्दा उनीहरु निकै भावुक भए । चिसो ओछ्यानमा पल्टिएका र सुख दुःखको बात मारिरहेका उनीहरुको ध्यान गितारतर्फ तानियो ।

गीत सुनेर कसैले ताली बजाए त कसैले टाउको हल्लाउदै दुःख बिसाए । गीतले गरिखाने मजदुरको भाका बोकेको थियो । गीत सुन्नेहरु पनि नवलपरासीका किसान–मजदुर नै थिए । जो आफ्नो घरखेतको बन्धकी फुकुवा गराइदिन काठमाडौंको सरकारसँग बिन्ती बिसाउन आइपुगेका थिए ।

‘मैले गाउन सकिन तर गीतले मन छोयो मैले मनले गाएँ’ गितारसँगै ताली बजाइरहेका किसान रामकवल चमारले भने ।

‘हाम्रै लागि लेखिएको गाएको गीत रहेछ । हाम्रा पनि यस्तै दुःख छन् । ओत लाग्ने घर र गरिखाने जमीन सबै बन्धकमा छ’ भावुक हुँदै उनले भने ।

दुःखको भारी बोकेर काठमाडौं आएका नवलपरासीका मिटरब्याज पीडित किसानको दुःख बिर्साउन शिक्षक तथा नागरिक अगुवा दिवस गौतम गितार बजाइरहेका थिए ।

गीत गाउँदा माहोल निकै शान्त बन्थ्यो । साहुको चर्को व्याजका कारण उठीबास हुने अवस्थामा रहेका नवलपरासीका किसान दिनभर माइतीघरमा धर्नामा बसेर गौशालास्थित यही कटेरामा बास बस्न आइपुगेका छन् । उनीहरु ८७ जना एकै ठाउँ बसेका छन् ।

उनीहरुका पीडा गौतमले गीतमार्फत प्रस्तुत गरिदिए । पेशाले शिक्षक हुन् गौतम । उनी दिनभर पढाउँछन् भने राति यस्तै पीडामा रहेकाहरुको पीडामा मल्हम लगाउन ठाउँठाउँ पुग्छन् ।

सबैले गीत ध्यान दिएर सुन्न थालेपछि गौतमले फेरि अर्को गीत सुरु गरे ।

वारी छन् माइला दाइ पुछ्दै पसिना

पारी छिन माइली भाउजू खेप्दै असिना

सानै छ भुन्टे तर पिठ्युँमाथि भारी

डरैडरले तपैतपले हिँड्छ कठैबरी

भारी खेप्ने खेतालाको यही हो जिन्दगानी

झरनाको चिसो पानी…।

यो गीत सुन्दा कटेरोमा भएका हरेक मिटरब्याजी पीडित किसान भावुक बने, ताली बजाएर गीतको स्वागत गरे ।

उनीहरु घरखेत फुकुवा गरिदिन र साहुको दुष्चक्रबाट छुटकारा दिलाइदिन हारगुहार गरिरहेका छन् । माइतीघर मण्डलामा बसेर सरकारसँग बिन्ती बिसाइरहेका छन् ।

****

नवलपरासी जितपुरका प्रेमनारायण कोइरी ७७ वर्षका भए । उमेर ढल्किसकेका उनी न राम्ररी हेर्न सक्छन् न हिँड्न नै । चाउरिएका गाला । सेताम्मे कपाल–दाह्री । सेतो कुर्तासँग धोती बेरेका छन् उनले । साहुको ऋणको पासोबाट मुक्ति पाउने झिनो आशा बोकेर काठमाडौंसम्म आउने साहस गरे ।

उनको साहस बढेर जाने छ वा झन् कमजोर, उनी आफैंलाई थाहा छैन । तर पनि उनी माइतीघर–गौशाला गरिरहेका छन् । घरमा बसेर आराम गर्नुपर्ने समयमा काठमाडौं आएर सिमेन्टको चिसो भुईंमा रात बिताउनुपरेको छ उनलाई ।

मिटर ब्याजीको पासोबाट मुक्ति दिलाइदिन सरकारसँग गुहार माग्न कुप्रिएको शरीर लिएर काठमाडौं आएका हुन् प्रेमनारायण । उनी आफूजस्तै न्याय माग्न नवलपरासीबाट काठमाडौं आएकाहरुसँग माइतीघर पुगेर साँझ गौशालाको टहरोमा फर्किन्छन् ।

दायाँ खुट्टा प्यारालाइज भएर हिँड्न सक्दैनन् उनी । टहरामा थचक्क बसेर कुर्ताको खल्तीबाट सानो डायरी र मोबाइल झिकेर नम्बर डायल गरिरहे प्रेमनारायण । आँखाको रोशनी कम भइसकेका उनले मोबाइल आँखा नजिकै लगेर घरमा नातिनीलाई फोन गरिरहेका थिए । तर फोन नलागेपछि निराश देखिए ।

‘मेरो त आफ्नो भन्ने कोही छैन । साहुका कारण न घर रह्यो न त जग्गा नै । ऋण लागे पनि दिन नलागोस् भन्थे, मलाई त दुवै लाग्यो,’ प्रेमनारायणले भने, ‘म त घर न घाटको भएँ । घरबार बचाइ माग्न काठमाडौं आएँ ।’

२०७३ सालमा गाउँकै साहु बसन्त कोहारबाट घर बनाउन प्रेमनारायणले ९ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसबापत जमिन बन्धक राखेका थिए । साहुले पैसा दिनुपर्ने भन्दै धाकधम्की दिन थालेपछि उनले दुई कट्ठा जग्गा बेचेर ऋण तिरे । पाँच वर्षपछि ०७७ सालमा उनले ९ लाख साँवा र त्यसको ब्याज सबै तिरेको बताउँछन् ।

प्रेमनारायणले हातोहात पैसा तिर्दै गए । तर साहुले पैसा पुगेन भनिरहे । पैसा बाँकी रहेको र चुक्ता नगरुन्जेलसम्म १२ कठ्ठा जग्गा र घर फुकुवा नगर्ने डर देखाइरहे ।

नौ लाख ऋण लिएकामा उनले पाँच वर्ष अवधिमा १६ लाख रुपैयाँ तिरे । तर साहुले तैंले पैसा तिरेको प्रमाण के छ भन्दै अझै सावा र ब्याज गरी ४२ लाख रुपैयाँ तिर्नुपर्ने जिकिर गर्छ ।

‘नौ लाखको साँवा र ब्याज गरी पाँच वर्षभित्रमा १६ लाख तिरेको छु । साहुले अझै पनि ४२ लाख नदिएसम्म घर जग्गा फुकुवा गर्दिन्न भन्छ । पैसा दिँदा प्रमाण चाहिँदैन भन्यो, अहिले प्रमाण खोइ भनेर ठगिरह्यो’ उनले भने ।

छोराछोरीले किन ऋण लिएको भन्दै आफूलाई गाली गर्ने गरेको प्रेमनारायण बताउँछन् । ‘साहुले त डर धम्की दिन्छ दिन्छ छोराबुहारीले समेत घृणा गर्न थाले । साहुले म मरेपछि घरजग्गा हड्पिन्छु सोचेको छ । छोराछोरीले किन ऋण काढेका थियौ, हामी कसरी तिर्ने, कहाँ जाने भन्दै बारम्बार टोकिरहन्छन्’ यति भन्दा उनका आँखाबाट आँशु झरिसकेका थिए ।

यति भनेर उनी बोल्न सकेनन् । चश्माको सीसामा लागेको आशु पुछ्दै उनले आफूलाई मरे पनि, बाँचे पनि सुख नभएको गुनासो गरे । ‘मेरो बुढेसकाल त आँशु र पीडामै बित्यो । साहुसँग ऋण लिएकोमा धेरै पछुतो लागिरहेको छ । पैतलामुनिको जमीन र आकाश रित्तो छ’ सुक्कसुक्क गर्दै उनले भने ।

आफ्नो स्वास्थ्य ठीक नभएकाले सहयोगका लागि भन्दै उनले ६८ वर्षकी श्रीमती फोकनालाई पनि सँगै काठमाडौं ल्याएका छन् । मंगलबार राति पानी परेपछि उनीहरु राम्ररी सुत्न पनि पाएनन् ।

टहरामा कोही पानी बोक्दै, कोही तरकारी काट्दै त कोही चामल केलाउँदैछन् । केही सुत्ने ठाउँ मिलाउँदै छन् । घरबाट ल्याएका झिटिगुन्टा मिलाएर ओछ्यान बनाउँदै छन् । टहरामा भात पकाउने चामल केलाउँदै छिन् फोकना ।

‘बुढोको तबियत ठीक छैन भनेर सँगै आएकी हुँ । घरमा बसेर पनि के गर्नु ? एकातिर साहुले तर्साइरहन्छ । अर्कातिर छोराबुहारीले टोकिरहन्छन्’ चामल केलाउदै गरेकी उनले भनिन् ।

टहरोमा सुत्ने बन्दोबस्त मिलाउनका लागि मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिका रामसुभग मुसहर बेल्चा चलाउँदै थिए । ‘यो रहर होइन मजबुरी हो । घर र घरबारी बचाउन यो सब गर्न बाध्य भएका हौं’ बेल्चाको गतिसँगै उनले मनको पीडा पोखे ।

टहरोमा महिलाले भान्साको काम सम्हालिरहेका थिए भने पुरुष त्रिपाल मिलाउने, भुईं सम्याउने र काठको बन्दोबस्त मिलाउने गरिरहेका थिए । अधिकांशले घरबाट चामल पिठोका साथै भाँडाकुडा बोकेर ल्याएका छन् ।

माइतीघरबाट गौशाला पुग्दा प्रतापपुर–५ का ७० वर्षीय रामकवल चमारलाई भोक लागिसकेको थियो । कटेरोको बाहिर गम्छा ओच्छ्याएर दालमोठ खाइरहेका थिए उनी । दाँत नहुँदा उनलाई चिउरा र दालमोठ खान सकस परिरहेको थियो । दालमोठसँग उनी हरियो खुर्सानी टोकिरहेका थिए ।

राति सवा नौ बजेतिर खाना पाक्यो । भान्सामा काम गरिरहेका महिलाले सुरुमा पुरुषलाई खुवाए त्यसपछि आफूले खाए ।

टहरोमुनि रहेका हरेकको पीडा उस्तै छ । मिटरब्याजीले घर खर्च चलाउन लिएको ऋणलाई दोब्बर तेब्बरको कागज बनाउँदै ठगी गरे । सुदखोर साहुले फर्जी कागज बनाएर उनीहरुबाट साँवा ब्याज भन्दा दोब्बर तेब्बर पैसा असुले । तर घर जग्गाको दृष्टिबन्धक फुकुवा गरेनन् ।

त्यसैले त रामकवल भन्छन्, ‘खुर्सानीले भन्दा बढी साहुका कारण मुटु पोल्छ । ऋण तिरौं भने तिरिसकें, नतिरौं साहुले घरजग्गा बन्धक फुकुवा गर्दैन । हामी काठमाडौंको सरकारसँग न्याय माग्न आएका हौं ।’

२०६२ सालमा छोरा विदेश पठाउन भन्दै रामकवलले साहु जगदिश बानियाँबाट ८० हजार ऋण लिएका थिए । ऋण लिएको केही वर्षपछि समय समयमा गरी बानियाँलाई साढे ९ लाख रुपैयाँ बुझाइसकेको रामकवल बताउँछन् । तर बानियाँ अझै १ लाख ७३ हजार बाँकी रहेको भन्दै जग्गा फुकुवा गर्न मानिरहेका छैनन् ।

रामकवलको नाममा भएको ६ कठ्ठा जग्गामा चार कठ्ठा आठ धुर बानियाँले बन्धकमा राखेका छन् । ‘मलाई त मर्नु न बाँच्नु भएको छ । साहुले मेरो मात्रै नभई पुरै परिवारको बिचल्ली पारिदियो । सरकार मेरो घर घरबार बचाइदिनु पर्यो’ रामले निराश हुँदै भने ।

नवलपरासीबाट काठमाडौं आएका सबैजसोका पीडा उस्तै छ । उनीहरुले थोरै साँवाको धेरै रकम मात्रै तिरेका छैनन्, आफ्नो भूमि पनि गुमाएका छन् ।

सुदखोरबाट भूमिहीन बनेकामध्ये अर्का पीडित हुन् रामसुवध महसुर । उनीसँग १५ कट्टा जमिन थियो । तर साहुको पञ्जामा परेपछि उनी सुकुम्बासी बनेका छन् ।

०७५ सालमा जगदिश बानियाँ र सुनिल बानियाँ दाजुभाइबाट साढे चार लाख रुपैयाँ ऋण लिएका उनले नगद मात्रै साढे नौ लाख बुझाइसके । तर साहुकारले उनको जमिन थाहै नपाउने गरी बेचिदिए ।

पैसा र जमिन फिर्ता नभएसम्म घर नफर्किने अडान

सात वर्षअघि ६ लाख ऋण लिएर २२ लाख नगद बुझाइसकेकी खुश्बुन नेशाको दुःखको फेहरिस्त झनै लामो छ ।

नेशाले १५ कठ्ठा जमिन बन्धक राखेर ऋण लिएकी थिइन् । तर २२ लाख बुझाइसक्दा पनि साहुले जमिन फिर्ता नदिएर अझै २९ लाख रुपैयाँ तिर भनिरहेको छ ।

गत वैशाखमा श्रीमान गुमाएकी एकल महिला हुन् खुश्बुन । वैशाख महिनाको एक दिन खुश्बुनका श्रीमान साहुको घर गए । उनले २२ लाख रुपैयाँ बुझाइसकेको भन्दै साहुलाई जमिन बन्धक फुकुवा गरिदिन भने । तर साहुले अझै २९ लाख रुपैयाँ तिर्न बाँकी रहेको सुनाए ।

घर गएर उनी केही दिनसम्म झोक्राइरहे । तर परिवारलाई बताएनन् । केही दिनपछि उनी बिरामी परे । उनलाई प्रतापपुर अस्पतालबाट बुटवल रेफर गरियो । बुटवलमा आईसीयूमा उपचार गरिरहेकै बेला उनको मृत्यु भयो । श्रीमानको मृत्यु भएपछि साहुले ताला चाबी लिएर घर आएको र निस्केर जा भनेको खुश्बुन बताउँछिन् ।

‘श्रीमानले जग्गा बेचेर २२ लाख तिरिसकेको भनेर बित्नुभयो । तर साहु पैसा तिरेको प्रमाण के छ भन्दै अझै २९ लाख रुपैयाँ माग्छ । उनी भन्छिन्, ‘हामीले दिनुको सट्टा साहुले हामीबाट बढी असुलेको पैसा फिर्ता दिएर घरबारी फुकुवा गर्नुपर्छ ।’

‘साहुले मलाई मर्नु न बाँच्नु बनाएको छ । मेरो पैसा र जमिन फिर्ता नभएसम्म काठमाडौंमै मर्छु, तर घर जान्नँ’ उनले भनिन् ।

मिटर ब्याज पीडित तथा ठगी विरुद्धको संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ता सुदखोर साहुहरुले गरिखाने सिधासादा किसानलाई गुमराहमा राखि जग्गाजमिन बन्धकमा राखी भूमिहीन बनाएकाले सरकारसँग न्याय माग्न काठमाडौं आएको बताउँछन् ।

‘हामीलाई साहुले घरबारविहीन बनाए । हामीमध्ये धेरैको जमिन दृष्टिबन्धकमा राखेका छन् र धनीलाई थाहै नदिई जमिन बेचिदिएका छन् । हामी भूमिहीन बनेका छौं । सरकारसँग न्याय माग्न काठमाडौं आएका हौं । माग पूरा नभएसम्म घर फर्किदैनौं’ गुप्ताले अनलाइनखबरसँग भने ।

रामसुरतले सुनील र जगदिश बानियासँग ७ लाख रुपैयाँ ऋण लिएका थिए । जसको साँवा र ब्याज गरी १६ लाख रुपैयाँ बुझाइसके । तर साहुले अझै ३२ लाख रुपैयाँ तिर्न बाँकी छ भनिरहेको उनी बताउँछन् ।

यस्ता छन् माग

पीडित किसानको जमिनको दृष्टिबन्धक खोली तमसुक च्यात्नुपर्ने, झुक्याएर नामसारी गरेका जमिन फिर्ता गर्नुपर्ने, राज्यले कानुन विपरीत अनुचित ब्याज लिएमा ऋण तिर्न नपर्ने घोषणा गर्नुपर्ने, सम्पूर्ण साहुको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा अनुसन्धान गर्नुपर्ने र साहुको मानसिक प्रताडनाको कारण मृत्यु भएका किसानलाई क्षतिपूर्ति दिनुपर्ने संघर्ष समितिको माग छ ।

रामग्राम नगरपालिका–११ का धनीराम चौधरीले ०७३ असार २० गते व्यावसाय गर्ने भन्दै साहु वीरेन्द्र तेलीबाट १४ लाख ८० हजार रुपैयाँ ऋण लिए । तर साहुले २५ लाख रुपैयाँ ऋण लिएको कागज बनाएको पूर्वगाविस सचिवसमेत रहेका चौधरी गुनासो गर्छन् ।

साहुले बारम्बार तनाव दिन थालेपछि उनले साँवा ब्याज गरी ४० लाख रुपैयाँ बुझाए । तर साहुले धितो राखेको जग्गा छाडेनन् । अहिले साहुले ८० लाख रुपैयाँ दिएमात्रै जग्गा फुकुवा गर्ने भनिरहेका छन् ।

यति मात्रै होइन तेलीले आफ्नो नामबाट १६ लाख र आफ्नी श्रीमतीको नामबाट २० लाख रुपैयाँ ऋण लिएको फर्जी कागज बनाएको चौधरीको भनाइ छ । ‘म त सिधासादा मान्छे, तेलीले फर्जी कागज बनाएर झुक्याएर डुबाउनु डुबाए’ उनले गुनासो गरे ।

मिटर ब्याज पीडितको सहयोगका लागि केही अगुवा तथा अभियन्ता पनि टहरोमा पुगेका छन् । सबैले खाना खाएर भाँडा माझ्ने काम सकेपछि सबै ओछ्यानतिर लागे ।

महिला र पुरुषका लागि छुट्टाछुट्टै सुुत्ने व्यवस्था गरिएको छ । महिलाहरु एक लहरमा र पुरुषहरु अर्को लहरमा सुते । अब उनीहरु निदाउने तरखर गर्दैछन् । भोलि त फेरि माइतीघरमा धर्ना दिन जानु नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post
सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाटबारे छलफल हुने

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाटबारे छलफल हुने

अष्ट्रेलियाकी सांसदले बेलायतकी महारानीलाई ‘उपनिवेशवादी’ भनेपछि हंगामा

अष्ट्रेलियाकी सांसदले बेलायतकी महारानीलाई ‘उपनिवेशवादी’ भनेपछि हंगामा

कंगनाको कटाक्ष : ‘लाल सिंह चड्ढा’ विवादको मास्टरमाइन्ड आमिर खान

कंगनाको कटाक्ष : ‘लाल सिंह चड्ढा’ विवादको मास्टरमाइन्ड आमिर खान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .