No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘राजनीतिक उतारचढावले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध टुट्दैन’

‘राजनीतिक उतारचढावले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध टुट्दैन’

बिहार । नेपाल र भारतको सीमा क्षेत्रका वासिन्दाले दुई देशको सरकारबीचको सम्बन्धमा आउने उतारचढावले नागरिकबीचको सम्बन्धमा असर नपर्ने बताएका छन् । उनीहरुले सदियौंदेखि रहेको जनस्तरको सम्बन्धलाई निरन्तरता दिन सीमाञ्चल क्षेत्रका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

भारत विहारको बैशाली जिल्लास्थित ऐतिहासिक नगर वैशालीमा आयोजित ‘भारत नेपाल समिट २०२२’ का सहभागीले बदलिँदो परिस्थितिमा सम्बन्ध सुदृढ बनाइराख्न चनाखो रहनुपर्नेमा जोड दिए ।

नेपाल र भारतबीचको १७ सय किलोमिटरभन्दा लामो खुला सिमाना दुई देशबीचको विशिष्ठ र अभिन्न सम्बन्धको प्रमाणको रुपमा रहेको उनीहरुको भनाइ छ । नेपालमा भारतको विरुद्धमा बाहिरी शक्तिहरुले खेल्न खोज्दा जनताले त्यसलाई निरुत्साहित गर्ने गरेको तर्क उनीहरुको छ ।

मिडिया फर बोर्डर हार्मोनीले थाई अतिथी सदनमा ‘बद्लिदो परिस्थितिमा भारत नेपाल सम्बन्ध, चुनौती एवं निदान’ विषयमा समिटको आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै भारतका सांसद तथा पूर्व केन्द्रीय मन्त्री अखिलेशप्रसाद सिंहले विपदको समयमा भारत अघि सरेर नेपाललाई सहयोग गर्दै आएको बताए । ‘भूकम्प वा बाढी आउँदा मात्रै होइन, कोभिडकालमा समेत भारत सरकारले अघि सरेर नेपाललाई सहयोग गरेको छ’, उनले भने ‘जनस्तरमा त झनै महत्वपूर्ण सम्बन्ध छ, गोर्खा रेजिमेन्टलाई भारतमा निकै सम्मान गरिन्छ, भारतका हरेक सहरमा नेपाली सहयोगी भेटिन्छ ।’

नेपाल र भारतको सीमामा कहिलेकाहीँ असहज परिस्थिति आउँदा विवेकपूर्ण ढंगले समाधान गर्नुपर्ने सिंहले बताए । ‘दुई देशको सरकारस्तरको सम्बन्धका कारण जनताबीचको सम्बन्ध नखलबलियोस्, त्यसमा ध्यान दिनुपर्छ’ उनले भने ।

भारतका अर्का सांसद अजय निषादले नेपाल र भारतको सम्बन्धलाई बलियो र प्रगाढ बनाइराख्न नागरिक समाजले अहम भूमिका निर्वाह गरेको बताए । ‘औपचारिक सम्बन्धहरुकाबीच जनस्तरीय अन्तर्क्रिया र संवाद पनि भइरहनुपर्छ’ उनले भने ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका मधेस प्रदेशका संसदीय दलका नेता जितेन्द्र सोनलले नेपालमा लामो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । भारतसँगको प्राचीन कालदेखिको सम्बन्ध नयाँ र बदलिदो कालखण्डमा पनि अझ प्रगाढ बनाउँदै लैजान आवश्यक रहेको उनले बताए ।

‘रामसीताका सन्तानले उही अवस्था कायम राख्न भूमिका निर्वाह गर्नुपर्छ । दिल्ली र काठमाडौंको नजरले हेरेर हुँदैन । राजनीतिक सम्बन्ध उनीहरुको होला, साँस्कृतिक, रोटीबेटी र नागरिकको सम्बन्धका बारेमा हामीले सोच्नुपर्छ’ उनले भने ।

नेपालीहरु भारत आउँदा अरु देशमा पुगेकोजस्तो अनुभूति नहुने र भारतीय नागरिकले पनि नेपालमा त्यस्तै हार्दिकता पाउने गरेको उनको भनाइ छ । विशिष्ठ सम्बन्धलाई जोगाउन राज्य, समाज र जनता सबैको साझा कर्तव्य रहेको नेता सोनलले बताए ।

जनकपुरस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकी र भगवान श्रीरामको कालदेखि चलिआएको सम्बन्ध जोगाउन दुई देशका सबै नागरिकको साझा दायित्व रहेको बताए । वैशालीस्थित थाइ मन्दिरका प्रमुख डा. पिसी चन्द्राले दुई देशबीचको सम्बन्ध विश्वमै विशिष्ठ रहेको बताए ।

कार्यक्रममा भारतका विभिन्न पार्टीका विधान सभा सदस्य, नेता, पत्रकार र नागरिक समाजका व्यक्ति सहभागी थिए । कार्यक्रममा नेपाल तर्फबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास र होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त नेपाल भारत मैत्री सम्मानबाट सम्मानित भएका छन् । – अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
मुम्बइ हमलाका मास्टरमाइन्डलाई पाकिस्तानमा १५ वर्ष जेल सजाय

मुम्बइ हमलाका मास्टरमाइन्डलाई पाकिस्तानमा १५ वर्ष जेल सजाय

Indonesia To Offer Infrastructure Projects At IMF-World Bank Meeting

Indonesia Among Top 10 Destinations For Chinese Tourists In 2017

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .