• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्थानीय सरकारको कार्य प्रभावकारिता वढाउने पूर्व सिडिओ कणेलको १० टिप्स !


स्थानीय सरकारको कार्य प्रभावकारिता वढाउने पूर्व सिडिओ कणेलको १० टिप्स !

स्थानीय तह ( महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका ) को कार्य प्रभावकारी बनाउने १० वटा सुझाव प्रदीपराज कणेलले दिएका छन् । कणेल नेपाल सरकारका अवकाशप्राप्त सह-सचिव हुन् । उनी लामो समय विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर काम गरेका छन् । प्रशासनिक क्षेत्रमा कार्यरत रहँदा बटुलेको अनुभव सरकारी निकायलाई चुस्त दुरुस्त एवं प्रभावकारी बनाउन आफ्ना समाजिक सञ्जाल मार्फत सुझावको रुपमा दिने गर्छन् । सोही क्रममा कणेलले पालिकाहरुको कामकाजलाई प्रभावकारी एवं उपलब्धिमूलक बनाउन १० वटा सुझाव दिएका छन् । जुन यस प्रकार छन् –

१. चालू आर्थिक वर्षको वजेट तथा कार्यक्रमको उपलब्धि र वाकी काम :

  • समिक्षा गरि अनियमितता हुन नदिई वाकी काम फर्‍छौट गर्ने।

२. नयाँ योजना, वजेट तथा कार्यक्रम र कार्यान्वयन :
आगामी आर्थिक वर्षको वार्षिक योजना,कार्यक्रम र वजेट तर्जुमा तथा कार्यान्वयनको निर्धारित विधि प्रक्रिया अनुरुप गृहकार्य प्रारम्भ गर्ने ।

  • वजेट तथा कार्यक्रम तय गर्ने सवै चरण समय सिमा भित्रै सक्ने।
  • राष्ट्रिय तथा प्रादेशिक प्राथमिकता र तत्सम्बन्धी गाईडलाईन लाई आत्मसात गरि स्थानीय आवश्यकता,प्राथमिकता र लागत प्रभावकारिताको पहिचान गर्ने।
    यसमा ;
    . श्रोत अनुमान समितिले सरोकारवालाहरु सङ्ग पुर्व समन्वय गरि कार्यपालिका समेतले सोही अनुरुप निर्धारित समय सिमा भित्रै निर्णय गर्ने।
    . नागरिकता सिफारिश, जन्म मृत्यु जस्ता विषयमा दस्तुर
    नउठाई भरपर्दो दिगो आन्तरिक श्रोत परिचालनमा जोड दिने
    . समानिकरण र सशर्त अनुदानका साथै समपुरक र विषेश
    अनुदानकालागि अग्रिम गृहकार्य गरि प्रदेश र संघीय सरकार
    सङ्ग निरन्तर समन्वयमा रहि समय भित्रै थप वजेट तथा
    कार्यक्रम माग गर्ने।
    . विपद उत्थानशिल विकासमा जोड दिई कार्ययोजनामा
    आधारित विपद व्यवस्थापनलाई प्राथमिकतामा राख्ने।
    . नदिजन्य खानीजन्य पदार्थको ठेक्का वा अमानत गर्दा
    वातावरणीय पक्षमा सम्वेदनशिल भै जोखिमको न्यूनता,
    पारदर्शिता र जवाफदेहिता को मार्गचित्र वनाउने।
    . भुउपयोग नीति, मापदण्ड वमोजिम मात्र संरचना निर्माण,
    जैविक विविधता तथा पर्यावरण संरक्षण,
    फोहोर व्यवस्थापनलाई कमन एजेन्डाको रुपमा ग्रहण गर्ने।
    . गरिबी न्यूनीकरण कार्यक्रम अवलम्बन गर्ने, जस्तो ;
    सहकारी प्रवर्द्धन र सिड मनि वा प्रविधि वा क्षमता विकास।
    . अन्य क्षेत्रगत विषयगत कार्यक्रमलाई संघ, प्रदेशको
    गाईडलाईन र आफ्नो आवश्यकता / प्राथमिकता तथा
    उपलब्ध श्रोतको आधारमा अवलम्बन गर्ने , जस्तो ;
    पुर्वाधार विकास – खानेपानी, सडक / पुल पुलेसा,ढल,
    सार्वजनिक शौचालय, वसपार्क वा टर्मिनल,धर्मशाला,
    विद्यालयको भौतिक सुधार , धार्मिक स्थल संरक्षण,
    खेल मैदान वा संरचना निर्माण सुधार,मनोरञ्जन स्थल,
    वा अन्य संरचना निर्माण,
    महिला – वालवालिका, अपांगता भएका,
    जेष्ठ नागरिक, शिक्षा , स्वास्थ्य , कृषि – सिचाइ , पर्यटन ई.
    . स्वास्थ्य स्वयंसेवक / स्वयंसेविका, पुर्व बाल विकास ECD
    का स्वयंसेवकको उचित पारिश्रमिक र क्षमता विकासमा
    जोड दिने ।
    . निर्धारित समय सिमा भित्रै परिषद वाट निर्णय गराउने।

३. पारित वार्षिक योजना, कार्यक्रम र वजेट कार्यान्वयन सम्वन्धमा वार्षिक कार्ययोजना वनाएर कार्यान्वयनमा लैजाने ।

  • काम / कार्यक्रम खुलाउने ।
  • सुरु र सम्पन्न गर्ने अवधीको मासिक तालिकानै वनाउने
  • श्रोत एकिन गर्ने।
  • जिम्मेवार पदाधिकारी तोक्ने ।
  • ठेक्का, उपभोक्ता,अमानत,साझेदारी, गैसस वा समुदाय
    कसले संचालन गर्ने हो ? सो खुलाउने।
  • हरेक काम र कार्यक्रमको छुट्टाछुट्टै वा मिल्ने विषयको
    संयुक्त अनुगमन समिति तोकि अनुगमन प्रतिवेदन लिने।
  • हरेक कामको मासिक र समष्टिगत कामको त्रैमासिक
    समिक्षा – पछिल्लो महिनाको पहिलो हप्ता भित्रै गर्ने।
    सो समिक्षामा अनुगमन प्रतिवेदन समेत प्रस्तुत गर्ने।
  • मुल्यांकन पद्धतिलाई पनि तालिकामा आवद्ध गर्ने।
  • अपेक्षित उपलब्धि प्रक्षेपण गर्ने।

४. आफ्नो पालिका भित्र संचालन गरिने अन्य निकायको काममा दोहोरोपना हुन नदिन पुर्व समन्वय पद्धति वारे समयमै सूचना प्रवाह गर्ने र सो समेतको अभिलेख व्यवस्थित गर्ने।

५. वडा अध्यक्ष र कार्यपालिका सदस्य समेतलाई सहभागी
गराई विषयगत समिति वनाई कार्य क्षेत्र र जिम्मेवारी तोक्ने।

६. प्रमुख / अध्यक्ष ले स्वयं वा अधिकार प्रत्यायोजन गरि
उप प्रमुख / उपाध्यक्ष वा विषयगत समितिको संयोजक
मार्फत – स्थानीय तहको सम्वद्द महाशाखा / शाखाको
जिम्मेवारी क्षेत्रको हरेक वजेट तथा कार्यक्रम र सम्वद्द अन्य
विषयको पाक्षिक अनुगमन र मासिक समिक्षा गर्ने ।
यसकालागि हरेक जनप्रतिनिधिले वार्षिक कार्यक्रम साथमा
लिई कार्यान्वयन अवस्था वुझ्न चेक लिस्ट वनाउने।

७. सूचनाको हकलाई विश्वसनिय तुल्याई सेवा प्रभावकारिता
वढाउने :

  • हरेक वजेट तथा कार्यक्रम र उपलब्धि वारेको प्रगतिको
    त्रैमासिक, अर्धवार्षिक र अन्तिम विवरण वेबसाईट मार्फत
    प्रकाशन गर्ने।
  • माग्न आउनेलाई दिनपर्ने सूचना समयमै दिने।
  • कार्यक्रम / आयोजना स्थलमै सवै विवरण स्पष्ट वुझिनेगरी
    होडिङ वोर्ड राख्ने ।
  • एकीकृत नागरिक वडापत्र जारी गरि वडा र समुदायसम्म
    पुर्याउने।
  • भिड हुन नदिई सेवा व्यवस्थित गर्न आवश्यकता अनुरुप
    ध्वनि वडापत्र जारी गर्ने ।
  • सूचना प्रविधि अवलम्बन गर्ने।
  • अभिलेख प्रणाली व्यवस्थित गर्ने।
  • निशुल्क फर्मेट र सहजकर्ता स्वयंसेवक परिचालन गर्ने।

८. वित्तीय अनुशासनको पालना गर्ने।
पालिकाको सवै चल अचल सम्पत्ति र पालिका भित्रको
सवै सार्वजनिक सम्पत्तिको विवरण अद्द्यावधिक गर्ने।
वेरुजु फर्छौट गर्ने गराउने। अशुलउपर गर्नुपर्ने भए अशुल
उपर प्रक्रिया वढाईहाल्ने।
विना औचित्य पेश्कि नदिने । दिईएको पेश्कि समयमै
फर्छौट गराउन प्रमुख प्रशासकीय अधिकृत लाई उत्तरदायी
तुल्याउने ।
यस विषयलाई पनि मासिक समिक्षामा आवद्ध गर्ने।
आर्थिक वर्षको अन्त्यमा ” वेरुजु रहित ” स्थानीय तह तुल्याउने ।

९. कार्यक्रम र समय व्यवस्थापन :
. कार्यमुलक वैठक र कार्यक्रममा मात्र सहभागी हुने।
. आफुले आयोजना गर्ने वैठक वा कार्यक्रमलाई विषय
केन्द्रित तुल्याउने । सम्बोधन र विषयान्तर मा समय खेर
नफाल्ने ।
. अन्यको कार्यक्रममा पनि सोही अनुरुप गर्न अग्रिम सुझाव
दिने । आफुलाई सोही अनुरुप प्रस्तुत गर्ने ।
. शिलान्यास वा उद्घाटनलाई भद्दा वा फजुलखर्ची हुनै नदिने
आरम्भ र सुचारु गरिएको सूचना जारी गरि असल
अभयासको थालनी गर्ने।
. समस्या समाधानकालागि स्थलगत भ्रमण / अवलोकन
लाई प्राथमिकतामा राख्ने। यसमा सरोकारवालाहरुलाई
पनि सहभागी गराउने।
. अन्तर तह र अन्तर निकाय समन्वयलाई सदैव
प्राथमिकतामा राख्ने ।

१०. प्रचलित कानुनी व्यवस्थाको परिपालना गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • देश विकास गर्न ताजा जनादेश अनिवार्य छ, निर्वाचनको तयारीमा लाग्नुस् : विद्यादेवी भण्डारी
  • २०७९ असार ६, सोमबार २२:०२
  • In "देश"
  • संघीयताको अपनत्व आमनागरिकले कसरी गर्दै लहानमा सरोकारवाला संग छलफल
  • २०७९ असार ६, सोमबार २२:०२
  • In "BannerNews"
  • स्थानीय सरकारको विकल्प बन्दै पद्मोदय फाउन्डेसन, सामाजिक रुपान्तरणमा सक्रियता
  • २०७९ असार ६, सोमबार २२:०२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

Next Post

More than 70,000 homeless after deadly Lombok quake

A Digital Media Startup Growing Up With Millennial Women

Presidential Train Now Available For Jakartans Traveling To Bandung

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version