• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

देश विकास गर्न ताजा जनादेश अनिवार्य छ, निर्वाचनको तयारीमा लाग्नुस् : विद्यादेवी भण्डारी


देश विकास गर्न ताजा जनादेश अनिवार्य छ, निर्वाचनको तयारीमा लाग्नुस् : विद्यादेवी भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनलाई निष्पक्ष, भयरहित, विश्वसनीय रुपमा सम्पन्न गर्नका लागि गम्भीरतापूर्वक काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।

आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले आयोग पदाधिकारीसँग शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएकाले तोकिएको समयमै प्रतिनिधि सभाको निर्वाचन गर्न जरुरी भएको बताइन् ।

‘शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य छ,’ भण्डारीले भनिन्, ‘प्रतिनिधिसभा निर्वाचनका लागि आयोगबाट भएको तयारी सकारात्मक छ, निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास छ ।’

राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्था बमोजिम निर्वाचनको माध्यमबाट लोकतन्त्रलाई संस्थागत र सुदृढीकरण गर्ने काम आयोगको भएकाले बढीभन्दा बढी मतदाताको सहभागिता गराउनेतर्फ कार्य गर्न आयोगलाई सुझाव दिइन् ।

राष्ट्रपति भण्डारीले सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदानस्थल तथा केन्द्रहरु मतदातामैत्री बनाउन आयोगको ध्यानाकर्षण गराएकी छन् ।

आयोगले बुझाएको प्रतिवेदनमा आयोगले सम्पन्न गरेका कार्य, योजना अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षालगायत विविध विषय समेटिएका छन् । प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रम तथा मतदानस्थल, मतदान केन्द्र पुनरवलोकन कार्यक्रम आयोगबाट स्वीकृत भई दलहरूसँग परामर्श बैठक सम्पन्न भइसकेको बताएका छन् ।

थपलियाले निर्वाचनमा लैंगिक तथा समावेशी नीति, निर्वाचन व्यवस्थापनमा मानव संशाधन नीति, निर्वाचन सञ्चालन आर्थिक निर्देशिका, तालिम, स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्ति तोक्ने लगायतका निर्वाचन सञ्चालन एवं व्यवस्थापनका कार्य योजनाबद्ध रूपमा अघि बढाइएको बताएका छन् ।

आयोगले आगामी बैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बजेट बनाउन शुरू गरेको छ । आयोग र अर्थ मन्त्रालयका सहसचिव सहितको ५ सदस्यीय टोली बनाएर आयोगले निर्वाचनको बजेटको तयारी गरिरहेको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका लागि आयोगलाई करीब ८ अर्ब रूपैयाँ लाग्ने अनुमान भए पनि बजेट बनाउने काम भइरहेको बताएका छन् ।

‘निर्वाचनलाई मीतव्ययी कसरी बनाउन सकिन्छ भनेर हामीले सोचिरहेका छौं, निर्वाचनमा नयाँ गाडी खरिद गरिँदैन, पुराना निर्वाचन सामग्री काम लाग्ने भए त्यसलाई पनि प्रयोगमा ल्याइन्छ,’ थपलियाले भने, ‘अब १–२ दिनमा निर्वाचनका लागि कति बजेट आवश्यक पर्छ भन्ने यकिन हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा
  • २०७७ माघ ६, मंगलवार १३:४८
  • In "देश"
  • निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली
  • २०७७ माघ ६, मंगलवार १३:४८
  • In "थप"
  • वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय
  • २०७७ माघ ६, मंगलवार १३:४८
  • In "थप"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

नयाँ कोरोना कत्तिको खतरानाक छ थाहा पाउनुस्

नागरिक आन्दोलनको फेरिँदो अनुहार

निर्वाचन आयोगले सडक होइन, कानुन हेरेर निर्णय दिनुपर्छ : पूर्वप्रमुख आयुक्त श्रेष्ठ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version