• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘भोकमरी पर्‍यो, चामल पठाइदेऊ सरकार’


‘भोकमरी पर्‍यो, चामल पठाइदेऊ सरकार’

रुकुम पश्चिम : भण्डार गरेको अन्न रित्तिएपछि उपल्लो डोल्पामा खाद्य संकट सुरु भएको छ । कोरोना भाइरसका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपल्लो डोल्पामा चामल पनि पुर्‍याउन नसक्दा खाद्य संकट सुरु भएको हो ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा हुर्किरहेको गहुँ । हिउँदभर हिमपात हुने भएकाले माथिल्लो डोल्पामा वर्षामा हिउँदे बाली लगाइन्छ । तस्बिर सौजन्य : पेमा गुरुङ

‘बारीको अन्न पाकेको छैन, घरभित्रको सकियो, चामल आउँदै नआएपछि हामी समस्यामा छौं,’ डोल्पोबुद्ध गाउँपालिकाका ग्याल्जेन गुरुङले भने, ‘हाम्रोतिर भोकमरी सुरु भइसकेको छ, भोक मेटाउन कतैबाट पहल पनि भएको देखिन्न ।’ सर्वसाधारण समस्यामा पर्दासम्म चासो नदिइनु सर्वसाधारणप्रतिको बेवास्ता भएको उनले बताए ।

स्थानीयबासीले स्थानीय तह हुँदै जिल्लासम्म समस्याको बारेमा जानकारी गराएका छन् । डोल्पोबुद्ध गाउँपालिकाले भोकमरी सुरु भएकाले चामलको व्यवस्थापन गरिदिन भन्दै मन्त्रीलाई पत्र लेखेको छ । गाउँ कार्यपालिका बैठकबाट माथिल्लो डोल्पामा भोकमरी सुरु भएको निष्कर्षसहित चामल ढुवानीको व्यवस्थापन गरिदिन माग गरिएको चिठी आपूर्ति मन्त्रीलाई लेखिएको छ ।

भोकमरी सुरु भइसकेकाले हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानीको व्यवस्था तत्काल गर्नुपर्ने कार्यपालिका बैठकले निर्णय गरेको वडा नम्बर १ का वडाध्यक्ष क्याल्पो थापा भोटेले बताए । स्थानीय उत्पादन आलु, उवा र गहुँ पाकि नसक्दै पूरानो खाद्यान्न सकिएको थापाले बताए । तर उपल्लो डोल्पाका लागि निर्धारित कोटामध्ये कत्ति पनि चामल पुगेको छैन । माथिल्लो डोल्पाका तीन स्थानीय तहमध्ये केही ठाउँमा गहुँ उत्पादन हुन्छ भने धेरै ठाउँमा उवा र आलुको खेती गर्ने गरिन्छ ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाले खाद्यान्न आपूर्तिका लागि आपूर्ति मन्त्रालयलाई लेखेको पत्र ।

उपल्लो डोल्पाको लागि काठमाडौंबाट सोझै चीन भएर खाद्यान्न ढुवानी गर्ने गरिन्छ । कोरोनाको कारण केरुङ नाका बन्द भएपछि उपल्लो डोल्पामा चामल ढुवानी हुन पाएको छैन । चीनको बाटो भएर डोल्पोबुद्ध गाउँपालिकाको मोरिम्लादेखि तिन्जेसम्म चामल ढुवानी हुने गर्दथ्यो । त्यहीँबाट अन्यत्र वितरण गर्ने गरिएको भए पनि गत आर्थिक वर्षभर चामल गएको छैन ।

डोल्पा सदरमुकाम दुनैसम्म सडक पुगिसकेकाले अब त्यहीँबाट खाद्यान्न ढुवानको व्यवस्था हुनुपर्ने माग उपल्लो डोल्पाबासीको छ । डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङले उपल्लो डोल्पाका ३ स्थानीय तहमा अब चीनबाट नभई दुनैबाटै चामल ढुवानीको व्यवस्थाका लागि माग गरिएको बताए ।

तत्काल हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्नुपर्ने र पछिसम्मका लागि जिल्ला सदरमुकाम दुनैबाटै खाद्यान्न ढुवानी गर्ने व्यवस्था मिलाउनुपर्ने अध्यक्ष गुरुङले बताए । दुनै शाखा कार्यालय तथा आसपासका डिपोहरुमा भने पर्याप्त चामल रहेको छ । डोल्पोबुद्ध, शे फोक्सुण्डो र छार्काताङसोङ गरी उपल्लो डोल्पामा ३ स्थानीय तह छन् । kantipur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतको चामल निर्यात प्रतिबन्धले चीनमा खाद्य संकटको त्रास
  • २०७७ भाद्र २४, बुधबार १९:०९
  • In "BannerNews"
  • नेपाल-चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
  • २०७७ भाद्र २४, बुधबार १९:०९
  • In "BannerNews"
  • तालिबानले कब्जा देखि अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो भोकमरी
  • २०७७ भाद्र २४, बुधबार १९:०९
  • In "अन्तराष्ट्रिय"

Netramani Singh

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

पसलहरू आलाेपालाे खाेल्न दिने, १६ सिटभन्दा माथिकाे सार्वजनिक यातायात जाेर विजाेर (आदेशकाे पूर्णपाठसहित)

अध्यक्षद्वयबीच साढे तीन घण्टा छलफल, प्रस्ताव तयार

पठाओ र टुटलले पनि थाले सेवा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version