• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मिथिलाञ्चललगायत तराई–मधेशमा बुधबारदेखि जितिया पर्व सुरु भएको छ । 


मिथिलाञ्चललगायत तराई–मधेशमा बुधबारदेखि जितिया पर्व सुरु भएको छ । 

धनुषा : सन्तानको सुख, शान्ति तथा चिरायुको कामना गर्दै महिलाहरुले अत्यन्त श्रद्धा एवं निष्ठाका साथ यो पर्व मनाउने गर्दछन् । बुधबारबाट सुरु भएको जितिया पर्व शनिबार समापन हुनेछ । महिलाहरुले २४ देखि ३६ घण्टासम्म निराहार पानीसमेत नखाई थुक पनि ननिल्ने हुनाले जितियालाई कठोर पर्वका रुपमा लिइन्छ ।
जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको मान्यता छ । पहिलो दिन नुहाएर घिरौलाको पातमा तेल खँडी चढाउँदै सन्तानको शीरमा तेल दलिदिएर सुख शान्ति एवं दीर्घायुको कामना गर्ने चलन छ। त्यसपछि सधवा सुहागन महिलाहरु माछा एवम् कोदोको रोटी खाने गर्छिन् भने विधवा महिलाहरु भात ,चिउरा ,कोदोको रोटी खाने परम्परा छ।
शाकाहारी महिलाहरुले नजिकको पोखरी, ईनार, ताल वा कुवामा स्नान गरी गम्हरीको खिर वा भात पनि खाने गर्दछन् । जितिया पर्वको एकाबिहानै महिलाहहरु आचमन शुद्धि गरेर घिरौलाका पातमा तेल लगाई त्यसमाथि पिनाको अर्घ दिने गर्दछन् ।
यता बिहानपख बच्चाहरु ब्युँझेपछि रातिमा घिरौलाको पातमा चढाएको नैवेद्यय स्वरुपको चिउरा, दही फलफूलसहित प्रसादीको रुपमा खान दिन्छन् । अन्तिम दिन बिहानै उठी व्रतालु महिलाहरु नदी, पोखरी, ईनार ताल तलैयामा स्नान गरि घर फर्केर बेसारको पातमाच्युरा, दही, फलफूल खान दिएर जितिवा पर्व विधिवत् रुपमा सम्पन्न हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मिथिला क्षेत्रमा आजदेखि जितिया पर्व सुरु
  • २०७७ भाद्र २४, बुधबार १८:५८
  • In "BannerNews"
  • कोरोनाको कहर र जितियाको मर्म
  • २०७७ भाद्र २४, बुधबार १८:५८
  • In "विचार"
  • तराईमा सन्तानको दीर्घायुको कामना सहित जितिया पर्व मनाउँदै
  • २०७७ भाद्र २४, बुधबार १८:५८
  • In "मधेश प्रदेश"

Netramani Singh

सम्बन्धित खबर

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

Next Post

महोत्तरीमा क्रसर आतंक : तटबन्ध भत्काएर खोला उत्खनन् गर्न बाटो बनाउँदै

नेपालका बुधबार थप एक हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

‘भोकमरी पर्‍यो, चामल पठाइदेऊ सरकार’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version