सुनसरी । सुनसरीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्जु गाउँपालिका–४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई सोमबार पक्राउ गरेको छ।
अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कारको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सीतागन्ज र प्रहरी चौकी अमडुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।