• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

युएईमा आठ हजार वर्ष पुरानो अवशेष भेटियो


युएईमा आठ हजार वर्ष पुरानो अवशेष भेटियो

काठमाण्डौं । पछिल्लो ५ हजार वर्षमै मान्छेको सभ्यताले धेरै छिटो कोल्टे फेरेको अनुमान छ। यसै ५ हजार वर्षमा नै मानिसले धेरै लामो फड्को मार्दै अहिलेको गतिशील युगमा आइपुगेको विश्वास गरिन्छ।

इतिहास बेत्ताको यो मान्यतालाई संयुक्त अरब इमिरेट्सको एउटा भवनले चुनौती दिएको छ। पुरातत्त्व विद्का अनुसार अबुधावीमा कम्तीमा ८ हजार ५ सय वर्ष पुरानो एउटा भवनको अवशेष फेला परेको छ।

यस अगाडी फेला परेको सबैभन्दा पुरानो मानव निर्मित कीर्तिमानी वस्तु भन्दा यो ५ सय वर्ष पुरानो भएको जनाइएको छ।

यसै साता अबुधाबीको संस्कृति तथा पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै यसको जानकारी गराएको हो।

विभाग अन्तरगत रहेको पुरातात्त्विक परियोजनाले अबुधाबीको पश्चिमी सहर झागाँमा यो भवन अवस्थित भएको जानकारी गराएको हो।

त्यस भवनका कोठाहरू सामान्य गोलाकार थिए। ढुङ्गाका गारहाहरु लगाइएको थिए भने वरपर तिन फिटको पर्खाल थिए। टापमा हजारौँ वर्ष अगाडी बसोबास गर्ने एउटा सानो समुदायको त्यो घर भएको हुन सक्ने पुरातत्त्व विद्धहरूले जनाएका छन्।

मेरिटाइम व्यापारको बाटो निर्माण हुनु भन्दा अगाडी कै ‘नियोलीथीक’ कालको अवशेष यस भवनले देखाएको छ। पहिले विचार गरिए भन्दा नयाँ खालको पुरातात्त्विक विषयका अवशेष फेला परेको पनि जनाइएको छ।

यो भवनको अवशेष फेला परेसँगै यसअघि याद नगरिएको सयौँ कलाकृतिहरू हुन सक्ने आङ्कलन सुरु भएको छ। त्यसै समयमा राम्रोसँग धार लगाएर बनाइएको ढुङ्गाको तिर पनि पाइएको छ। सिकारका लागि यसको प्रयोग हुने गरेको अनुमान गरिएको छ।

‘झागा टापुमा यो पत्ता लागेसँगै मानिसको सृजना, टिकाउ र बाच्नका लागि गरिएका सङ्घर्षका साथै त्यस क्षेत्रमा हजारौँ वर्ष अगाडीका मानिसको अवशेषको बारे अध्ययन गर्न सहज भएको छ।’ विभागका प्रमुख मोहम्मद अल मुबारकले भने।

यस अघि इमिरेट्समा सबैभन्दा पुरानो भवनको अवशेष मराह टापुमा फेला परेको थियो। त्यसै स्थानमा सन् २०१७ मा संसारकै पुरानो मोती पनि पाइएको थियो।अहिले पत्ता लगाइए अनुसार अबुधावी कृषि उत्पादनका लागि उर्वर भूमि थियो। त्यहाँ मानिसको बाक्लो बसोबास पछि सम्म पनि हुने गरेको थिएन।

संसारका पुराना भवन र त्यसका अवशेषको खोजी गर्दै जाने क्रममा इतिहासकारले थप रहस्य पनि भेट्टाउँदै आएका छन्। सायद यसै भवनहरू नै मानिसको सभ्यताको विकास क्रम जान्ने सबैभन्दा महत्त्वपूर्ण कडी हुन सक्छ।

टर्कीमा रहेको एउटा भवन इसा पूर्वको सातौँ देखि आठौँ शताब्दीमा बनाइएको अनुमान छ। उराटुमा रहेको राज संस्थाको समयमा सो भवन बनाइएको थियो। त्यसै समयमा सार्दुर स्तम्भ पनि निर्माण भएको थियो। त्यस स्थानलाई अहिले पनि जगेर्ना गरिएको छ। धेरै जना अहिले पनि घुम्नका लागि त्यहाँ जाने गरेका छन्। भान किल्लाको रूपमा रहेको भवनकै सेरोफेरोमा धेरै वटा युद्ध पनि भएका थिए।

आयरल्यान्डमा रहेको ‘हिल फर्ट’ अर्को त्यस्तै पुरातात्त्विक महत्त्वको भवन हो। यसलाई अहिलेसम्म त्यहाँको सरकारले जगेर्ना गरेर राखेको छ। यो सबैभन्दा ठुलो प्राग ऐतिहासिक किल्ला मानिन्छ। यसको निर्माण इसा पूर्व ११०० मा भएको जनाइन्छ। १५०० इसा पूर्वमा यहाँ मानिसको बसोबास गर्न थाले पनि त्यसको केही शताब्दी पछि मात्र यसलाई राम्रोसँग निर्माण गरिएको जनाइन्छ।

‘चियो भाक्स डी फ्राइज ’ नाम रहेको ढुङ्गाहरूको रक्षा कबज त्यस किल्लाको सबैभन्दा ठुलो आकर्षण हो। अहिले यो आयरल्यान्डको सबैभन्दा व्यस्त पर्यटकीय क्षेत्रको रूपमा रहेको छ।

युनेस्कोको सम्पदा सुचीमा रहेको ‘सु नुराक्षी ’इटालीमा छ। अहिले पनि संरक्षण गरिएको यस स्थान सो समयमा किल्ला र दरबारको निम्ति बनाइएको अनुमान छ।

इटालीको यो किल्ला नुराजीक सभ्यताको पछिल्लो अवशेष मानिन्छ। यो भवनमा एक केन्द्रीय टावरका साथै अन्य चार टावर छन्।

यसमा ५० वटा छाप्रा बनाइएका छन्। यसको सबैभन्दा पुरानो टावर इसा पूर्वको १६ औ शताब्दीमा तयार भएको अनुमान गरिन्छ।

‘नुराजे सन्तु एटाइन ’इटालीकै अर्को पुरातात्त्विक महत्त्वको क्षेत्र हो। यसलाई पनि अहिलेसम्म जोगाइएको छ। सार्डीनीयना क्षेत्रमा रहेको यो परापूर्व कालको ठुलो किल्ला मध्यको एक मानिन्छ। यो ‘मेगाथिलिक’ भवन नुरागी उपत्यकामा अवस्थित छ। नुरागी सन्टु एटाइन नामको यो भवन पादरी कन्सन्टाइनको नाममा राखिएको हो। यसलाई स्थानीय‘ राजाको घर ’को रूपमा पनि चिन्ने गरेका छन्।

ग्रिसको हेलकेन क्रेटमा रहेको ‘प्यालेस अफ नोसेस’को स्थापना इसा पूर्व १९५० मे भएको हो। यो धेरै स्थानमा भत्किएको छ भने कतै पर्खालहरू बाँकी पनि छन्। यसलाई नोसेस राजाको दरबारको रूपमा पनि चिनिन्छ। इसा पूर्वको २० औ शताब्दी भन्दा पनि अगाडी यसका केही भाग निर्माण भएको अनुमान गरिएको छ। इसा पूर्वको १७ ओ शताब्दीमा यसलाई अर्को एक महलले पुनः स्थापित गरेको थियो।

पछिल्लो अध्ययन अनुसार पहिलो महल पूर्ण रूपमा भूकम्पले क्षति भएको होइन। केही क्षति भए पछि नै पुन निर्माण सहित दोस्रो महल बनाइएको थियो। धेरै प्राकृतिक क्षति भएको यस स्थानमा युद्धको समयमा अन्य पक्षबाट धेरै हमला पनि भए। इसा पूर्वको १३ औ शताब्दीमा त्यहाँ धेरै क्षति भएको हो।

इजिप्टको ‘सुनेट अलि जिविव’ इसा पूर्व २७५० मा निर्माण भएको हो। मन्दिरको रूपमा निर्माण रहेको यस भवन पनि धेरै क्षतिग्रस्त अवस्थामा छ।

इट्टाबाट बनाइएको पुरानो भवन मध्यको यो एक हो। राजा खासेखोस्मीको पालामा यो दरबार बनाइएको अनुमान गरिएको छ। इजिप्टको पुरातात्त्विक कालको दोस्रो वंशको शासन रहँदा उनी राजा थिए। सुनेट अल जेबेबमा मुख्य रूपमा दुई भाग छन्। राजाको अन्डरग्राउन्ड भाग एउटा छ भने अर्को भाग जमिन माथि छ। जहाँ अहिले पनि खासेखोस्मीका अनुयायीहरू जम्मा भएर उनको प्रार्थना गरी रहेका भेटिने छन्। इजिप्टको पिरामिड यसैबाट प्रेरित भएर बनाइएको अनुमान गरिएको छ।

माल्टामा रहेको ‘टार्जीन ’मन्दिर आकर्षक पुरातात्त्विक महत्त्वको क्षेत्र मानिन्छ। इसा पूर्व २५०० देखि ३६ ०० को बिचमा बनाइएको यो मन्दिर भत्किएर पुन निर्माण भइसकेको छ।

यो युनेस्कोको सम्पदा सुचीमा अटाएको छ। त्यहाँ एउटा क्षेत्रमा थुप्रै मन्दिर अटाएर बनाइएको थियो। पूर्व तीर रहेका धेरै मन्दिर अहिले छन्। यसका अलावा तिन मन्दिरलाई जगेर्ना गरेर राम्रो बनाइएको छ।

यस क्षेत्रलाई सन् १९२० मा त्यस समयमा सङ्ग्रहालयका निर्देशक रहेका जामिट थामीस्टोकल्सले पत्ता लगाएका थिए। जामिटले नै पूर्व मन्दिर,दक्षिण मन्दिर र केन्द्रीय मन्दिरको पुन निर्माण गरेका छन्।

कुँदिएका ढुङ्गा र बनावटका कारण यो मन्दिरले पूर्वेली संस्कृतिको झझल्को दिन्छ। सन् २०१२ मा पदमार्गको निर्माण गरिए पछि पर्यटकहरूका लागि यो स्थान सहज बनेको हो। माल्टामै जाजन्टीका मन्दिर पनि रहेको छ।

भ्रमण योग्य रहेको यो मन्दिरको इसा पूर्व ३२०० देखि ३६०० को बिचमा भएको अनुमान छ। यो पनि युनेस्कोको सम्पदा सुचीमा छ। रहस्यमय भूतहरूको दौड हुने भन्ने माल्टाको किम्बदन्तीकै आधारमा यसको नामकरण भएको जनाइन्छ। मन्दिर परिसरमा थुप्रै जनवारहरू भेट्न सकिन्छ। जसले त्यहाँको वातावरणलाई अझ सुन्दर बनाएको छ।

स्कटल्यान्डको ‘ न्याप अफ होवार ’ को निर्माण इसा पूर्व ३६०० मा भएको हो। त्यहाँको घर अहिले पनि देख्न सकिन्छ। सन् १९३० मा यसको पत्ता लागेको थियो।

परापूर्व कालका यी अवशेषसँगै युएई मा भेटिएको सो अवशेषले संसारको सबैभन्दा पुरानो मानव सभ्यताको बारे बहस सुरु भएको छ। सायद थप अवशेषले यो बहस अझ पेचिलो बन्ने छ। एजेन्सीको सहयोगमा (मनोज घिमिरे)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • साउदी अरबमा भेटियो करिब चार हजार वर्ष पुरानो शहर
  • २०७८ फाल्गुन १०, मंगलवार ११:३२
  • In "BannerNews"
  • अमेरिका पछि ताईवानमा पनिदेखियो वेदर वैलुन
  • २०७८ फाल्गुन १०, मंगलवार ११:३२
  • In "अन्तराष्ट्रिय"
  • मुक्तेश्वरनाथ धार्मिक करिडोरमा जोडिन्छ : मन्त्री यादव
  • २०७८ फाल्गुन १०, मंगलवार ११:३२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

उपासनाको ‘बोल्ड’ बन्ने रहर

पूर्वमिस अमेरिका चेल्सीले गरिन् आत्महत्या

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version