• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कुन अवस्थामा उत्पन्न हुन्छ प्रेमभाव ?


कुन अवस्थामा उत्पन्न हुन्छ प्रेमभाव ?

काठमाडौं । प्रेम भावनाहरुको संगालो हो, चामत्कारिक भाव हो । मानव इतिहासमा धेरै बहस भएको विषय हो प्रेम । तर अहिलेसम्म कसैले पनि यही नै हो भनेर पुष्टि गर्न सकेको छैन ।

अनुभूतिको सुन्दर कल्पना प्रेम हो । जुन आफैंमा रोमाञ्चक र तरंगित हुन्छ । जीवनमा एकपटक सबैलाई प्रेम हुन्छ, अर्थात् प्रेममा पर्छन् हरकोही ।

तर प्रेम हुन हर्मोन चाहिन्छ । हर्मोनबिना प्रेम अंकुराउन सक्दैन । प्रेमभाव उत्पन्न हुनका लागि मानव शरीरमा हर्मोन हुनु आवश्यक छ । जसलाई अक्सिटोसिन हर्मोन भनिन्छ । कसैलाई देख्दा, संगत गर्दै जाँदा, रोमान्स गर्दा, कसैसँग समय बिताउँदा अनौठो महसुस हुन्छ । जुन सुन्दर र कल्पित हुन्छ । यस्ता प्रेमभाव जगाउने काम गर्छ अक्सिटोसिन हर्मोनले । यसले मानव मन मस्तिष्कमा प्रेमभाव पैदा गराउन महत्वपूर्ण भूमिका खेल्छ ।

मानव शरीरमा रहेको अक्सिटोसिन नामक हर्मोनले मानव व्यवहारलाई प्रभावित गर्ने काम गर्छ । यसले मानिसमा प्रेम, सहानुभूति, उदारता, यौन, लगाव र सम्बन्ध बनाउने जस्ता कुरामा महत्वपूर्ण भूमिका खेल्छ । यसलाई लभ हर्मोन पनि भनिन्छ ।

अक्सिटोसिनले सम्बन्ध बनाउन र भावना पैदा गराउन अहम् भूमिका खेल्छ । शरीरमा अक्सिटोसिन हर्मोन पैदा हुँदा मन मस्तिष्क तरंगित हुने गर्छ । जसका कारण यसले हाम्रो मुडमा सकारात्मक असर गर्छ ।

अक्सिटोसिन हार्मोनको उत्पादन मस्तिष्कको सानो भाग हाइपोथालेमसबाट हुन्छ र मस्तिष्कको पोस्टिरियर पिट्युटरी लोबले यसलाई सञ्चार गर्ने काम गर्छ । अक्सिटोसिन हर्मोनलाई मात्रै नभई डोपामाइन र सेरोटोनिन हर्मोनलाई पनि खुसी हर्मोनका रुपमा लिइन्छ ।

कुनै व्यक्तिप्रति आकर्षित हुँदा मस्तिष्कले डोपामाइन हर्मोन उत्पादन गर्छ, जसका कारण सेरोटोनिनको स्तर बढ्छ र अक्सिटोसिन बन्छ । अक्सिटोसिनले सकारात्मक भावना मात्रै पैदा गराउँदैन यसले समयअनुकूल आफूलाई व्यक्त गर्न निर्देशनसमेत दिन्छ ।

मनोविश्लेषक डा. बासु आचार्य हर्मोनले मानव मन मस्तिष्कमा प्रेमभाव पैदा गराउने मात्रै नभई मानिसलाई खुसी, दुःखी र रोमाञ्चित महसुस गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् ।

‘हर्मोनले मानव मन मस्तिष्कमा प्रेमभाव पैदा गराउनेदेखि खुसी, दुःख, संवेदनासमेत प्रकट गराउने काम गर्छ,’ डा. आचार्य भन्छन्, ‘हर्मोनबिना मानव मन मस्तिष्क राम्ररी चल्न सक्दैन ।’ प्रेमभाव उत्पन्न गर्ने हार्मोनसम्बन्धी मनोविश्लेषक डा. वासु आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश ः

प्रेमभाव जगाउन हर्मोनले कस्तो भूमिका खेल्छ ?

हर्मोनकै कारण मानिसमा प्रेमभाव उत्पन्न हन्छ । हर्मोनले प्रेमभाव मात्रै पैदा गराउँदैन, यसले  सुख, खुसी, दुःख, संवेदना आदि प्रकट गर्न महत्वपूर्ण भूमिका खेल्छ । हर्मोनले मन र शरीरको क्रियाकलापको तालमेल मिलाउने काम गर्छ । हर्मोनको अभावमा मानव मस्तिष्कले राम्ररी काम गर्न सक्दैन ।

कस्तो अवस्थामा मान्छेमा प्रेमभाव उत्पन्न हुन्छ ?

सोचेजस्तो, खोजेजस्तो र कल्पना गरेजस्तो मान्छे देख्दा, भेट्दा मान्छेको मनमा हर्मोन पैदा हुन्छ । हर्मोन तथा केमिकलले काम गर्दा मान्छेमा प्रेमभाव उत्पन्न हुन्छ । उसले चाह्यो भने त्यस्तो बेला प्रेमभाव व्यक्तसमेत गर्न सक्छ । यी सबै कुराहरु हर्मोनको सकारात्मक प्रभावका कारण हुन्छन् ।

आफूले खोजेको जस्तो सोचेको जस्तो मान्छे भेटिंदा र माहोल मिल्दा उसमा इच्छा र कामावृति जागृत हुन्छ । प्रेम हुन बाहिरी सुन्दरताभन्दा आत्मिक सुन्दरता आवश्यक पर्छ ।

मन पराउनु र प्रेमभाव जाग्नु कति फरक कुरा हो ?

मन पराउनु र प्रेमभाव जाग्नु निकै फरक कुरा हुन् । प्रेम हुन भावना पैदा हुनुपर्छ । मन पराउनु, इच्छा जागृत हुनु र प्रेममा समर्पित हुनुमा धेरै अन्तर छ ।

चुज गर्ने र दिल दिने भन्ने कुराले धेरै ठूलो अर्थ राख्छ प्रेममा । प्रेममा अनुहारको सुन्दरतालाई भन्दा मनभित्रको सुन्दरतालाई प्राथमिकता दिने हो, व्यवहारलाई माया गर्ने हो । साँचो प्रेम हुनेहरुको दोस्ती मिल्छ, मन, विचार र भावना मिल्छ ।

चुज गरेर भएको प्रेम क्षणिक हुन सक्छ । प्रेम आकर्षण होइन । आकर्षणबाट सुरु भएको प्रेम लामो समयसम्म टिक्दैन । प्रेम हुन सुन्दर आभास हुनुपर्छ र त्यो मनभित्रबाट पलाएको हुनुपर्छ । प्रेमलाई कामावृत्ति बनाउनु तथा सोच्नु हुँदैन ।

खानपान र जीवनशैलीले हर्मोनमा असर गर्छ कि गर्दैन ?

हर्मोनलाई केमिकल पनि भनिन्छ । हाम्रो खानपान र जीवनशैलीले हर्मोनमा प्रभाव पार्छ । प्रेमभाव जोगाउने अक्सिटोसिन हर्मोन बचाउनका लागि कुलत र विषाक्त खानेकुराबाट टाढा रहनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आयुर्वेद अनुसार कस्तो खानपानले शरीर निरोगी हुन्छ ?
  • २०७८ फाल्गुन १, आईतवार १९:१९
  • In "स्वास्थ्य"
  • तीन औषधि, जसले सम्बन्धलाई प्रेमिल बनाउँछ
  • २०७८ फाल्गुन १, आईतवार १९:१९
  • In "जीवनशैली"
  • प्रणय-सप्ताहः प्रेम उत्सव
  • २०७८ फाल्गुन १, आईतवार १९:१९
  • In "जीवनशैली"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

Next Post

के अन्तरिक्ष युद्धतर्फ अघि बढ्दैछन् अमेरिका, रुस र चीन ?

शम्भु श्रेष्ठ दलाई लामाका दूत, आजकाल चिनियाँ गाडी बेच्दै

एमसीसी विकास योजना हो, विवाद झिक्नुको अर्थ छैन -महन्थ ठाकुर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version