• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रेमिल जोडीको प्रिय ‘कपल ब्रासलेट’


प्रेमिल जोडीको प्रिय ‘कपल ब्रासलेट’

काठमाडौं । कसैलाई उपहार दिंदा विशेषगरी कपडा, चकलेट, गहना, कप, कार्ड, पुस्तक लगायत सामग्री दिने प्रचलन छ । उपहार दिनेहरुले कम मूल्य पर्नेदेखि महँगा र विलासिताका वस्तुसमेत दिने गरेको पाइन्छ ।

प्रणय दिवस नजिकिंदै जाँदा आफूले माया गर्ने मान्छेलाई दिन विशेष उपहार खोज्नेहरु पनि होलान् । उपहार दिंदा महँगो वस्तु नै दिनुपर्छ भन्ने छैन । थोरै पैसा खर्च गर्दा पनि आफ्नो मान्छेका लागि अमूल्य उपहारको जोहो गर्न सकिन्छ ।

युवायुवतीमाझ हिजोआज कपल ब्रासलेट निकै लोकप्रिय छ । बजारमा २०० देखि ५०० रुपैयाँसम्ममा पाइने कपल ब्रासलेट लगाएर हिंड्ने युवायुवती धेरै भेटिन्छन् ।

कीर्तिपुरका राजीव तामाङले दुई महिनाअघि आफ्नी प्रेमिकालाई कपल ब्रासलेट उपहार दिए । सानो चिटिक्क परेको अनि दुवै हातमा लगाउन मिल्ने र पानको आकारमा जोडिने भएकाले उनकी प्रेमिकालाई यो ज्यादै मन परेको राजीव बताउँछन् ।

‘सँगै नहुँदा पनि आफ्नो मान्छेको याद आइरहेको आभास यसले गराउँछ,’ राजीव भन्छन् ।

भक्तपुर लोकन्थलीकी अर्चना खड्काले पनि तीन महिनाअघि आफ्नो प्रेमीलाई कपल ब्रासलेट उपहार दिइन् । यो उपहारले उनका प्रेमी निकै खुसी भए । पैसा पनि सस्तो पर्ने, लगाउन पनि सजिलो अनि सँगै लगाएर हा समातेर हिंडा निकै रमाइलो अनुभव हुने उनले सुनाइन् । ‘म्याग्नेट हुने भएकाले पनि दुवैको हातमा लगाउँदा ब्रासलेटले खुसी दिने रहेछ,’ उनले भनिन् ।

भक्तपुर बालकोटकी सिया खत्रीलाई पनि सबैका लगाएको देखेपछि यो ब्रासलेट किन्न मन लाग्यो । त्यसपछि किनेर साथीलाई उपहार दिएको उनले सुनाइन् । साथी र आफूले सँगै लगाएको तस्वीर उनले इन्स्टाग्राममा समेत राखेकी छन् ।

कपल ब्रासलेट लगाउने युवायुवतीको संख्या बढेसँगै यसको व्यापारमा पनि वृद्धि भएको छ । ४० वर्षदेखि काठमाडौंको वसन्तपुरमा हस्तकलाका सामान तथा मेटलका गहना बेच्दै आएकी उजेली ठकुरी पसलमा धेरै बिक्री हुने सामग्रीमा अहिले कपल ब्रासलेट पनि रहेको बताउँछिन् । कलेज पढ्ने किशोरकिशोरीले यसलाई धेरै रुचाएको उनी बताउँछन् ।

‘कोरोना महामारीले व्यापार कम छ । यस्तै साना सामानहरुले व्यापार बढाएको छ,’ उजेली भन्छिन्, ‘कपल ब्रासलेट भारतीय व्यापारीले पनि खरिद गर्ने गरेका छन् ।’

वसन्तपुरकै गोमा बुढाथोकीको पसलमा पनि बढी बिक्री सामानमध्ये कपल ब्रासलेट पर्दछ । उनी भन्छिन्, ‘वसन्तपुर यसै पनि युवायुवतीको जमघट हुने ठाउँ भएकाले उनीहरुले नै बढी किन्छन् ।’

प्रेमिल जोडीले मात्रै नभई यो ब्रासलेटलाई अन्य व्यक्तिले पनि रुचाउने गरेका छन् । कपल ब्रासलेटले एकअर्काको सम्झनालाई गाढा त बनाएको छ नै महामारीले थला पारेको खुद्रा व्यापारलाई थोरै भएपनि राहत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इरानले ट्रम्पलाई उपहार दियो
  • २०७८ फाल्गुन १, आईतवार १९:१६
  • In "BannerNews 2"
  • कोरोना महामारी उपहार दिएर सारा विश्वलाई नै संकटमा फसाएको चीन फसे नयाँ समस्यामा !
  • २०७८ फाल्गुन १, आईतवार १९:१६
  • In "अन्तराष्ट्रिय"
  • ज्याकलिनको ७ करोड भारु बराबरको सम्पत्ति जफत
  • २०७८ फाल्गुन १, आईतवार १९:१६
  • In "थप"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

कुन अवस्थामा उत्पन्न हुन्छ प्रेमभाव ?

के अन्तरिक्ष युद्धतर्फ अघि बढ्दैछन् अमेरिका, रुस र चीन ?

शम्भु श्रेष्ठ दलाई लामाका दूत, आजकाल चिनियाँ गाडी बेच्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version