• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

समान्य प्रशासन मन्त्रालयको बदमासीले रामगोपालपुर नगरपालिकामा एक सातादेखि तनाव


समान्य प्रशासन मन्त्रालयको बदमासीले रामगोपालपुर नगरपालिकामा एक सातादेखि तनाव

महोत्तरी । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको बदमासीले महोत्तरीको रामगोपालपुर नगरपालिकामा विवाद चुलिएको छ । पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई एक महिनासमेत काम गर्न नदिइ मन्त्रालयले सरुा गरी शिक्षा अधिकृतलाई निमितको कार्यभार दिएपछि विवाद उत्कर्षमा पुगेको हो । जसको कारण त्यहाँ दुई पक्षबीच दैनिक तनाव भइरहेको छ । मुठभेडकै अवस्था सिर्जना हुने खतरा बढेको हो ।

एक वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका शिक्षा शाखा अधिकृत धिरेन्द्रलाल कर्णको जिम्मेबारी सम्हालेका थिए । स्थानीय तहमा समायोजन भएका कर्ण आठौं तहका शिक्षा सेवा प्रशासनतर्फका कर्मचारी हुन्। जिम्मेवारीमा रहँदा उनले व्यापक आर्थिक अनियमितता गरेको आरोप लगउँदै मेयर अशोककुमार मण्डलले समान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृत नै माग गरेका थिए ।

मन्त्रालयले गत पुस २५ गते कर्णलाई दिएको जिम्मेवारी खोस्दै उनको स्थानमा शिवेन्द्रकुमार मण्डललाई पठायो । मण्डल नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूह राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारी हुन्। उनलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतकै रुपमा पठाएको हो । मण्डल यसअघि जनकपुरधामस्थित श्रम कार्यालयका प्रमुख थिए।

तर एक महिना नपुग्दै मन्त्रालयले गत माघ १४ गते प्रमुख प्रशासकीय अधिकृत मण्डललाई महोत्तरीकै लोहारपट्टी नगरपालिकामा सोही पदका लागि सरुवा गरिदिएको छ । र रामगोपालपुर नगरपालिकामा यस अघिकै निमित प्रमुख प्रशासकीय अधिकृत कर्णलाई जिम्मेवारी दिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदासम्म आर्थिक तथा प्रशासनिक कामको जिम्मेबारी कर्णलाई दिएको मन्त्रालयको पत्रमा उल्लेख छ । जवकी प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयले एक महिना समेत बस्न नदिइ सरुवा गरिदिएको स्पष्ट देखिन्छ ।

कर्णले आफु बरिष्ठ कर्मचारी रहेकाले मन्त्रालयमा उजुरी दिएपछि प्रमुख प्रशासकीयको रुपमा आएका मण्डललाई सो जिम्मेबारीबाट हटाएर आफूलाई दिएको तर्क गरे । जवकी मन्त्रालयकै पत्रमा मण्डललाई प्रमुख प्रशासकीय अधिकृत उल्लेख गरेको छ भने कर्णलाई शिक्षा सेवा तर्फका अधिकृत उल्लेख गरेको छ । कर्ण मन्त्रालयको पत्र लिएर गएको माघ १६ गते १३ जना कार्यपालिका सदस्य सहित कार्यालयमा हाजिर भएको बताए ।

यता मेयर अशोककुमार मण्डलले प्रमुख प्रशासकीय अधिकृत हुँदाहुँदै शिक्षा अधिकृत कर्णलाई कार्यालयको आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिनु कानुनसम्मत् नभएको दाबी गर्दै मन्त्रालयमा पत्र पठाएको छ ।

माघ १६ गते सामान्य प्रशासन मन्त्रालयमा पठाएको पत्रमा कर्ण जिम्मेवारीमा रहेका बेला कार्यालयको रकम हिनामिना गरेको आरोप मेयरले लगाएका छन् । कार्यालयमा काट्नुपर्ने चेक लेखासँग कुरा मिलाएर जनकपुर गई काटेर कर्णले आर्थिक हिनामिना गरेको आरोप मण्डलको छ ।

‘कर्ण प्रशासकीय अधिकृत रहेका बेला लेखासँग मिलेर व्यापक रकम हिनामिना गरे । फिल्डमा जाँदा उपभोक्ता समितिसँग कमिसन मागे । कार्यालय प्रयोजनमा सरसल्लाह नगरी लाखौं रकम खर्च गरेका छन् । काम भएको छैन । त्यो शीर्षकको लाखौं बजेट खर्च भइसकेको बैंकको स्टेटमेन्टबाट थाहा पाएँ’, मेयर मण्डलले भने, ‘त्यसकारण बाध्य भएर उनलाई सो जिम्मेवारीबाट हटाएर मन्त्रालयमा पहल गरी प्रमुख प्रशासकीय अधिकृत ल्याएका हौं ।’

उता कर्णले भने सबै आरोप झुटा भएको दाबी गरेका छन् ।

धिरेन्द्र लाल कर्ण

‘ममाथि लाइएको सबै आरोप मिथ्या हो। काम नगरीकन रकम भुक्तानी हुँदैन। अहिले अनलाइन चेक काटिन्छ। कुनै चेक काट्यो भने कोलेनिका, मलेनिका सबैले देख्छन्। कुनै योजनाका लागि भुक्तानी हुँदा प्रक्रिया पुर्याएर गर्नुपर्छ’, उनले भने, ‘मयेरले रलेएकलौटी शासन चलाउन खाजे। उहाले जेजे भन्नहुन्छ, त्यो सबै गर्दा ठीक । नत्र खराब!’

यता प्रमुख प्रशासकीय अधिकृत मण्डलले भने मन्त्रालयले आफूलाई सरुवा गरेको पत्र नपाएको दाबी गरेका छन् । उनले वरिष्ठताका आधारमा प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था नरहेको तर्कसमेत गरे ।

शिवेन्द्र कुमार मण्डल

‘म संघको प्रशासन तर्फको कर्मचारी हुँ । थुप्रै नगरपालिकामा यसअघि पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिसकेको छु । म यो नगरपालिकामा पनि हाजिर भएको मन्त्रालयको पत्रमा प्रमुख प्रशासकीय अधिकृत तोकेरै उल्लेख गरेको छ । म प्रशासनतर्फको तृतीय श्रेणीको कर्मचारी हुँ । तहले प्रमुख प्रशासकीय अधिकृत हुँदैन’, उनले अगाडि भने, ‘कर्णले आठौं तह र वरिष्ठ हुँ भनेर दाबी गर्नुहुन्छ । यस्तो भयो भने धेरै नगरपालिकामा हेडसर नै प्रमुख प्रशासकीय अधिकृत हुन्छन् ।’

प्रशासकीय अधिकृतको विषयमा नगरपालिकाका जनप्रतिनिधिसमेत विभाजन भएका छन् । कार्यपालिकाका बहुमत सदस्य कर्णको पक्षमा छन् भने प्रमुख प्रशासकीय मण्डलको बचाउमा मेयर, उपमेयरसहित अन्य कार्यपालिका सदस्य छन् । आ-आफ्ना पक्षको प्रशासकीय अधिकृत आधिकारिक दावी गर्दै सो विषयमा दैनिक दुई पक्षका सयौं मान्छे भेला हुने गरेका छन । जसले नगरपालिका कार्यालयमा तनाव हुने गरेको छ । त्यहाँ मुठभेडको अवस्था सिर्जना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बटेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा महतो हाजिर
  • २०७८ माघ २३, आईतवार १४:१६
  • In "BannerNews"
  • लुम्बिनी सांस्कृतिक नगरका मेयरले छोरा र ज्वाइँलाई जागिर खुवाएपछि विवाद
  • २०७८ माघ २३, आईतवार १४:१६
  • In "BannerNews"
  • रामधुलाई पछि बटेश्वरका प्रशासकीय अधिकृत आउनै छाडे कार्यालय, बर्दिबासमै अघोषित कार्यालय चलाउँदै
  • २०७८ माघ २३, आईतवार १४:१६
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post

नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै राष्ट्रसंघीय कार्यालयलाई ज्ञापनपत्र

चीनको तर्फबाट नेपाली सीमामा हस्तक्षेपभएको पहिलोपल्ट आधिकारिक दावी

जहाँ जहाँ सीमा त्यहाँ चिनियाँ कब्जा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version