No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लाेभलाग्दाे गोलभेँडा खेती, माग धान्नै मुस्किल


लाेभलाग्दाे गोलभेँडा खेती, माग धान्नै मुस्किल

सङ्खुवासभा : हामीले विदेशमा एउटै बोटमा धान्न नसक्ने गरी गोलभेँडा फलेको देखेका हौँ तर अहिले नेपालमा त्यो पनि पहाडी जिल्लामा टनेलमा यस्तै खेती शुरु गरिएको छ । लकडाउनको समयमा आमनागरिक घरभित्रै रहिरहँदा दुई दाजुभाइलाई भने टमाटर खेतीले भ्याईनभ्याई छ । खाँदबारी नगरपालिका-४ पांमामा १० रोपनी क्षेत्रफलमा लगाइएको गाेलभेँडा राम्रो मूल्यमा बिक्री गरिरहेका बलबहादुर राई र गङ्गाराज कुलुङले मनग्गे आम्दानी लिइरहनुभएको छ ।


यो समयमा टमाटरको माग उच्च हुन्छ भन्ने बुझेका दाजुभाइले हाल दैनिक तीन सय किलोभन्दा बढी टमाटर उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । अन्य सिजनको समयमा भन्दा यो बेला उच्च मूल्यसमेत पाउने भएकोले टनेल बनाएर टमाटर उत्पादन गर्नुभएको हो । अहिले सङ्खुवासभाको बजारमा टमाटरको मूल्य प्रतिकिलो १६० रुपियाँ छ । जिल्लाका व्यापारीहरूलाई भने १२० रुपियाँको दरले उपलब्ध गराउँदै आउनुभएको छ ।
हाल भइरहेको उत्पादनले सम्पर्कका व्यापारीहरूको माग धान्न नसकेको कृषक बलबहादुर राईको भनाइ छ । लकडाउनको समयमा तराईको तरकारीहरू अत्यन्तै कम आउने र स्थानीय उत्पादन पनि न्यून भएकोले बजार माग उच्च रहेको राईको भनाइ छ ।


व्यापारीले माग गरे जत्ति दिन नसकेपछि कत्तिपय बारीमै आइपुग्ने गरेको राईले बताउनुभयो । ‘मागेजति दिनै सकिँदैन, यो पटक तपाईंलाई पुग्दैन भन्दा पनि बोटमै लिन आईपुग्छन्’, कुषक राईले भन्नुभयो ।
१२ वटा टनेल बनाएर टमाटर उत्पादन गर्दै आएका दाजुभाइले दुई जनालाई रोजगारीसमेत दिनुभएकाे छ । गोडमेल र टमाटर टिप्नको लागि एक पुरुष र एक महिलालाई रोजगारी दिँदैआउनुभएकाे हाे । यो समयमा अत्यधिक वर्षात हुने भएकोले टनेल अनिवार्य रहेको कृषक गङ्गाराज राईको भनाइ छ । टनेलबाहिर रोपे वर्षाको कारण मर्ने, फल नलाग्ने भएकोले अनिवार्य टनेल हाल्नुपरेको कुषक राईको भनाइ छ ।


सुरुमा पाँचलाख रुपियाँ लगानीबाट सुरु गरिएको खेतीबाट अहिले आफुहरू सन्तुष्ट रहेको बलबहादुर राईको भनाइ छ । लकडाउनको समयमा मात्र करिब पाँच लाख रुपियाँ बराबरको टमाटर बिक्री भइसकेको राईको भनाइ छ । पहिलो लटमा अनुभवको लागि एउटा टनेलभित्र र टनेलबाहिर टमाटर लगाएको र राम्रो उत्पादन हुने देखिएपछि १२ वटा टनेलमा बिरुवा लगाएको कुलुङले जानकारी दिनुभयो । आफ्नो पाँच रोपनीबाहेक वार्षिक ५० हजार रुपियाँ तिर्ने गरी जग्गा भाडामा लिएर दुई दाजुभाइले खेती सुरु गरेको बताएका छन् ।


भाइ गङ्गाराज आफैँ पनि कृषि प्राविधिक (जेटिए) हुन् । कृषि प्राविधिकको रुपमा लामो समय प्रोजेक्टमा काम गरिसकेपछि उक्त जागिर छोडेर आफैँले खेती सुरु गरेका हुन् । दुई दाजुभाइलाई भतिजी छोरीले पनि प्राविधक सहयोग गर्दै आएको बताएका छन् । भतिजी पनि आईएसई एजी हुन् । प्राविधिक रुपमा पुग्दो जनशक्ति रहेको दाजुभाइले अन्य तरकारी खेती पनि लगाउने तयारी गरिरहेको बताएका छन् । gorkhapatra

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत: मन्त्री शर्मा

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत: मन्त्री शर्मा

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

Next Post
सप्तरीमा भारतीय नागरिकको कुटाइबाट घाइते यादवको मृत्यु, एकजना पक्राउ

सप्तरीमा भारतीय नागरिकको कुटाइबाट घाइते यादवको मृत्यु, एकजना पक्राउ

नेपाली सेनाले भक्तपुरमा एकदिनमा नै १५० वेडको आइशोलेशन तयार गरेको छ ।

नेपाली सेनाले भक्तपुरमा एकदिनमा नै १५० वेडको आइशोलेशन तयार गरेको छ ।

धर्ना ललितपुर

धर्ना ललितपुर

Leave a Reply Cancel reply

ताजा समाचार

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: