काठमाण्डौं । चिनको उतर पश्चिमी शिन्जीयाङ्ग क्षेत्रमा स्वयता र आत्मनिर्णयको अधिकारलाई लामो समय देखि आवाज उठाउंदै आईरहेका उइगर मुसलमानहरुलाई चिनले व्यापक दमन र यातना दिने गरेको तथ्यहरु सार्वजनिक भएका छन् ।
उईगर मुसलमानहरुलाई चिन सरकारले आतंकवादीको दृष्टिकोणले हेर्ने गरेको पाईएको छ । करिव १ करोड २० लाखको हाराहारिमा जनसंख्या रहेको उइगर मुसलमानहरुलाई न्यायोचित समानताको अधिकार बाट चिन सरकारले बन्चित गराउंदै आईरहेको छ । उसले उनिहरुको आत्म निर्णयको अधिकारलाई सधै हनन गर्ने गरेको छ । यसलाई विश्वव्यापी दृष्टिकोणले दोषी ठहर गरेको छ । उइगर अल्पसंख्यक समुदायमाथि गरिएको अधिकार हनन तथा व्यापक दमनको कयौं देशहरुले विरोध गरिराखेका छन् । विगत देखि नै आफ्नो आत्मनिर्णयको अधिकारको लागि आवाज उठाउंदै आएका उइगर मुस्लिमहरुलाई चिनले अत्यन्तै दमनकारी निति अवलम्बन गर्दै आईरहेको छ । चिनले उइगर मुसलमानहरुलाई ईस्लामिक ग्रन्थ कुरान पढ्न प्रतिबन्ध लगाएको छ ।
नमाज पढ्न तथा रोजा बस्ने लगायतका धार्मिक कार्यमा समेत रोक लगाउंदै आईरहेको छ । चिनले पछील्लो १० वर्ष भित्रमा लाखौं उइगर मुसलमानहरुलाई श्रम शिविरमा कैद गरेर राखेको छ । उइगर मुसलमान पुरुषहरुलाई कठोर श्रम गर्न लगाएको छ भने महिलाहरुलाई जवरजस्ती बन्ध्याकरण गर्न लगाउंदै आईरहेको छ । उइगर मुसलमान माथी दमन गरेर चिनले नरसहार तथा मानवता विरोधी अपराध गरिरहेको छ । चिनले उइगरहरुलाई श्रम शिविरमा कैद गर्नुका साथै उनिहरुको जनसंख्या बढ्न नदिन महिलाहरुलाई बलपुर्वक बन्ध्याकरण गर्न लगाउने, उइगर बालबालिकाहरुलाई परिवारबाट अलग पार्ने काम गरिरहेको छ । चिन सरकारको उइगर मुसलमान प्रतिको चरम यातना र नरसंहार जारी नै रहेको र उनीहरुलाई योजनाबद्ध रुपमा सिध्याउने चिनिया सरकारको प्रयास जारी नै रहेको प्रतिवेदनहरु सार्वजनिक भइरहेका छन् । चिनले प्रतिअतिवाद केन्द्रहरु खोलेर १० लाख भन्दाबढी उइगरहरुलाई कैदमा राखेको छ । सिन्जियाङ्गामा मात्र चिन सरकारले ३८० वटा भन्दा बढी श्रम शिविरहरु उइगरहरुको लागि बनाएको छ ।
त्यहां कैद भएका उइगरहरुले शारिरीक, मानसिक तथा यौनिक यातनाहरु खेप्नुपरेको र उइगर महिलाले सामुहिक बलत्कार एवं यौन दुव्र्यवहार सहनु परिरहेको रिर्पोटहरुले सार्वजनिक गर्ने गरेको छ । उइगरहरुलाई चिनले जहिले पनि पृथकतावादी र आतंकवादीको दृष्टिकोणले हेर्ने गरेको छ । प्रहरी, सुरक्षा जाचस्थल, व्यक्तिगत अनुहार देखी गाडीका नम्बर प्लेट सम्म स्कयान गरेर राख्ने क्यामेरा सहित उम्किने नै गाह्रो गुप्तचर संजालले उइगर समुदायलाई बांधेर राखेको छ । सन २०१७ मा चिनिया राष्ट्रपति सि जिनपिङ्गले चिन भित्रका सवै धर्महरु चिनिया प्रकृतिको हुनु पर्ने आदेश दिएपछी उइगरहरु माथि झन दमन हुदै आईरहेको छ ।
चिनले उइगरहरुको संस्कृती र धर्म सिध्याउने प्रयास गरिरहेको छ । उइगर मुस्लिम र अन्य जाती अल्पसंख्यकलाई घरबाट टाढा सिनजियाङ्गमा पठाउने चिनिया नितीले उनिहरुको जनसंख्या तितर वितर पार्ने रणनिती अख्तियार गरेको देखिन्छ । नयां जागिरको लागि भन्दै झुटो आश्वासन दिएर उनिहरुलाई स्थान परिवर्तन गर्ने चिन सरकारको निति रहेको खुलासा हुदै गईरहेको छ । सिन्जिियाङ्ग भरी पुर्नशिक्षा शिविरहरु बनाईएको र उक्त निति उइगरहरुलाई नियन्त्रण गर्ने कडा उपाय भएको देखिएको छ ।
बेईजिङ्गले उइगर मुसलमानहरुको जनसंख्या पातलो बनाउने उदेश्यले नै उनिहरुमाथिको दमन र यातनालाई निरन्तरता दिदै आईरहेको छ । चिनले त्यहांका उइगर मुसलमानहरुलाई गरेको व्यापक दमन यातनाका घटनाले पनि चिन उनिहरुलाई स्वतन्त्रता र आत्मनिर्णयको अधिकार दिने कुरामा कहिले सहमत हुने छैन । चिनले जहिले पनि उनिहरुलाई आतंकवाद संग जोडेर हेर्ने गरेको छ ।
मानवअधिकार हनन र उनिहरुको बांच्न पाउने अधिकारलाई जोगाउन विश्वले उइगर मुसलमानहरुलाई साथ र सहयोग गर्नु पर्नेमा पश्चिमा राष्ट्रहरुले जोड दिदै आइरहेका छन् भने चिन यो विषय आफ्नो मुलुकको आन्तरिक मामिला भएको भन्दै यस विषयलाई नउछाल्न विश्वलाई चुनौति दिदै आईरहेको छ । एसीपीन्यूज














