No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मेयर लालकिशोर साहले मलाई फँसाउन षडयन्त्र गरे : वडाध्यक्ष सिंह

मेयर लालकिशोर साहले मलाई फँसाउन षडयन्त्र गरे : वडाध्यक्ष सिंह

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले आफुलाई फँसाउनका लागि षडयन्त्र गरेको वडा नं. ४ का वडाध्यक्ष सुदर्शन सिंहले आरोप लगाएका छन् ।

वडाध्यक्ष सिंह बिरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनले शक्तिको दम्भमा आफुलाई सुनियोजित ढंगबाट फसाउन खोजिएको आरोप लगाएका हुन् ।

बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै वडाध्यक्ष सिंहले मेयर साहले पद र शक्तिको दुरुपयोग गरी पक्राउ पूर्जी जारी गराउन लगाएको आरोप लगाएका छन् ।

वडाध्यक्ष सिंह विरुद्ध आपराधिक उपद्रवका साथै सर्वाजनिक संरचनामा तोडफोड गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । वडाध्यक्ष सहित ५ जनाबिरुद्ध जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी गरिएको छ । वडाध्यक्ष सिंह बाहेक शिवम कन्सट्रक्सनका खुश्वु सिंह, कुञ्जयकुमार सिंह, जीवछ साह र उपेन्द्र यादव बिरुद्ध पक्राउ पूर्जी जारी गरिएको थियो ।

जनकपुरधाम–४ मै रिंकु स्टोर्स नाम पसल संचालन गर्दै आईरहेकी गिताकुमारी साहको जाहेरीको आधारमा पाँचै जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

जनकपुरधाम–४ स्थित गुठीको तैनाथी जग्गामा रहेको कृषि उपज बजार (शुक्रबारी बजारमा) तोडफोडमा संलग्न रहेको आरोपमा जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी गरिएको हो ।

वडाध्यक्ष सिंहले भने, ‘नगरप्रमुख साह बिरुद्ध जनकपुरधामको फोहोर मैलाको विषयलाई लिएर जनप्रतिनिधिहरु आन्दोलनमा छौँ सोही विषयलाई लिएर पुरानो मुद्दाको बलमा मलाई फसाउन खोजि रहेका छन् ।’

वडाध्यक्ष सिंहले मेयर विरुद्ध जनप्रतिनिधिहरुले थालेको आन्दोलनलाई मत्थर पार्नकै लागि महिनौ पछि बसेको उपमहानगरको बोर्ड बैठकको ठीक एक दिन अगाडी उनकोे हाथमा पक्राउ पुर्जी परेको बताए । उनले भने, ‘उपमहानगरको बोर्ड बैठकको ठिक एक दिन अगाडी मलाई पक्राउ पुर्जी दिइयो जबकि त्यो पक्राउ पूर्जी २०७८ कार्तिक २३ गतेकै दिन अदालतबाट जारी गरिएको थियो ।’ बोर्ड बैठकमा बिरोधका स्वरहरु नसुनियोस त्यसकै लागि नगरप्रमुखले बोर्ड बैठक बस्नुभन्दा ठीक एक दिन अगाडी पक्राउ पूर्जी पठाएको आरोप लगाए ।

शुक्रबारी बजारमा केही वर्ष अघि गीता पसल चलाउँदै आई रहेकी थिइन् । उनले वर्षौसम्म त्यस वापतको रकम नबुुझाएपछि गुठीसंग सम्झौता गरेर बजारको ठेक्का लिएको शिवम कन्स्ट्रक्सनकी संचालिका खुश्वु सिंहले २०७४ फागुन १४ गते पसल खाली गराई दिनका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिएकी थिइन् ।

सोही निवेदनको आधारमा जिप्रका धनुषाले जनकपुरधाम उपमहानरपालिका र जिल्ला प्रहरी कार्यालय धनुषालाई पसल खाली गराई दिन २०७४ फागुन १५ गते पत्र काटेको थियो । त्यस लगत्तै उपमहानगरले खाली गराउनका लागि वडा नम्बर ४मा पत्र काटेको थियो ।

उपमहानगरले पत्र काटेकै आधारमा वडाध्यक्ष सिंहले जिल्ला प्रशासन कार्यालय धनुषा, गुठी संस्थान जनकपुरधामको प्रतिनिनिधिको रोहवरमा गीतादेवीको पसल खाली गराउन लगाएका थिए । पसलबाट खाली गराइएका सामानहरु उनीहरुलाई नै बुझाइएको वडाध्यक्ष सिंहले दाबी गरे ।

सोही रिसमा गीतादेवीले शिवम कन्स्ट्रक्सनको संचालिका खुश्वु सिंह सहित जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, वडाध्यक्ष सिंह लगायत बिरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दिएका थिए । तर जिल्ला अदालतले गीतादेवी बिरुद्ध आदेश दिएपछि परमादेशका लागि उच्च अदालत जनकपुरधाम पुगेकी थिइन् ।

गीतादेवीले एउटै व्यहोरा उल्लेख गरेर निषेधाज्ञा, परमादेश, उत्प्रेषण, लुटपाट, आपराधिक उपद्रव, सार्वजनिक सम्पति गरी १ दर्जनभन्दा बढी मुद्दा दर्ता गराएका थिए । ती सबै मुद्दामा गीता बिरुद्ध अदालतले फैसला दिएको देखिएको छ ।

हरेक मुद्दामा पराजित भएपछि ३ वर्ष शान्त भएर बसेकी गीतालाई नगरप्रमुख साहले उक्साएर फेरी जाहेरी दिन लगाएको वडाध्यक्ष सिंहको आरोप छ । उपमहानगरको कार्यपालिकाका सदस्य रहेका दिगम्बर चौधरीको गीता बहिनी रहेको सुइको पाएर नगरप्रमुखले आफू बिरुद्ध षडयन्त्र रचेको वडाध्यक्ष सिंहको भनाई छ ।

वडाध्यक्ष सिंहले फैसला भई सकेको मुद्दालाई ३ वर्षपछि फेरी ब्युँताएर हुलाक मार्फत जाहेरी दिन लगाएर आफू बिरुद्ध पक्राउ पूर्जी जारी गराउन लगाइएको बताए ।

वडाध्यक्ष सिंहले जनप्रतिनिधिको हैसियतले उपमहानगरको आदेश कार्यान्वयन गराएपनि आफुबिरुद्ध जनप्रतिनिधिको हैशियतमा नभई व्यक्तिको रुपमा मुुद्दा दर्ता गराइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
धनुषाबाट ३८ लाख ३५ हजार रुपैयाँसहित एक युवक सशस्त्र प्रहरीको फन्दामा

धनुषाबाट ३८ लाख ३५ हजार रुपैयाँसहित एक युवक सशस्त्र प्रहरीको फन्दामा

प्रदेश २ मा दुई लाख १३ हजार मतदाता थपिए

प्रदेश २ मा दुई लाख १३ हजार मतदाता थपिए

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .