• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गोली हानेर मार्छु भन्दै एसपी पाण्डे पेस्तोल लिएर मध्यराति कांग्रेस सिराहा सभापतिको घरमा पुगेपछि


गोली हानेर मार्छु भन्दै एसपी पाण्डे पेस्तोल लिएर मध्यराति कांग्रेस सिराहा सभापतिको घरमा पुगेपछि

कृष्णसिंह लाेथ्याल

सिराहा । सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी हिराबहादुर पाण्डे र कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवबीच विवाद भएको छ । विवादपछि मार्ने धम्की दिँदै एसपी पाण्डे आइतबार मध्यराति साढे १ बजे पेस्तोलसहित कांग्रेस सिराहा सभापति यादवको घरमा पुगेको खुलेको छ ।

आफ्नो सरुवा गरिदिने धम्की दिएको र प्रहरी प्रधान कार्यालयले आफूलाई हेडक्वार्टर तानेपछि एसपी पाण्डे सभापति यादवसँग आक्रोशित हुँदै मार्छु भन्दै उनको घरमा पुगेका हुन् । स्रोतका अनुसार पेस्तोलसहित यादवको घरमा पुगेका एसपी पाण्डेलाई सिराहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारी र सशस्त्र प्रहरीका एसपी दीपेन्द्र गिरीले एसपी क्वार्टरमा फर्काएका थिए ।

कांग्रेस सिराहाका सभापति यादवले आफूलाई मार्छु भन्दै एसपी पाण्डे पेस्तोल लिएर आफ्नो घरमा आएको बताए । शिलापत्रसँग कुराकानी गर्दै उनले भने, ‘उहाँ (एसपी साप) सँग मेरो खास मतभेद थिएन । तर, राति मलाई मार्छु भनेर पेस्तोलसहित मेरो घरमा आउनु भएको रहेछ ।’

सभापति यादवले आफूहरूबीच मतभेद नभएको र मार्छु भन्दै आएको विषयमा आफूले सोधखोज गरिरहेको बताए । ‘मेरो घरमा पेस्तोल लिएर मार्छु भन्दै आएका पाण्डेलाई सीडीओ कवारी र सशस्त्रका एसपी गिरीले फर्काएर लिएर जानुभएको रहेछ । मैले अहिले मात्रै थाहा पाए । यो विषयमा सोधखोज गर्दैछु,’ उनले भने ।

प्रहरी प्रधान कार्यालयले सरुवा गरेपछि पाण्डे यादवमाथि जाइलागेका हुन् । तर, एसपी पाण्डेले भने आफूहरूबीच विवाद नभएको र आफू मार्छु भनेर यादवको घर नगएको दाबी गरे । ‘उहाँसँग कुनै विवाद भएको होइन,’ एसपी पाण्डेले शिलापत्रसँग भने, ‘कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ गरेपछि उहाँ (यादव) ले मलाई मेरो सुरुवा गर्छु भन्नुभएको थियो र सरुवा पनि भयो ।’

प्रहरीले ११ कात्तिकमा किसन धामीलाई गोली हानी हत्या गरेको अभियोगमा केही दिनअघि सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । एसपी पाण्डले अभियुक्तलाई समातेपछि यादवले छोड्न आफूलाई दबाब दिएको बताए ।

‘अभियुक्तलाई समातेपछि छोड्न उहाँले मलाई दबाब दिनुभएको थियो,’ उनले भने, ‘विवाद भएको चाहिँ यी विषयमा हो, अरु कुरामा होइन ।’  आफ्नो सरुवाको विषयलाई लिएर आफू यादवको घरमा नपुगेको एसपी पाण्डेको दाबी छ ।

उता सिराहाका प्रमुख जिल्ला अधिकारी कवारीले भने एसपी पाण्डे गस्तीमा गएको र अरु कुरा आफूलाई थाहा नभएको बताए । ‘एसपी साप गस्तीमा जानु भएको हो,’ उनले शिलापत्रसँग भने, ‘अरु कुरा हामीलाई थाहा छैन ।’

प्रहरी प्रधान कार्यालयले ६ महिनामै एसपी पाण्डेलाई तानेर उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ । एसपी पाण्डे ८ असार २०७८ मा जिल्ला प्रहरी कार्यालय सिराहा सरुवा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रहरीले लागुऔषधहित पक्राउ परेका वडाध्यक्षलाई सुटुक्क छाडिदियो
  • २०७८ पुष १९, सोमबार २२:३५
  • In "मधेश प्रदेश"
  • सयौँलाई चुना लगाउने नक्कली मीटरब्याज पीडितले गृहसचिवलाई आत्महत्या गर्ने धम्कि दिएपछि…
  • २०७८ पुष १९, सोमबार २२:३५
  • In "BannerNews"
  • लहान सिटी जेसिजले आयोजना गरेको लागू औषध नियन्त्रणका लागि खुला बहस सम्पन्न
  • २०७८ पुष १९, सोमबार २२:३५
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

मेयर लालकिशोर साहले मलाई फँसाउन षडयन्त्र गरे : वडाध्यक्ष सिंह

धनुषाबाट ३८ लाख ३५ हजार रुपैयाँसहित एक युवक सशस्त्र प्रहरीको फन्दामा

प्रदेश २ मा दुई लाख १३ हजार मतदाता थपिए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version