• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जोगवनीमा पाँचौ अन्तरराष्ट्रिय मिथिला विद्यापति स्मृति महोत्सव सम्पन्न


जोगवनीमा पाँचौ अन्तरराष्ट्रिय मिथिला विद्यापति स्मृति महोत्सव सम्पन्न

काठमाडौं ।  विराटनगर महानगरपालिकाको सिमावर्ती क्षेत्र जोगवनीमा पाँचौं अन्तरराष्ट्रिय मिथिला विद्यापति स्मृति महोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।
विराटनगर संग भारतको जोडिएको सिमावर्ती क्षेत्र जोगवनीमा मिथिला क्षेत्रका बासिन्दारुले बनाउने विद्यापति स्मृति पर्व सम्पन्न भएको हो ।
सो कार्यक्रममा बिहार सरकारको खेलकुद तथा संस्कृति मन्त्री आलोक रंजन तथा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख उपस्थितिमा आयोजित उक्त कार्यक्रममा नेपाल भारतका हजारौ मैथिलहरुको उपस्थिति रहेका थिए ।
महोत्सवको अवसरमा आज बिहान दुबै देशको महिला तथा बालबालिकाहरुले कलश यात्रा निकालिएको थियो । उक्त यात्राले दुवै देश बिचको सम्बन्ध मजबुत हुने आयोजकले विश्वास गरे ।
कार्यक्रममा सहभागी भएका कला, संस्कृति तथा खेलकुदमन्त्री आलोक रञ्जनले जय मिथिलाबाट सम्बोधन गर्दै यस महोत्सवबाट दुबै देशको सम्बन्ध झन् बलियो हुने तथा सदियौं देखि कायम रहेको रोटीबेटीको सम्बन्धलाई कसैले पनि छुटाउन नसक्ने बताए । उनले सीमांकन पछि मिथिला दुई देशमा बाँडिए पनि सांस्कृतिक रूपमा मिथिलाको संस्कृति यहाँका जनताको जीवनस्तर उस्तै रहेको स्पष्ट पारे । नेपालको प्रथम उपराष्ट्रपति परमानन्द झा सँग भेटघाट गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।
जोगबनी स्थित भारत नेपाल मैत्री समाजले आयोजना गरेको उक्त महोत्सव भव्यताका साथ सम्पन्न भएको कार्यक्रमको संयोजक माला मिश्रले जानकारी दिए । मैथिली र मिथिला संस्कृतिलाई प्रर्वद्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष उक्त महोत्सव आयोजना हुने गरेको उनले बताए ।
विद्यापतिको स्मरण गर्दै उनले आफ्नो भाषाभन्दा मीठो अरु केही हुन नसक्ने र हाम्रो भाषा मैथिली भएकोमा गर्व गर्दै हामी धेरै भाग्यमानी भएको बताए । साथै उनले स्व.अटल बिहारी वाजपेयीले मैथिली भाषालाई महत्व दिँदै आठौं अनुसूचीमा समावेश गरेका थिए, जसका लागि सम्पूर्ण मिथिलावासी उहाँप्रति सदैव ऋणी रहने बताए ।
सोही कार्यक्रमको संयोजक माला मिश्रलाई कृतज्ञता ब्यक्त गर्दै उनले संयोजकको अथक प्रयासले आजको कार्यक्रममा महिला शक्तिको उपस्थिति धेरै भएको देख्दा खुसी लागेको बताए ।
समाजमा उत्कृष्ट कार्य गर्ने एक दर्जनभन्दा बढी व्यक्तिलाई सम्मान गरिएको थियो
फणीश्वरनाथ रेणु स्मृति सम्मान सहित नेपालबाट आएका वरिष्ठ साहित्यकार धर्मेन्द्र झा, सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै जनकपुरबाट आएका इन्जिनियर भगवान झालाई अंगवस्त्र, माला र पागले सम्मान गरिएको थियो ।
कार्यक्रममा बिहार रानीगञ्जका विधायक अच्मत ऋषिदेव, मोरङ जिल्लाका नेता राजकुमार यादव, समाजसेवी राजेश गुप्ता, विराटनगरका मेयर भीम पराजुली, गायक सुमित खड्का, भारतिय जनता पार्टी जिल्ला अध्यक्ष सन्तोष राणा, सुपौल भाजपा नेता मनोज पाठक, पूर्व प्रधानाध्यापक इन्द्रेणी लगायतको लब्धप्रतिष्ठितहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु
  • २०७८ पुष १८, आईतवार १७:३६
  • In "BannerNews"
  • महेन्द्र गेनाई स्मृति प्रसुति तथा वाल कल्याण अस्पतालको समुदघाटन भारती राजदूत बाट सु सम्पन्न भएकोछ
  • २०७८ पुष १८, आईतवार १७:३६
  • In "BannerNews"
  • आमाको सम्झनामा डा. गीता यादवद्वारा वृक्षारोपण र सरसफाई कार्यक्रम”
  • २०७८ पुष १८, आईतवार १७:३६
  • In "BannerNews"
Tags: #धर्म-संस्कृतिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

Next Post

वालमार्ट लगायतका पश्चिमा कम्पनीलाई चाइना डिलेमाको सकस !

विराटनगर पछि झापामा पनि लाग्यो चीन र कृषिमन्त्री यदवविरुद्ध नारा, यस्तो छ कारण !

भिडियो गेम उद्योगमा अधिनायकवादको तिर्छे नजर, राजनीतिक अभिष्ट पुर्तिका लागि दुरुपयोग हुन सक्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version