रिसभ सिंह –
काठमाडौं । भारत र ताइवानबीचको बलियो सम्बन्धबाट चीन चिन्तित हुन लागेको छ।
चीनलाई बेवास्ता गर्दै अहिले सारा विश्व आफ्नो छिमेकी देश ताइवानतिर आकर्षण हुन थालेका छ्न । ताइवानसँग धेरै देशको कूटनीतिक सम्बन्ध बिस्तार हुँदै गएको प्रती चिनियाँ कम्युनिस्ट सरकारको निन्द्रा गायब भएको छ । चीनसङ बढ्दो तिक्तताका कारण ताइवानसँग भारतको सम्बन्ध थप मजबुत हुन थालेको छ । भारतको ताइवानसँग कुनै पनि कूटनीतिक सम्बन्ध नभए पनि दुई देशबीच आपसी व्यापार र जनताबीचको आपसी सम्बन्ध आदानप्रदानलाई सक्रियताका साथ सुदृढ बनाएको छ । भारत ताइवानसँग धार्मिक आपसी भाईचारा , सहित ब्यापार सहित क्षेत्रमा मिलेर काम गर्न इच्छुक छ । भारतबाट ताइवानतर्फ हुने निर्यातमा फलाम, स्टिल, रासायनिक इन्धन, तिलहन, मकै र अर्गानिक रसायन समावेश छन् । यस्तै ताइवानबाट भारततर्फ हुने निर्यातमा अधिकांश कम्प्युटर मेसिन, विद्युतीय उपकरण, प्लास्टिक, मेसिनरी र उपकरण , कम्प्युटर चिप्स, विद्युतीय उपकरण, प्लाष्टिक मेसिनरी र कपडाहरू छ्न । भारत र चीन बिच गत बर्ष देखि बढेको तिक्तता कारण भारत तेस्रो मुलुक बाट समान आयातमा अग्रसर भएको छ । गलवानमा भएको सैनिक झडपका कारण भारत र चीन बिच अहिले तनाव छ । चीन अहिले हरेक कुरामा जबर्जस्ती गर्न खोज्दा भारतले कडा एक्सन लिएको छ भने विभिन्न एप र समान आयातमा लगाएको प्रतिबन्धले चीनिया ब्यापारीलाई अर्बौंको घाटा शुरु भएको छ । यता भारतले ताईवान् बाट विभिन्न समाग्री आयात गर्न शुरु गरेको छ ।