• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भाषाकै समस्याको कारण चिनले गर्यो अघोषित नाकाबन्दी


भाषाकै समस्याको कारण चिनले गर्यो अघोषित नाकाबन्दी

दैनिक ९ वटा चिनियाँ गाडीले सामग्री ल्याइरहेका छन्। एउटा चिनियाँ गाडीले ल्याएका सामग्री दुई वटा नेपाली कन्टेनरमा राखिन्छ।

चीनसँगको व्यापारिक नाका रसुवागढीमा नियमित कारोबार शुरू भएको ७ वर्ष भयो। वैशाख १२ गते २०७२ सालको भूकम्पले नाकामा क्षति गरेका कारण आयात तथा निर्यात दुवै रोकिएको थियो र त्यसको ८ महीनापछि नाकामा पुनः कारोबार शुरू भएको हो।
चीनबाट आउने सामग्रीहरु मा चिनियाँ भाषामा मात्र लेखिने भएकाले अङ्ग्रेजी भाषा पनि समावेश गर्नुपर्ने भन्दै रसुवा भन्सार कार्यालयले चिनियाँ खाद्य सामग्रीको आयातमा कडाइ गर्न थाल्यो।

यता नेपाली पक्षले भाषाको समस्या देखाएर सामान आयातमा कडाइ गरेपछि उता चिनियाँ पक्षले पनि भाषाको कारण देखाउँदै २०७६ साउनदेखि नेपाली सामग्रीको निर्यातमा रोक लगाएको हो। कोभिड–१९ का कारण दुई वर्षअघि लगाएको रोक चिनियाँ पक्षले अझै खोलेको छैन।

आयातको तुलनामा निर्यात निकै कम हुने भए पनि चिनियाँ बजारमा नेपाली सामग्रीको माग बढ्दै गएको नेपाली व्यवसायी पुरुषोत्तम पौडेलले बताए। “निर्यात ठप्प भएपछि नेपाली व्यवसायी मर्कामा परेका छन्,” उनले भने, “हामीले लामो समय पहल गर्दा पनि समाधान भएको छैन।”

चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका गुम्बाहरूमा नेपाली दाल र घ्यू तथा अन्य स्थानमा बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायत सामग्रीको माग उच्च छ।
“नेपालमै उत्पादन भएका सामग्री भारतीय बाटो हुँदै गएको पाइयो,” उनले भने, “यहींबाट लैजान सकियो भने लागत घट्नुका साथै व्यवसायीलाई पनि फाइदा पुग्छ।”

२०७६ साउन अघिसम्म दाल, घ्यू, चाउचाउ, बिस्कुट, चिउरा लगायत सामग्री निर्यात भइरहेको थियो। नेपाली खाद्य सामग्री लैजाँदा भन्सार तिर्नु नपर्दा व्यापारीलाई सहज थियो।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम मैनालीले केही दिनपछि दुई देशको सीमा सुरक्षाको बैठक बस्ने र सोही बैठकमा आयात तथा निर्यातबारे छलफल गरिने उनले बताए। “दुई देशका अधिकारीबीच केही दिनमा बैठक बस्ने तयारी भएको छ,” उनले भने, “उक्त बैठकमा आयात तथा निर्यातलाई सहज बनाउनका लागि प्रस्ताव गरिनेछ।”

अहिले दैनिक ९ वटा चिनियाँ गाडीले सामग्री ल्याइरहेका छन्। एउटा चिनियाँ गाडीले ल्याएका सामग्री दुई वटा नेपाली कन्टेनरमा राखिन्छ। सोही अनुसार, दैनिक १८ वटा नेपाली कन्टेनरले सामग्री काठमाडौं लाने गरेका छन्। पहिले रसुवागढी नाका हुँदै करीब २५० सवारी साधनले आवतजावत गर्थे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाल-चीन सीमानाकामा अवरोध
  • २०७८ पुष ८, बिहीबार १३:२७
  • In "BannerNews"
  • दुई महिनासम्म चिनियाँ खाद्य सामग्रीको आयात ठप्प
  • २०७८ पुष ८, बिहीबार १३:२७
  • In "BannerNews"
  • दुई महिनासम्म चिनियाँ खाद्य सामग्रीको आयात ठप्प
  • २०७८ पुष ८, बिहीबार १३:२७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

कृषि बिकाश छेत्रमा नेपालको असल साथी भारत

‘परालमाथि पुराना लुगा ओछ्याएर सुत्छौं’

चिनको पेलाइले मारमा किसान,मंत्री भाषण दिदै मख्ख !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version