No 1 News Portal
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलबजार नपाले शिक्षा ऐन नै जारी नगरिकन निकालेको विज्ञापन तत्कालै रोक्न सर्वाेच्चको आदेश


गोलबजार नपाले शिक्षा ऐन नै जारी नगरिकन निकालेको विज्ञापन तत्कालै रोक्न सर्वाेच्चको आदेश

संजय यादव, सिरहा
२८ मंसिर, २०७८
गोलबजार नगरपालिकाले शिक्षा ऐन नै जारी नगरीकन शिक्षक र कर्मचारी आवश्यकता सम्बन्धी निकालिएको विज्ञापन तत्कालै रोकी कार्यान्वयन नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । निवेदक शुकदेव सिंहले गोलबजार नगरकार्यपालिकाकोे कार्यालय गोलबजारलाई विपक्षी बनाई कामकारबाही अघि नबढाउन सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
नगरपालिकाले जारी गरेको शिक्षा कार्यविधि २०७५ अमान्य एवं बदर गरी पाँउ भनी सर्वोच्च अदालतमा मुद्दा विचाराधीन हुँदा–हुँदै नगरपालिकाले पूनः शिक्षक सरुवा, काज सरुवा, शिक्षक कर्मचारी करार नियुक्ति सम्बन्धी कार्यविधि २०७८ लाई कार्तिक ३ मा जारी गरी शिक्षक कर्मचारीकोे आवश्यकता सम्बन्धी पदपूर्ति सूचना प्रकाशित गरी सो सम्बन्धि कारबाही अघि बढ्दै गरेको अवस्थामा सर्वोच्च अदालतले काम कारवाहीहरु तत्कालै रोकीे कार्यान्वयन नगरी नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले सोमबार जारी गरेको अन्तरिम आदेशमा भनिएको छ( अन्तरिम आदेश माँग भएको सम्बन्धमा विचार गर्दा विपक्षी गोलबजार नगरपालिकाले जारी गरेको शिक्षा कार्यविधि २०७५ अमान्य एवं बदर गरी पाउँ भनी यसै अदालतमा मुद्दा विचाराधिन हुँदा–हुँदै उक्त नगरपालिकाले पुनः शिक्षक सरुवा, काज सरुवा र शिक्षक कर्मचारी करार नियुक्ति सम्बन्धी कार्यविधि २०७८ लाई मिति २०७८।७।३ मा जारी गरी मिति २०७८।८।९मा श्री जनता मावि चन्द्रोदयपुर, गोलबजार(९मा रिक्त रहेको शिक्षक कर्मचारीको आवश्यकता सम्बन्धी पदपूर्ति सूचना प्रकाशित गरी सो सम्बन्धी कारबाही अघि बढ्दै गरेको अवस्था देखिन्छ । विपक्षी नगरपालिकाले यस अघि ल्याएको शिक्षा कार्यविधि २०७५ उपर पनि बदर गरी पाउँ भनी परेको मुद्दा यसै अदालतमा विचाराधिन रहेको अवस्था छ । उक्त नगरपालिकाले शिक्षा ऐन नै जारी गरेको अवस्था छैन । ऐन नै जारी नगरीकन संघीय शिक्षा ऐन २०२८ र सोको नियमावली विपरीत हुने गरी कानूनी स्रोत नै प्राप्त नगरेको विवादको कार्यबिधि २०७८ र सोको आधारमा मिति २०७८।८।९ मा प्रकाशित शिक्षक र कर्मचारी आवश्यकता सम्बन्धी विज्ञापन र सोको आधारमा उक्त पदमा पदपूर्ति सम्बन्धमा भएको परीक्षा लगायतका सबै कामकारवाहीहरु कार्यान्वयन नगरी नगराई जहाँ जुन अवस्थामा पुगेको छ, त्यही नै तत्कालै रोकी सो आगाडी त्यस सम्बन्धमा कुनै कारबाही नबढाई रिट दिएको अन्तिम टुंगो नलागेसम्म यथास्थितिमा राख्न भनी सवोच्च अदालत नियमावली २०७४को नियम ४९ बमोजिम अन्तिम आदेश जारी गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘सबै तहका कर्मचारीको वृत्तिविकासमा असर नहुने गरी छिट्टै ऐन जारी गर्नू’
  • २०७८ मंसिर २८, मंगलवार ०८:३५
  • In "BannerNews"
  • सिराहा अदालतद्वारा घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश
  • २०७८ मंसिर २८, मंगलवार ०८:३५
  • In "BannerNews"
  • स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ
  • २०७८ मंसिर २८, मंगलवार ०८:३५
  • In "BannerNews"
Tags: #शिक्षा

Sanjay Yadav

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

शेखरलाई भारतको साथ, यस्ता छन् कारण

यसरी आउँदै छ प्रदेश २ को मत शेखरको पक्षमा

ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version