• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन चिनियाँ पर्यटक गायब


नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन चिनियाँ पर्यटक गायब

cGgk"0f{ If]qdf ko{6s DofUbLsf] k'glxndf ;"of]{bo / lxd>[ªvnf cjnf]sgsf nflu k'u]sf ko{6s . 3f/]kfgL k'glxn If]qdf o; df};d b}lgs b'O{ ;oeGbf a9L ko{6s k'Ug] ub{5g . tl:a/ M /fdaxfb'/ yfkf, afun'ª, /f;;

काठमाडौं । कोरोना महामारीको प्रभाव कम र यात्रा प्रतिबन्धहरु खुकुलो बन्दै जाँदा नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन सुधार हुँदै गएको छ । तर, चीनले आफ्ना नागरिकले यात्राको अनुमति नदिएका कारण चीनबाट आउने पर्यटकको संख्या भने अझै नगन्य छ ।

चीनबाट कूटनीतिक नियोगका अधिकारी, नेपालका आयोजनामा काम गर्ने कामदार र अन्य अनुमति प्राप्त नागरिक मात्र आएका छन् । तर, अन्य मुलुकबाट भने नेपालमा भ्रमणकै प्रयोजनमा मानिसहरु आउन थालेका छन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुसार नोभेम्बर २०२१ को एक महिनामा कुल २६ हजार १३५ जना विदेशी पर्यटक नेपाल आएका छन् । यसमा १० हजार ४२१ जना भारतीय छन् । यो कुल संख्याको ३९.८७ प्रतिशत हो । अमेरिकाबाट एक महिनामा (३ हजार ७८२ (१४.४७ प्रतिशत) जना पर्यटक नेपाल आएका छन् । एक महिनामा चीनबाट भने मात्र ३६३ जना आएका छन् । यो कुल आगमनको मात्र १.३९ प्रतिशत हो ।

कुन मुलुकबाट कति पर्यटक आए ? (प्रमुख पाँच)

भारत : १०,४२१
अमेरिका : ३,७८२
बेलायत : २,०२६
बंगलादेश : १,३८२
फ्रान्स : ८०८
अक्टोबरपछि पर्यटक आगमन सुधारियो

नेपाल पर्यटन बोर्डका तथ्यांक अनुसार नेपालमा अघिल्लो महिनाबाट विदेशी पर्यटकको आगमन सुधार भएको देखिएको छ । अक्टोवरमा २३ हजार २८४ जना पर्यटक आएका थिए । सन् २०२१ मा सबैभन्दा बढी नोभेम्बरमा पर्यटक आए ।

यो वर्ष अप्रिलमा २२ हजार ४५० पर्यटक आउनुबाहेक अन्य महिनामा पर्यटक आगमन कम भएको छ । सन् २०१९ को नोभेम्बरमा मात्र १ लाख ३० हजार ३०२ जना पर्यटक आएका थिए । तर, सन् २०२० मा भने यो समय कोभिडबाट आक्रान्त थियो । सो वर्ष एक महिनामा मात्र १९५६ जना पर्यटक नेपाल आएको लामिछानेले जानकारी गराए ।

११ महिनामा १ लाख २६ हजार २८३ पर्यटक

नेपालमा सन् २०२१ को ११ औं महिनासम्म मात्र १ लाख २६ हजा नेपालमा सन् २०२१ को ११ औं महिनासम्म मात्र १ लाख २६ हजार २८३ जना पर्यटक नेपाल आएका छन् । यो वर्ष सबैभन्दा कम जुनमा १ हजार १४३ र बढी नोभेम्बरमा २६ हजार १ सय ३५ जना पर्यटक नेपाल आएका छन् ।

कुन महिनामा कति आए ?

जनवरी : ८,८७४
फेब्रुअरी : ९,१४६
मार्च : १४,९७७
अप्रिल : २२,४५०
मे : १,४६८
जुन : १,१४३
जुलाई : २,९९१
अगष्ट : ५,९१७
सेप्टेम्बर : ९,८९८
अक्टोबर : २३,२८४
नोभेम्बर : २६,१३५
नेपालमा जहाजबाट आउने भारतीय यात्रुलाई पर्यटकका रुपमा गणना गरिन्छ । तर, स्थल मार्गबाट आउने पर्यटकलाई भने गणना गर्ने संयन्त्र बनिसकेको छैन ।

नेपालको पोखरासहितका गन्तब्यमा भैरहवा नाका हुँदै ठूलो संख्यामा भारतीय पर्यटक घुमफिरमा आउने गरेका छन् । अघिल्लो महिना स्थल नाका समेत खुला भएका कारण आगामी दिनमा भारतबाट पर्यटक आगमन अझै बढ्ने अपेक्षा व्यवसायीको छ ।

व्यवसायीहरुका अनुसार नजिकिएको नयाँ वर्षलाई लक्षित गरी भारत र बंगलादेशबाट बढी अग्रिम बुकिङ भइरहेको छ । नेपालको पर्यटनमा भारत र चीन प्रमुख स्रोत बजार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन चिनियाँ पर्यटक गायब
  • २०७८ मंसिर २२, बुधबार १०:४३
  • In "BannerNews"
  • भारतीय र अमेरिकी पर्यटक आगमन सुधारिँदै, चिनियाँ नगन्य
  • २०७८ मंसिर २२, बुधबार १०:४३
  • In "अन्तराष्ट्रिय"
  • लुम्बनी भ्रमण गर्नेमा नेपाल बाहेकको भारतीय पर्यटक बढि
  • २०७८ मंसिर २२, बुधबार १०:४३
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

बिल्कुल दया छैन': लीक फाइलहरूले खुलासा गर्दछ कि चीनले कसरी मुस्लिमहरूको सामूहिक नजरबन्द व्यवस्थित गर्‍यो

एमआइ ६ का मालिकले चीनलाई 'ऋण जाल र डाटा जाल' को चेतावनी दिन्छ

चीनबाट किनिएको हवाइजहाज नेपालको लागि ऋणको बोझ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version