• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लुम्बनी भ्रमण गर्नेमा नेपाल बाहेकको भारतीय पर्यटक बढि


लुम्बनी भ्रमण गर्नेमा नेपाल बाहेकको भारतीय पर्यटक बढि

बुद्धको जन्मभुमीमा सन् २०२२ मा ९ लाख पर्यटकहरु भ्रमण गरेका थिए । कोरोना भाइरस संक्रमण न्यून भएपछि पर्यटकका लागि खुल्ला गरिएको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र भ्रमण गर्ने पर्यटकहरु अहिले बढ्दै गएका हुन् ।

सन् २०२१ मा कुल ५ लाख ८ हजार ८ सय ९२ पर्यटकले लुम्बिनीलाई आफ्नो गन्तव्य बनाएकोमा २०२२ मा लुम्बिनीलाई आफ्नो भ्रमण गन्तव्य बनाउनेको संख्या ९ लाख १ सय ८३ पुगेको छ ।
सो वर्ष ६ लाख ४६ हजार ७८ नेपाली पर्यटकले लुम्बिनी भ्रमण गर्दा २ लाख ३० हजार ४ सय १३ जना भारतीय पर्यटक तथा तेश्रो मुलुकका २३ हजार ६ सय ९२ पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोषका सूचना शाखाका अधिकारी राजन बस्नेतले जानकारी दिए । भारतीय पर्यटक भने लुम्बिनीमा अहिल सम्मकै सर्वाधिक संख्यामा आएर भ्रमण गरेका हुन् ।
सूचना शाखाका अनुसार २०२१ मा नेपाली ४ लाख ६३ हजार ९ सय ६३ जना, भारतीय ४३ हजार ७ सय ३२ तथा तेश्रो मुलुकका १ हजार १ सय ९७ जना पर्यटक लुम्बिनी आएका थिए । नेपाली पर्यटक आउने क्रम बढेको छ । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मबाट लुम्बिनी घुम्न आएका छन्, सबै भन्दा बढी डिसेम्बरमा १ लाख १ सय ९६ जना नेपाली पर्यटक लुम्बिनी भ्रमणका लागि पुगेका थिए ।
सन् २०१९ पछि सबै भन्दा बढी पर्यटक लुम्बिनी पुगेका हुन् । २०१९ मा ११ लाख ७८ हजार १ सय ४० नेपाली, २ लाख ६ हजार १ सय ७१ भारतीय र १ लाख ७४ हजार १५ तेश्रो मुलुकका गरी कुल १५ लाख ५८ हजार ३ सय २६ पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।
२०२२ मा लुम्बिनी आउने तेश्रो मुलुकका पर्यटकहरु (राहदानी बाहक) मा सबैभन्दा बढी भियतनामका ६ हजार ६ सय ७३, थाइल्याण्डका ४ हजार ३ सय ८०, श्रीलंकाका १ हजार ८ सय ८५, म्यान्मारका १ हजार ४ सय ९५, जर्मनीका ९ सय ५०, अमेरिकाका ९ सय २४, फ्रान्सका ६ सय ६१, मलेसियाका ६ सय ४२, दक्षिण कोरियाका ६ सय १७, नेदरल्याण्डका ४ सय ६३, इन्डोनेसियाका ४ सय ६३, चीनका ४ सय ३२, स्पेनका ३ सय ७३ लगायत विभिन्न ९५ देशका पर्यटक छन् ।
रुस, स्पेन, इटाली, डेनमार्क, अष्ट्रेलिया, सिंगापुर, जापान, अर्जेन्टिना लगायतका मुलुकबाट पनि लुम्बिनी भ्रमणमा आउने पर्यटकको संख्या पनि उल्लेख्य छ ।
लुम्बिनी भ्रमणमा जानेमा लुम्बिनी सँग जोडिएका क्षेत्रहरु भैरहवा, बुटवल, कपिलबस्तु, नवलपरासीका बढी छन् भने अन्य टाढा टाढाबाट पनि आउने गरेका छन् । मायादेवी मन्दिरमा रुपन्देही, नवलपरासी र कपिलवस्तुका सर्वसाधारणलाई परिचयपत्रका आधारमा प्रवेश निःशुल्क छ भने अन्य जिल्लाका लागि प्रबेश शुल्क लाग्ने गरेको छ । यही प्रवेशका आधारमा पर्यटक आगमन गणना हुने गरेको छ, लुम्बिनी भ्रमणमा आउने प्राय सबै मायादेवी मन्दिर पुग्ने गरेका छन् ।

पर्यटकका लागि मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, विभिन्न स्वदेशी तथा विदेशी बिहार, विश्व शान्ति द्धिप, केन्द्रीय नहरमा नौका बिहार आकर्षक छन् ।
लुम्बिनी आउने पर्यटक बढे पनि एक दिने पर्यटक नै बढी रहेको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । अहिले लुम्बिनीमा पर्यटक आगमन वृद्धि भएको छ । लुम्बिनी वरिपरिका पर्यटक बढी आएका छन्, जो एकै दिनमा फर्कन्छन् र केही मात्र बास बस्ने गरेका छन् । आन्तरिक मात्रै नभइ बाह्य पर्यटकहरु (भारतीय र तेश्रो मुलुकका) पनि एकै दिनमा फर्कने गरेका छन् । केही भारतीय र युरोपीयनहरु एकाध दिन बास बस्ने गरेका छन् ।
होटल संघ लुम्बिनीले आन्तरिक पर्यटकलाई लक्षित गरी लुम्बिनी भ्रमणका लागि सस्तो दरको प्याकेज ल्याएको, भ्रमणमा आउने स्कुल कलेजका छात्रछात्रालाई गु्रपमा छुट्टै प्याकेज बनाइएको होटल संघका निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन चिनियाँ पर्यटक गायब
  • २०७९ पुष २९, शुक्रबार १५:३७
  • In "BannerNews"
  • नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन चिनियाँ पर्यटक गायब
  • २०७९ पुष २९, शुक्रबार १५:३७
  • In "मुख्य समाचार"
  • भारतीय र अमेरिकी पर्यटक आगमन सुधारिँदै, चिनियाँ नगन्य
  • २०७९ पुष २९, शुक्रबार १५:३७
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

मन्त्रिपरिषद्मा रविभन्दा तल बस्न नचाहेपछि एमालेका ‘सिनियर’हरूको आँखा सभामुखमा

चीन भएर आउने कुनै पनि यात्रुलाई मोरक्कोले प्रतिबन्ध लगाउने

अक्षयकुमारको ‘कट्पुतली’ बन्यो २०२२ मा ओटीटीमा धेरै हेरिने हिन्दी फिल्म

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version