• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मानवअधिकार हननको विरुद्ध अमेरिकाद्वारा ओलम्पिक खेलको बाहिस्कार


मानवअधिकार हननको विरुद्ध अमेरिकाद्वारा ओलम्पिक खेलको बाहिस्कार

काठमाडौं । सन् २०२२ को सुरुवातमा चीनमा हुने हिउँदे ओलम्पिकको अमेरिकाले कूटनीतिक बहिष्कार गर्ने भएको छ । ह्वाइट हाउसले चीनमा भइरहेको मानवअधिकार उल्लंघनका घटनालाई मध्यनजर गर्दै चीनमा हुने हिउँदे ओलम्पिकमा आधिकारिक रूपमा कुनै प्रतिनिधिमण्डल सहभागी नहुने घोषणा गरेको हो । तर खेलाडीहरूलाई भने खेल्न रोक नलगाइने अमेरिकाले जनाएको छ ।

फेब्रुअरीमा हुने खेलका लागि खेलाडी प्रशिक्षणमा रहेको र सरकारका तर्फबाट पूर्ण सहयोग हुने ह्वाइट हाउसले जनाएको छ । चीनले यसअघि नै बहिष्कार गरिएको अवस्थामा ‘कडा जवाफी कदम चालिने’ बताएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडनेले गत महिना २०२२ मा चीनमा हुने शीतकालीन ओलम्पिक कूटनीतिक रूपमा बहिष्कार गरिने बताएका थिए । सोमबार ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले चीनमा हुने ओलम्पिक कूटनीतिक रूपमा बहिष्कार गरिने कुराको पुष्टि गरेकी हुन् । उनले भनिन्, ‘यी खेलमा अमेरिकी कूटनीतिज्ञ तथा आधिकारिक प्रतिनिधि सहभागी हुनु भनेको चीनको सिनजियाङमा भइरहेको मानवअधिकार हनन र अत्याचारलाई नजरअन्दाज गर्नुजस्तै हो, हामी यस्तो गर्न सक्दैनौँ ।’

यसअघि सन् १०८० मा अमेरिकाले मस्को ओलम्पिकबाट खेलाडी फिर्ता बोलाएको थियो । अफगानिस्तानमा सोभियत संघले गरेको आक्रमणको विरोधमा अमेरिका उक्त ओलम्पिकमा सहभागी भएको थिएन । त्यसैको बदलामा सोभियत संघ पनि सन् १९८४ मा लस एन्जलसमा भएको ग्रीष्मकालीन ओलम्पिकमा सहभागी भएन ।

प्रेस सचिव साकीले प्रशिक्षणमा रहेका खेलाडीलाई प्रतियोगिताबाट वञ्चित गराइनु उपयुक्त नभएकाले कूटनीतिक रूपमा बहिष्कार गरी चीनलाई ‘स्पष्ट सन्देश दिन’ खोजिएको बताएकी छिन् । अमेरिका आफैले सन् २०२८ मा लस एन्जलसमा ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्दैछ । चीनमा मानवअधिकार उल्लंघनका घटना बढिरहेको भन्दै डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका सांसद हिउँदे ओलम्पिक बहिष्कार गर्नुपर्ने पक्षमा देखिएका थिए । पछिल्लो घोषणाको दुवैतर्फबाट प्रशंसा भएको छ ।

अमेरिकापछि न्युजिल्यान्डले पनि चीनमा हुने हिउँदे ओलम्पिकमा कूटनीतिक अधिकारी नपठाउने बताएको छ । मंगलबार न्युजिल्यान्डका उपप्रधानमन्त्री ग्रान्ट रोबर्टसनले ओमिक्रोन भेरिएन्टको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै उक्त निर्णय लिइएको जानकारी दिएका छन् ।

बेइजिङ हिउँदे ओलम्पिक सन् २०२२ को फेब्रुअरी ४ देखि २० सम्म बेइजिङ नगरपालिका र छिमेकी हपै प्रान्तको चाङ्च्याखौमा आयोजना हुनेछ। चीनले हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्न लागेको यो पहिलोपटक हो। । सन् २०१९ को डिसेम्बर ३० तारिखमा बेइजिङ(चाङच्याखौ उच्च(गतिको रेल सञ्चालनमा ल्याइएको छ जसबाट प्रतियोगितास्थलसम्म पुग्न एक घण्टा मात्रै लाग्छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बेइजिङमा हुने ओलम्पिकमा अमेरिकी प्रतिनिधि सहभागी नहुने
  • २०७८ मंसिर २१, मंगलवार २१:५४
  • In "अन्तराष्ट्रिय"
  • बेइजिङ ओलम्पिक रक्तपात माथी आयोजन गरिएको आरोप , टर्कीका उइगर समुदायद्धारा बहिष्कार गर्न आह्वान
  • २०७८ मंसिर २१, मंगलवार २१:५४
  • In "अन्तराष्ट्रिय"
  • चीनले भर्चुअल शिखर सम्मेलनमा पाकिस्तानको सहभागितामा आपत्ति जनाउने डरमा पाकिस्तान
  • २०७८ मंसिर २१, मंगलवार २१:५४
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

Next Post

पाकिस्तानमा श्रीलंकाली नागरिकको आगो लगाई हत्या गरेको पीडित पत्नीले आफ्नो पति निर्दोष भएको भन्दै पाकिस्तान र श्रीलंका दुवै सरकारसङ न्यायको माङ

देउवाको ६०० मत बिग्रदै गर्दा शेखरको पक्षमा ४०० मत थपियो

चीनलाई रोक्न अष्ट्रेलियामा बमवर्षकको फ्लीट तैनाथ गर्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version