• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हिंसा लुकाउँदा पीडकलाई उन्मुक्ति


हिंसा लुकाउँदा पीडकलाई उन्मुक्ति

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान जारी छ । समुदायदेखि अधिकारका सवाललाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तसम्म पुर्‍याउन यो विश्वव्यापी अभियानले महत्वपूर्ण भूमिका निभाएको छ । हुन त कतिले महिला अधिकारका विषयलाई रबर जस्तो जति तन्कायो, उति तन्कने र एकछिन पछि उही आकारमा आउने भनेर हल्का टिप्पणी पनि गर्ने गरेका छन् ।

जसले जे भने पनि यो आवाज उठाउने समय हो । बोलेर, लेखेर के हुन्छ भन्दै चूप बस्यौं र आवाज उठाउनै छोड्यौं भने झन् के होला ? बाहिरबाट महिला अधिकारसम्पन्न देखेर टीकाटिप्पणी गर्नेहरूले महिलाले भोगिरहेको हिंसा र पीडालाई अति नै सामान्यीकरण गर्छन् त्यति सुन्न मन गर्दैनन् । गोमन साँपले आफू भित्र विष रहेको थाहा नपाए जस्तै हिंस्रक सोचले ग्रस्त केही पुरुषहरू महिला अधिकारको आवाज उठाउँदा बित्तिकै अन्टसन्ट बहसमा उत्रन्छन् ।

प्रसङ्ग जोड्न चाहन्छु फेसबूकमा रहेको एउटा बुहारी ग्रुपको । ५२ हजार सदस्य त्यस ग्रुपमा छन् । ग्रुपमा छिनछिनमा पोष्ट हुने स्टाटसले नेपाली महिलाले भोगिरहेका घरेलु हिंसाको यथार्थलाई छर्लङ्ग पार्छ । ग्रुपमा हालै लेखिएका स्टाटस यस्ता छन् :

  • ‘तपाईंहरूको श्रीमान्ले झुण्डिएर मर् भन्नुभयो भने, तपाईं के गर्नुहुन्छ नि ?’
  • ‘विना गल्ती तल्लोस्तरका शब्दले गाली गर्दा कस्तो लाग्छ ? मलाई सारै मन दुखेर आउँछ ।’
  • ‘जब मनभरी पीडाले भरिंदा रुने ठाउँ कतै हुँदैन नि बाथरुममा पानी खोलेर रुनुको पीडा हजुरहरूलाई थाहा छ ?’
  • ‘हे भगवान छोरी जन्माउनु गलत लाग्न थाल्यो, किनकि कि भोलि गएर मेरो छोरीलाई मैले जस्तो दुःख भोग्न नपरोस् ।’
  • ‘भगवान छोरी मान्छेलाई अरू केही देऊ या नदेऊ गुनासो छैन, तर असल श्रीमान् देऊ नत्र जिन्दगी नर्कमा बित्छ ।’
  • ‘हजुरको बुढाले पोइला जा भन्नुभयो भने के गर्नुहुन्छ ?’

एकजना महिलाले त आफूलाई पारिवारिक हिंसाका कारण आत्महत्या गर्न मन लागेको समेत लेखेकी छन् भने केही महिलाले सम्बन्धविच्छेद गर्न कानूनी प्रक्रियाका बारेमा पनि सोधेकी छन् । कति सुत्केरी र गर्भवतीले आफूमाथि हुने गरेका हिंसा र आमाको कर्तव्य निभाउँदा हरेक रात जागा बस्नु परेको पीडालाई पनि पोखेका छन् ।

यी केही प्रतिनिधिमूलक स्टाटस हुन् । यसले महिलाले शारीरिक र मानसिक रूपमा घरेलु हिंसा कतिसम्म सहनुपर्छ भन्ने एउटा यथार्थलाई प्रस्तुत गर्छ । कहींकतै आफ्ना भावना पोख्न नपाएका-नसकेकाहरू सामाजिक सञ्जाल मार्फत आफ्ना पीडा पोखिरहेका छन् ।

यसभित्रका कारण फरक–फरक होलान् तर महिलामाथिको हिंसाको सार एउटै छ । प्रविधिको पहुँच भएका र पढे–लेखेका हातमा स्मार्ट फोन लिएर हिंड्ने महिलामा त यस्तो समस्या छ भने झन् प्रविधिको पहुँचदेखि टाढा भएका र लेखपढ गर्न नसक्ने महिलाको अवस्था कस्तो होला ?

पढेलेखेका र कामकाजी महिला पनि समाज, परिवार र माइतीको इज्जतले आफ्नो पीडा बाहिर ल्याउन नसक्ने र बनावटी हाँसोमा सामाजिक सञ्जालमा दम्पतीको फोटो सजाएर हिंड्न बाध्य महिलाको कहानी झनै डरलाग्दो छ ।

जहाँ कथित इज्जतले महिलाको अधिकारलाई बन्धक बनाइदिएको छ भने मानव भएर बाँच्ने अधिकारलाई कुण्ठित गरेको छ । अर्कोतर्फ बालिका माथि हुने हिंसा र बलात्कारलाई केलाउने हो भने झन् डरलाग्दो अवस्था देखिन्छ ।

समाजले के भन्ला भन्ने मनोविज्ञानले घटनाको वास्तविकता र दोषी थाहा पाएर पनि उजुरी नगरी लुकाउन खोज्दा बलात्कारीको मनोबल झन् उच्च देखिन्छ । महिला माथि हुने सबै किसिमका हिंसा विरुद्ध बोल्दा इज्जत, प्रतिष्ठामाथि आँच आउने डरले महिलालाई चूप लाग्न बाध्य बनाएको छ । यसकारण महिलाको स्वतन्त्र र हिंसारहित बाँच्न पाउने अधिकार समाजले खोसेको छ ।

केही वर्ष अगाडिको एउटा घटना हो । आफ्नै काकाबाट बलात्कारको शिकार भएकी एक १२ वर्षीया बालिकाले घटनाको बारेमा आफ्नै आमालाई सुनाइन् । घटना सुनेपछि विक्षिप्त बनेकी आमाले बलात्कारका कारण छोरीको रक्तस्राव नरोकिएपछि उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुर्‍याइन् । ती बालिकाकी आमाले डाक्टरलाई वास्तविकता लुकाएर महीनावारीका कारण रक्तस्राव भएको बताइन् ।

तत्कालीन डा. डेला सिंह जोशीले बालिकाको संवेदनशील अङ्गमा गहिरो चोट देखेपछि बलात्कारको शिकार भएको बताइन् । अनि मात्र यो घटना बाहिर आयो । छोरीमाथिको त्यो जघन्य अपराधलाई समेत आमाले ढाकछोप गर्न बाध्य हुनुभित्रको यथार्थ न त कसैले सोध्यो, न त कसैले बुझ्न नै खोज्यो । समाजले आमालाई उल्टो निर्दयी आमा भनेर एकोहोरो गाली मात्र गर्‍यो ।

हाम्रो समाजले पुरुषलाई मर्द देख्छ, उसलाई साहसीको बिल्ला भिराइदिन्छ । तर, महिला भनेको सहनशील र चरित्रवान हुनुपर्छ भनेर सेतो वस्त्रको रूपमा चित्रित गरिदिन्छ । वस्त्रमा लागेको दाग देख्ने समाजले वस्त्रमा रङ छ्याप्नेलाई देख्दैन ।

समाजले छोरी माथि गर्ने विभेदपूर्ण व्यवहार सम्झेर आमाले तत्काल मौनता तोड्न सकिनन् र लुकाउन बाध्य भइन् । एकचोटि बलात्कारमा परेकी छोरी बाँचुञ्जेल ऊमाथि हुने मानसिक र शाब्दिक बलात्कारले उत्पन्न अवस्थासँग ऊ सधैं जुध्नुपर्नेछ र कहिल्यै मुक्ति पाउने छैन । यस्ता घटना बढिरहनुमा यो समाज झनै धेरै दोषी छ ।

घरमै बसिरहेकी बालिका आफन्तबाटै बलात्कृत हुँदा समाजले बालिकालाई नै दोषी करार गर्छ । हिंसामा परेकाहरूलाई उपेक्षा र बहिष्कार नै गर्छ । ऊ घरबाट निकालिन्छे र सडकमा आउन बाध्य हुन्छे भने पीडक घरमै सुरक्षित हुने गरेको देखिन्छ ।

यो समाज, जहाँ पुरुषलाई मर्द देखिन्छ, जेलनेल भोगेको हुनुपर्छ भनेर साहसीको बिल्ला भिराइदिन्छ भने महिला भनेको सहनशील र चरित्रवान हुनुपर्छ भनेर सेतो वस्त्रको रूपमा चित्रित गरिदिन्छ । वस्त्रमा लागेको दाग देख्ने समाजले वस्त्रमा रङ छ्याप्नेलाई देख्दैन ।

कानूनले अपराधीलाई दोषी देखेको छ, तर समाजको व्यावहारिक कानूनले निर्दोष महिला र बालिका दोषी देख्छ । यदि दोषी नदेख्दो हो त सम्मानजनक नजरले हेथ्र्यो भने कुनै पनि महिला आफ्नै घरभित्र यति धेरै अपमानित र असुरक्षित हुनु पर्दैनथ्यो । यदि समाजमा महिलाको सम्मानजनक स्थान थियो भने उनीहरू आफूमाथि भइरहेको अन्याय विरुद्ध निर्धक्क बोल्न सक्थे ।

आज पनि हिंसामा परेका महिलाले स्वतन्त्र रूपमा आफ्नो वृत्ति–विकास गर्न पाएका छैनन् । विभिन्न संघसंस्थाको आश्रयमा पुगेर आफ्नो रहर र सपनाहरूलाई तिलाञ्जली दिन बाध्य भएका छन् । सार्वजनिक जीवनमा उसलाई बलात्कारमा परेकी हो भनेर फरक दृष्टिकोण बनाइँदैनथ्यो भने घटना लुकाएर अपराध गर्नेलाई प्रश्रय दिने काम पनि कम हुन्थ्यो ।

हामी धेरै वर्षदेखि कानूनका पानामा महिला अधिकार स्थापितका लागि अक्षरहरू थपिरह्यौं । तर समाजमा छोरीलाई मानव भएर बाँच्न नदिने संस्कार, सोच र व्यवहारलाई पनि बदल्नुपर्छ भनेर केन्द्रित हुन सकेनौं । कोखदेखि काखसम्म हुने विभेदको मूल जरो पत्ता लगाएर अगाडि बढ्न सकेनौं ।

साँझ छोरी ढिला आउँदा छोरीलाई केही हुन्छ कि भन्ने आमा छोरा ढिला आउँदाको कारण खोज्न कहिल्यै लागेनौं । मेरी छोरी बलात्कारको शिकार हुन्छे कि भनेर हडबडाउने आमाको मनले कतै मेरो छोरा बलात्कारी पो हुन्छ कि भनेर सोचेन ।

छोरालाई सानैदेखि दिइने आवश्यकताभन्दा बढी स्वतन्त्रताभित्र कस्ता कुरा हुर्किएका छन् भन्ने खोजी अझै हुनसकेको छैन । किनभने ऊ छोरा हो, ‘मर्द’ पुरुष हो । उसले बाँच्ने जिन्दगीको २४ घण्टा नै स्वतन्त्र छ । तर छोरी घरभित्र आफन्त भनेकाबाट पनि जोगिन गाह्रो छ ।

परिवर्तित समयसँगै महिला आन्दोलनले विस्तारै गति लिंदैछ, तर यो सुस्त गतिले महिला पूर्ण रूपमा मानवअधिकारको प्रत्याभूत गरेर बाँच्न पाउने दिन आउन भने अझै सयौं वर्षको पर्खाइमा रहनुपर्ने देखिन्छ । मानवअधिकारको दृष्टिले महिला–पुरुष समान हुन् तर व्यावहारिक पक्षबाट महिला सधैं दोस्रो दर्जाको नागरिकको रूपमा रहनु परेको छ ।

समाज विकासको क्रमसँगै महिलामा आएको जागरुकताले महिला हिंसा सहेर बस्नुहुँदैन भन्ने केही हदसम्म सचेत बनाएको छ तर अधिकार सबै पुरुषको हातमा भएकाले महिलाहरू अझै पनि विभिन्न हिंसाको शिकारमा परेर निरीह बाँच्न बाध्य छन् ।

लेखिका पोखरामा क्रियाशील पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महिला अधिकारका लागि संघर्षरत महिलाहरूले साझा गरे पीडा र अनुभव
  • २०७८ मंसिर १९, आईतवार १९:१४
  • In "मध्य पूर्व"
  • सिरहामा महिला हिंसा अन्त्यका लागि १६ दिने अभियान
  • २०७८ मंसिर १९, आईतवार १९:१४
  • In "BannerNews"
  • स्वास्थ्य, लैङ्गिक न्याय र आप्रवासी अधिकारका पक्षमा निरन्तर वकालत
  • २०७८ मंसिर १९, आईतवार १९:१४
  • In "BannerNews"
Tags: #विचार

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

लुम्बिनी प्रदेशले जित्यो यू-१९ क्रिकेटको उपाधि

गुगलले ल्याउँदैछ पिक्सेल स्मार्टवाच

परीक्षा बोर्डले कक्षा ११ र १२ मा ‘डी प्लस’ ल्याउने विद्यार्थीलाई मात्र प्रमाणपत्र दिने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version