• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जाडोयाम मन पर्छ, पहिरन गर्मीको : मेलिना मैनाली


जाडोयाम मन पर्छ, पहिरन गर्मीको : मेलिना मैनाली

काठमाडौं । पछिल्लो पुस्ताकी गायिका हुन्, मेलिना मैनाली । उनले स्वर दिएका ‘छोटो छ जिन्दगी’, ‘फिक्का फिक्का’, ‘इतिहास’, ‘सम्झेर एक्लै’ लगायतका गीतलाई स्रोता-दर्शकले रुचाएका छन् । दुई साताअघि सार्वजनिक भएको मोहितवंश आचार्यसँग उनले गाएको ‘हाम्रो माया यसरी चल्नदेऊ’ गीत पनि रुचाइएको छ ।

सांगीतिक क्षेत्रमा उदाउँदै गरेकी मेलिनाको दिनचर्या कसरी बित्छ ? उनको जीवनशैली कस्तो छ ? भन्ने विषयमा अनलाइनखबरले गरेको कुराकानी ।

बिहान कति बजे उठनुहुन्छ ? उठ्ने समय सधैं एउटै हुन्छ कि फरक ?

पहिल्यैदेखि बिहान म अलि ढिलो उठछु । बिहानपख एकदमै मीठो निद्रा लागिरहेको हुन्छ, त्यसैले चाँडो आँखा खुल्दैन । उठ्दा प्रायः ८ बज्छ ।

ओछ्यानमै मोबाइल चलाउने बानी कत्तिको छ ?

खासै छैन ।

उठिसकेपछि सर्वप्रथम के गर्नुहुन्छ ?

पहिले फ्रेस हुन्छ । त्यसपछि तातो पानी पिउँछु अनि ‘ब्ल्याक टी’ पिउँछु । त्यसपछि हार्मोनियम अगाडि लिएर रियाज गर्न बस्छु ।  कहिलेकाहीं भने मुख नै नधोई पनि रियाज गरिरहेकी हुन्छु ।

बिहान ब्रेकफाष्ट लिनुहुन्न ?

लिँदिन । केही खाएँ भने खाना नै रुच्दैन ।

रियाज कति समय गर्नुहुन्छ ?

आफूले सिकेका कुरा ‘रिभिजन’ गर्ने हो । यति नै समय भन्ने छैन । कहिले आधा घण्टा हुन्छ, कहिले ४५ मिनेट ।

खाना कतिबेला खानुहुन्छ ?

९ देखि ९:३० बजेभित्र ।

खाना कसले बनाउनुहुन्छ ? खानामा के-के हुन्छ ?

यहाँ दिदी पनि छे । बिहान प्रायः उसले नै बनाउँछे । खानामा भात, दाल, तरकारी र अचार हुन्छ । मलाई खानामा चर्को, पिरो चाहिन्छ । मलाई दही एकदमै मनपर्ने भएकाले प्रायः छुट्दैन ।

बाहिर कतिबेला निस्किनुहुन्छ ?

खाना खाएपछि म संगीत कक्षा जान्छु । एक महिनाजति भयो, गुरु चण्डीप्रसाद काफ्ले सरसँग संगीत कक्षा शुरु गरेकी छु । १० बजे संगीत कक्षाका लागि हिँडछु । १०:४५ देखि १ घण्टा कक्षा हुन्छ ।

बाहिर निस्किनुअघि तयारी हुन कति समय लाग्छ ?

संगीत कक्षा मात्रै जाँदा धेरै तयारी गर्दिन । तर, त्यहाँबाट अन्यन्त्र कतै जानु छ भने तयारी हुन अलि समय लाग्छ ।

कपडामा कत्तिको सौखिन हुनुहुन्छ ?

एकदमै सौखिन छु । कपडा किन्न एकदमै मन पर्छ । आज सपिङ गर्ने भनेर चाहिं म हिँड्दिन । कतै जाँदा केही नयाँ कपडा देखें र मन पर्‍यो भने किन्न मन लागिहाल्छ, किनिहाल्छु पनि । ४/५ दिनमा एउटा न एउटा कपडा किनिरहेकी हुन्छु ।

कपडाको ब्राण्ड कत्तिको हेर्नुहुन्छ ? कस्तो रंगको कपडा बढी मनपर्छ ?

ब्राण्डेड नै चाहिन्छ भन्ने छैन । कपडाको क्वालिटी चाहिं किन्दाखेरि हेर्छु । कत्तिको टिक्छ भन्ने कुरा ख्याल गर्छु । मलाई कालो, रातो बढी सुहाएजस्तो लाग्छ । त्यो रंगको कपडा बढी मनपर्छ । यद्यपि अरु जुनसुकै रंगका कपडाहरु पनि सुहाएको छ भने प्रयोग गर्छु ।

यात्रा गर्दा केमा गर्नुहुन्छ ?

आफ्नो सवारी साधन छैन । स्कुटर चलाउन आएपनि काठमाडौंमा कुदाउन डर लाग्ने रहेछ । यहाँ कतिपय गन्तव्य बाटोमै पनि हुँदैन, भित्रसम्म गाडी पुग्दैन । सोही कारण पठाओ, ट्याक्सीमा यात्रा गर्न सहज लाग्छ । त्यसमै बढी यात्रा गरिरहेकी हुन्छु ।

बाहिरी खानेकुरामा कत्तिको सौखिन हुनुहुन्छ ?

मलाई बाहिरभन्दा पनि आफैंले घरमै बनाएको मीठो लाग्छ । बाहिर खानुप¥यो भने म चिकेन आइटम बढी खान्छु ।

घरमा हुँदा प्रायःजसो के खाजा खानुहुन्छ ?

छिटो र सजिलो चाउचाउ हुन्छ । घरमा हुँदा प्रायः चाउचाउ बनाएर खान्छु । कहिलेकाहीं चटपटे बनाएर खाइरहेकी हुन्छु ।

दिन कसरी बित्छ ?

रेकर्डिङ, छायांकन र स्टेजमा नै बढी समय बितिरहेको हुन्छ । काम भएन भने संगीत कक्षाबाट आएर एकछिन आराम गर्ने, फेसबुक तथा टिकटक चलाउने÷बनाउने, युट्युब हेर्ने गर्छु । फुर्सदमा नयाँ नेपाली चलचित्रहरु पनि हेरिरहेकी हुन्छु । कहिलेकाहीं सुतेरै पनि दिन बितेको पत्तै हुँदैन ।

गायनबाहेक अरू रुचि के छन् ?

डान्स गर्न रुचि लाग्छ । अभिनय गर्न पनि मन पर्छ । अरुकोमा भन्दा पनि आफूले गाएको गीतमा सुहाउँछ भने अभिनय गर्न राजी नै हुन्छु । त्यस्तै, घुम्न मन पर्छ । तर, घुम्नकै लागि खासै हिँडेकी छैन । सुटिङ, स्टेजकै क्रममा धेरै ठाउँ घुमिसकेकी छु ।

आफ्नो कुन स्वभाव राम्रो लाग्छ ?

आफ्नो स्वभाव कसरी थाहा हुन्छ र ? म फ्र्यांक छु, सबैसँग बोल्छु ।

आफ्नो कुनै बानी सुधार्न पाए हुन्थ्यो भन्ने लाग्छ ?

म बढी रिसाउँछु कि जस्तो लाग्छ । केही काम गर्नुअगाडि यो त हुँदैन होला भन्ने सोच आइरहन्छ । कामलाई लिएर अलि डराउने, चिन्ता लिने खालको स्वभाव छ । यी कुराहरु सुधार्न पाए हुन्थ्यो जस्तो लाग्छ ।

सांगीतिक क्षेत्रमा नजिकका साथीहरु कति छन् ?

धेरै नै हुनुहुन्छ । जस्तो, रचना रिमाल । ऊसँग एकदमै नजिक छु । एलिना दिदी हुनुभयो, समीक्षा भयो ।

जाडो मौसम बढी मन पर्छ कि गर्मी ?

लुगाहरु मलाई गर्मीको एकदमै मनपर्छ । गर्मीको लुगा एकदमै राम्रो-राम्रो हुन्छ । तर, जाडोमा ज्याकेट लगाएपछि अरु लुगा केही देखिँदैन ।

तर, सिजन चाहिं जाडो मनपर्छ । जाडोमा कुल भइन्छ । पसिना आउँदैन । काम गर्न पनि एकदमै सजिलो हुन्छ । सुटिङ प¥यो भने अहिलेको समयमा एकदमै रमाइलो, सहज महसुस हुन्छ । जाडो सिजनमा घुम्न पनि छुट्टै रमाइलो हुन्छ ।

दिनमा औसतमा कति रुपैयाँ खर्च हुन्छ ?

ठ्याक्कै यति भन्ने नै हुँदैन । कहिलेकाहीं धेरै सामान किन्दा १०/१५ हजार पनि खर्च भइरहेको हुन्छ । कहिले संगीत कक्षा जाने आउने खर्च मात्रै पनि भइरहेको हुन्छ ।

सबैभन्दा बढी खर्च केमा गर्नुहुन्छ ?

कपडामा हो । भनिसकें नि, राम्रो देखेका कपडाहरु किन्न मन लाग्छ ।

साँझ घर कतिबेला फर्किनुहुन्छ ?

प्रायः ६-७ बजेतरि फर्किन्छु । कहिलेकाहीं ढिलोसम्म काम हुँदा ९-१० पनि बज्छ ।

खाना कतिबेला खानुहुन्छ ? साँझमा आफैं बनाउनुहुन्छ कि ?

८-९ बजे । साँझ म छिटो आएँ भने आफैं बनाउँछु ।

सुत्नुअघि दिनभरका कामलाई कत्तिको सम्झिनुहुन्छ, सुत्दा कति बज्छ ?

सम्झिन्न । बरु भोलि के गर्नेहोला ? त्यो सोच्छु । खाना खाएपछि एकछिन मोबाइल चलाउँछु । फेसबुक, म्यासेज, टिकटक हेर्छु । नयाँ गीत कुन-कुन आयो युट्युबमा हेर्छु । वा आफ्नो गीत कस्तो भइरहेको छ हेर्छु । अनि बल्ल सुत्छु । सुत्दा प्रायः १० बज्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लक्ष्मीको जीवनशैली : मेकअप गरेर नहिँड्ने, ड्रेसअपमा औसत
  • २०७८ मंसिर १९, आईतवार १९:०७
  • In "जीवनशैली"
  • जीवनशैलीका लागि यस्तो सुझाव दिन्थे राष्ट्रकवि घिमिरे
  • २०७८ मंसिर १९, आईतवार १९:०७
  • In "जीवनशैली"
  • श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्
  • २०७८ मंसिर १९, आईतवार १९:०७
  • In "जीवनशैली"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

Next Post

हिंसा लुकाउँदा पीडकलाई उन्मुक्ति

लुम्बिनी प्रदेशले जित्यो यू-१९ क्रिकेटको उपाधि

गुगलले ल्याउँदैछ पिक्सेल स्मार्टवाच

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version