• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आर्थिक वृद्धिको अवसर सिर्जना गर्ने भारतको अनुभव


आर्थिक वृद्धिको अवसर सिर्जना गर्ने भारतको अनुभव

काठमाडौं । मोबाइल इन्टरनेटको तीव्र विस्तारले रोजगार, मूल्य सिर्जना र आर्थिक वृद्धिको अवसर सिर्जना गर्ने भारतको अनुभवले देखाउँछ ।

विगत पाँच वर्षभित्र भारतको डिजिटल सञ्जाल र सेवा पहुँचमा भएको अस्वाभाविक तीव्र विस्तारले आर्थिक वृद्धिको समावेशीपनमा सकारात्मक प्रभाव देखिन थालेको छ । खुद्रा बजार, आपूर्ति चेन, वित्त उत्पादकत्व लाभान्वित भएको छ । उद्यमी गतिविधिमा विस्तार भएको छ । भारतमा सन् १९८० को दशकको अन्ततिरै डिजिटल प्रविधि भित्रिएको थियो । तत्कालीन प्रधानमन्त्री राजीव गान्धी ९१९८४–८९०को शासनमा कम्प्युटर विज्ञान र शिक्षामा उल्लेख्य लगानी भयो । सन् १९९० को दशकमा इन्टरनेटको विस्तारसँगै भारतमा ग्राहक सेवा, आइटी प्रशासनमा प्रमुख आउटसोर्सिङ कम्पनीको विकास भयो । तर, मोबाइल इन्टरनेटको विस्तारमा आवश्यक पूर्वाधार नहुँदा भारतीयहरू विश्वमै महँगो मोबाइल डाटा प्रयोग गर्न बाध्य थिए ।

सन् २०१० मा भारतका अधिकांश मोबाइल सेवा टुजी र थ्रिजीमै कायम रहँदा एक सानो टेलिकम कम्पनी आइबिएसएलले लिलामीमा फोरजी फ्रिक्वेन्सी ब्यान्डको स्पेक्ट्रम खरिद गर्‍यो । पछि आइबिएसएललाई अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले किन्यो । त्यसपछिका पाँच वर्षमा रिलायन्स इन्डस्ट्रिजले नयाँ व्यावसायिक शाखा ‘रिलायन्स जियो’को विस्तारमा ठूलो धनराशि लगायो । यस अवधिमा कम्पनीले ब्रोडब्यान्ड पहुँचलाई सघाउने र राष्ट्रिय मोबाइल इन्टरनेट प्रणाली चल्ने अप्टिकल फाइबरको पूर्वाधार बनायो । रिलायन्स जियोले सन् २०१६ मा सेवा सुचारु गर्‍यो । कम्पनीको सस्तोमा इन्टरनेट सेवाले धेरै भारतीयलाई आकर्षित गर्‍यो । चार वर्षको छोटो अवधिमै जियो सब्स्क्राइबरको संख्या ४० करोड पुग्यो ।

जियोको प्रवेशअघि भारतमा प्रतिगिगाबाइट ९जिबी० मोबाइल डाटाको मूल्य ३।८० डलर थियो, जुन पछि ०।३० डलरमा झर्‍यो । अर्थात्, विश्वको सबैभन्दा महँगोमध्येको भारतको मोबाइल डाटा मूल्य जियोको आगमनपछि विश्वकै सस्तो बन्यो । तीव्र स्पिड र न्यून मूल्यको योगले भारतका विविध क्षेत्रमा इन्टरनेटको प्रयोग तीव्रताका साथ विस्तार भयो । अमेजन, नेटफ्लिक्सले भारतलक्षित सेवा दिन थाले । मोबाइल बजारमा प्रवेश गर्दा रिलायन्स जियोले तय गरेको न्यून डाटा मूल्य लामो समय नटिक्ने मानिएको थियो । तर, कम्पनीसँग रहेको अन्तरनिहित सञ्जाल पूर्वाधारको अधिक्षमताबाट उसले फाइदा लियो । अझ महत्वपूर्ण, उसले आफ्नो प्रारम्भिक वृद्धिलाई थप फाइदाजनक सेवा दिन उपयोग गर्‍यो, जसले उसले न्यून मूल्यको मोबाइल इन्टनेट सेवामा गरेको लगानीबाट धेरै फाइदा लिन सक्यो ।

सन् २०१९ मा रिलायन्स जियोको पूर्ण स्वामित्वमा रहेको शाखा ‘जियो प्लाटफर्म’ खोलियो, जसमा जियो स्मार्टफोन र डाटा सर्भिस योजनाका अतिरिक्त अन्य धेरै डिजिटल सेवा समावेश थिए । सन् २०२० को सुरुमा जियो प्लाटफर्मले विश्वका ठूला डिजिटल सेवाहरू फेसबुक, गुगल, इन्टेल, क्वालकोमहरूबाट २० अर्ब डलर उठायो । सुरुदेखि नै जियो प्लाटफम्र्सले डिजिटल सेवा क्षेत्रका एपहरूको लामो सूची तयार पार्‍यो । साथै, उसले उस्तै सेवा दिने कम्पनीका प्रमुख सेयर पनि किन्न थाल्यो । यो रणनीतिले भारतमा मोबाइल इन्टरनेटको तीव्र विस्तारलाई सघाएको छ ।

रिलायन्स जियोको सफलताले कैयन् स्टार्टअप र उद्यमीले फाइदा उठाउन सके । हालसम्म ३८ भारतीय स्टार्टअप कम्पनीको मूल्यांकन एक अर्ब डलर पुगेको छ । ती एप सामाजिक व्यवसाय, शिक्षा, वित्तीय सेवा, स्वास्थ्य सेवा आदिमा केन्द्रित छन् । भारतको डिजिटल वृद्धिलाई मेक्सिकोको वृद्धिसँग तुलना गर्न सकिन्छ । मेक्सिकोमा इन्टरनेट सेवा १६ वर्षपछि ७२ प्रतिशत जनतामाझ पुगेको थियो । भारतमा पाँच वर्षभित्र इन्टरनेट पहुँच १६।५ प्रतिशत जनताबाट ४१ प्रतिशत पुगेको छ, जियोको आगमनपछि । आगामी दिनमा डिजिटल भारतको कथाका नयाँ अध्याय लेखिँदै जानेछ । तर, निर्माण क्षेत्रको रोजगारीलाई स्वचालित मेसिन र कृत्रिम बौद्धिकताले विस्थापित गरिरहँदा भारतले विकास मोडेललाई कसरी बुझ्ने भन्ने विषयमा महत्वपूर्ण पाठ प्रदान गर्छ । इन्टरनेटमा आधारित डिजिटल प्रविधि आर्थिक तथा वित्तीय समावेशीकरणका लागि महत्वपूर्ण हुन्छ ।

भारतलगायत अन्य देशका अनुभवले तुलनात्मक उच्च गति र सस्तो मोबाइल इन्टरनेटले नयाँ आर्थिक पर्यावरण निर्माणमा महत्वपूर्ण हुने देखाउँछ । यस परिस्थितिमा नवप्रवर्तन, उद्यमी गतिविधि र ग्राहक सेवाले विस्तार हुने अवसर पाउँछ । करोडौँ भारतीयले यो सकारात्मक र गतिशील परिवर्तनको फाइदा उठाइरहेका छन् । अन्य देशका नीतिनिर्माताले पनि यसमाथि विचार पुर्‍याउनुपर्छ । यस अर्थमा मोबाइल इन्टरनेट पहिलेका पूर्वाधारमा गरिने लगानीभन्दा फरक देखिँदैन । हिजोका दिनमा चीन र अहिलेको भारतमा डिजिटल विस्तारले महत्वपूर्ण सहयोग गरेको छ । यसलाई विगतमा सोचिएभन्दा थप तीव्र र कम प्रतिव्यक्ति आयको स्तरमा सुरु गर्न सकिन्छ ।

© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य

अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता माइकल स्पेन्स  स्ट्यानफोर्ड विश्वविद्यालयका पूर्वडिन र अर्थशास्त्रका अवकाशप्राप्त प्राध्यापक हुन् ।  नयाँपत्रीका 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जिरो–कोभिडविरुद्ध चिनियाँ प्रदर्शन र अर्थतन्त्र
  • २०७८ मंसिर १४, मंगलवार १२:५४
  • In "BannerNews"
  • इन्टरनेट : शुल्क महंगिँदै, गुणस्तर खस्किँदै
  • २०७८ मंसिर १४, मंगलवार १२:५४
  • In "समाचार"
  • संक्रमणको त्रास हट्न नपाउँदै फेरी विश्वभर आउंदै छ अर्को ठुलो सङ्कट
  • २०७८ मंसिर १४, मंगलवार १२:५४
  • In "देश"
Tags: #world#आर्थिक

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

चिनमा धेरै सन्तान जन्माउने नीति लागू भए पनि समस्या समाधान छैन

चीनद्वारा युगान्डाको एकमात्र अन्र्तराष्ट्रिय विमानस्थल कब्जामा , अन्य देशहरूले लिएको ऋण तिर्न नसके दयनीय अवस्था हुने संकेत

एमाले महाधिवेशन : मतगणना सुरू

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version