No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनको भरपर्दा रेल मार्गको डीपीआर अलपत्र

चीनको भरपर्दा रेल मार्गको डीपीआर अलपत्र

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा चीन सरकारसंग सम्झौता गरी काम अघि बढाईएको प्रस्तावित काठमाण्डौ केरुङ्ग अन्तरदेशिय रेलमार्गको विस्तृत अध्धयन अगाडी बढाउन ढिलाई भएको छ ।

सरकारले रेल मार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपी आर) तयार गर्ने काम दुई वर्ष अघि चीन सरकारकै जिम्मामा छाडेको थियो तर, चिनीयाँ पक्षको अनिच्छाको कारण अहिले सम्म फिल्डको अध्ययन हुन सकिरहेको छैन । डीपी आर नेपाल सरकारले आफुले पनि गर्न सक्थ्यो तर, चीन सरकारको भर पर्दा काममा ढिलाई भईरहेको बताइएको छ ।

केरुङ्ग–काठमाण्डौ रेलमार्गको विस्तृत सम्भाव्यता अध्धयनको काम अघि बढाउन आग्रह गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परराष्ट्र मन्त्रालय अन्तर्गत पत्र पनि पठाईसकेको छ । कोरोना महामारीका कारण चीन सरकारले कोरोना नियन्त्रणका लागि लिएको कठोर नितीका कारण प्राविधिक टोलीहरु आउन नसकेको र विस्तृत अध्धयन अगाडी बढ्न सकिरहेको छैन ।

केरुङ्ग–काठमाण्डौ,काठमाण्डौ– पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको डीपीआर बनाउने सहमती पत्रमा २०७६ असोजमा भएको चिनीयाँ राष्ट्रपति सी जीनपिङ्गको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो । त्यो समझदारी कार्याँन्वयनको लागि काठमाण्डौमा २०७६ मंसिरमा नेपाल र चिनियाँ अधिकारीहरुको बैठकले काम बाँडफाँड गरेको थियो ।

बैठकको निर्णय अनुसार चीनले आफ्नो खर्चमा विस्तृत सम्भाव्यता अध्ययन गर्नुपर्ने हो तर, चीन सरकारले त्यो कुरामा आनाकानी गर्दै कुनै चासो व्यक्त गरेको छैन । सो सहमती गरेर स्वदेश फर्किएको प्राविधिक टोली अहिले सम्म काठमाण्डौ झरेको छैन । कोरोना महामारी देखाएर आयोजनाहरुलाई अलपत्र छोड्ने मानसिकतामा चिन रहेको जानकारहरुको बुझाई रहेको छ ।

११ मंसिर २०७७ मा बसेको नेपाल–चीन सचिव स्तरिय ज्वाईन्ट स्टेयरिङ्ग कमिटी बैठकमा नेपालले काम अघि बढाउन आग्रह गर्दा कोरोनाको कारण देखाउंदै चिनले कुनै चासो व्यक्त गरेन । महामारीलाई कारण देखाउंदै व्यापारिक नाकामा समेत अवरोध गर्दै कोटा प्रणली लगाईरहेको चिनले तत्कालै प्राविधिक पठाउने कुरामा विश्वस्त हुने आधार छैन । चिनलाई अध्ययन अघि बढाउन आग्रह गरिरहंदा नेपालका विज्ञहरुले भने प्राविधिक , भू –राजनितिक र अन्य उल्झन आईपर्न नदिन यस्ता परियोजनाहरु नेपाल सरकारले नै अध्ययन गर्नुपर्ने बताउंछन् ।

समाचार विश्लेषण

उनीहरुका अनुसार अन्तरदेशिय रेलमार्गको विषय प्राविधिक मात्र होईन भू–राजनिति र रणनितिक पनि हो त्यसैले यस्तो विषयमा चीनको मात्र भरपर्नु उपयुक्त हुँदैन । ऋण रकममा चाही हस्ताक्षर गराउने तर काम चाँही नगर्ने चरित्रले गर्दा चीन सरकारद्धारा निर्माण सुरु गरिएका धेरै आयोजना अहिले पनि अलपत्र अवस्थामा रहेका छन् ।

आफ्नै खर्चमा गर्न सकिने पुर्व सम्भाव्यता अध्ययन र डि पी आरको काममा पनि चिन सरकारकै मुख ताक्दा समस्या देखिन थालेको छ । आफ्नै स्रोतबाट अध्ययन गरी डि।पी आर तयार गर्दा हाम्रो आवश्यक्ता र राष्ट्रियहित अनुसार रेलमार्ग बनाउन सक्छौ तर, अरुमा निर्भर हुँदा काममा पनि ढिलो हुने र नेपालको भन्दा चीनको भू–राजनितिक स्वार्थ अनुसार रेलमार्ग बन्ने खतरा हुन सक्छ । अरुको भर पर्दा उनिहरुले तयार गरेको प्रतिवेदन जस्ताको त्यस्तै नेपाल सरकारले स्वीकार गर्नुपर्ने हुन्छ ।

चीनले अध्ययन गरेर यदी सरकारलाई प्रतिवेदन बुझायो भने पनि त्यो प्रतिवेदन नेपाल सरकारले सार्वजनिक गर्न सक्दैन । प्रतिवेदन तयारपार्ने चिनिया कम्पनिहरुले उक्त प्रतिवेदनलाई आफ्नो बौद्धिक सम्पति मानेको कारण प्रतिवेदन सार्वजनिक गर्न दिदैनन् । खर्वौ डलर ऋण सहयोगमा बन्ने यस्ता परियोजनाको प्रतिवेदन गोप्य रहदा नेपालका विषय विज्ञहरु विकास योजनाकारहरु र आम नागरिकले यस बारेमा आफ्नो राय व्यक्त गर्न सक्दैनन् । नेपालले आफ्नै खर्चमा अध्ययन प्रतिवेदन तयार पारेको भए यस्तो अवस्था नआउने विज्ञहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
पाकिस्तानको धोकाले चिनियाँ कम्पनीहरु चिन्तित

पाकिस्तानको धोकाले चिनियाँ कम्पनीहरु चिन्तित

एमालेमा थारू प्रतिनिधित्व : कोटामै सीमित, केन्द्रीय सदस्यभन्दा माथि छैन पहुँच

एमालेमा थारू प्रतिनिधित्व : कोटामै सीमित, केन्द्रीय सदस्यभन्दा माथि छैन पहुँच

चीनको सिचुआन तिब्बत रेल परयोजना पूर्ण बाफ निस्किएपछि कामदारहरु त्रसित

चीनको सिचुआन तिब्बत रेल परयोजना पूर्ण बाफ निस्किएपछि कामदारहरु त्रसित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .