क्यान्सर पीडितलाई सहयोग जुट्दै

क्यान्सर पीडितलाई सहयोग जुट्दै
क्यान्सर पीडितलाई सहयोग जुट्दै

सिरहा : क्यान्सर रोगले समस्या परेका सिरहाको मिर्चैया नगरपालिका १०पिपरा टोलका ३८ वर्षीय शिव नारायण कापरलाई सहयोग प्रदान गरिएको छ । समाजवादी जनता पार्टीका स्थानिय नेता एवम जनता समाजवादी ट्रेड युनियन मधेसी मारुति सिमेन्ट उद्योगका अध्यक्ष बिनोद कुमार महतोले सहयोग प्रदान गरेको छ । उनले क्यान्सर पीडित कापरलाई ५१०० रुपैयाँ नगद, चामल २५ किलो, नुन २ किलो, दाल २ किलो र तेल १ लिटर प्रदान गरेको छ । क्यान्सर रोगवाट पीडित कापरको आर्थिक अवस्था कमजोर रहेको छ ।