एजेन्सी वासिङ्टनस् अमेरिकाले आठ वटा चिनियाँ कम्पनीलाई कालासुचीमा राखेको छ। राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले आठवटा व्यापारिक कम्पनीलाई कालोसूचीमा राखेको हो।
रोयटर्सका अनुसार अमेरिकामा रहेका चिनियाँ कम्पनीहरुले अवैधरुपमा चिनियाँ सेनाको क्वान्टम कम्प्युटिङ विकास गरिरहेका थिए। ती कम्पनीहरुलाई अमेरिकालो राष्ट्रिय सुरक्षाको कारण देखाउँदै कालोसूचीमा राखेको हो।
अमेरिकी वाणिज्य सचिव गिना रेइमोन्डोले विज्ञप्ती जारी गर्दै अमेरिकाबाट अवैधरुपमा चिनियाँ सेनालाई सहयोग गरिरहेका चिनियाँ कम्पनीहरु कालोसूचीमा राख्दा देशको सुरक्षामा सहयोग पुग्ने बताएका छन्। अमेरिकास्थित चिनियाँ राजदूतावासले भने आफू कालोसूचीको विरुद्ध रहेको जनाएको छ।