• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पदीय मर्यादाको धज्जी उडाएर चिनियाँ नेताको खुट्टा ढोग्दै उपराष्ट्रपति पुन, लाज पचाएर नेपालकै बेइज्जत गरे


पदीय मर्यादाको धज्जी उडाएर चिनियाँ नेताको खुट्टा ढोग्दै उपराष्ट्रपति पुन, लाज पचाएर नेपालकै बेइज्जत गरे

काठमाडौं । सर्वव्यापी सम्मानित मानिने राष्ट्रपति र उपराष्ट्रपति पद राजनीतिक दलभन्दा माथि हुन्छ । यी पदमा जाँदा नै आफ्नो पूरानो दलसँगको सम्बन्ध पूर्ण रुपमा त्याग्नुपर्छ । तर माओवादी केन्द्रबाट उपराष्ट्रपनि बनेका नन्दबहादुर पुन कम्युनिस्ट आशक्ति अलि बड्ता नै छ ।

कार्यकालको उत्तरार्धमा आइपुग्दा पनि पुनले कम्युनिस्ट धङधङी छोड्न सकेका छैनन् । अझै पनि उनले आफूलाई माओवादी लिडर नै ठानेका छन् । पदमा उ त्यो माथि सम्मानित स्थानमा पुगे पनि व्यवहार भने उनको सामान्य कम्युनिस्ट नेताजस्तो छ ।

हालै पनि यहीँ व्यवहार उनले प्रदर्शन गरे । आफ्नो पदीय मर्यादाको धज्जी उडाउँदै उपराष्ट्रपति पुन उत्तरी छिमेकी चीनका कम्युनिस्ट नेतासामु लम्पसार परेका छन् । पदीय गरिमान ख्याल नगरी पुन चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका नेता सङ थाओसहित वरिष्ठ नेता सहभागी एक कार्यक्रममा इज्जत लुटाएर सहभागी भएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीले सोमबार नेपालका कम्युनिस्ट पार्टीका नेताहरु छलफल कार्यक्रम आयोजना गरेको थियो । जसमा पार्टीभन्दा माथि पद उपराष्ट्रपतिमा आसिन नन्दबहादुर पुन औकात बिर्सेर, लाज पचाएर सहभागी भएका छन् । यसरी उनले आफ्नो पदको गरिमा, आफ्नो गरिमामात्रै लुटाएनन् नेपाल देशकै सम्मानित पदको बेइज्जत गरेका छन् ।

उपराष्ट्रपति भएर कुनै एउटा देशको पार्टीको सामान्य कार्यक्रममा लम्पसार परेर पुनले देशको स्वाभिमान, सम्मान नै मिल्काइदिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले पार्टीको १९औँ केन्द्रीय समितिले अघिल्लो साता गरेका निर्णय दक्षिण एसियाली मुलुकका कम्युनिस्ट पार्टीलाई सुनाउन आयोजना गरेको भर्चुअल कार्यक्रममा उपराष्ट्रपति पुन प्रमुख वक्ताका रुपमा सहभागी भए ।

उनले १५ मिनेट मन्तव्य दिए । एक त उपराष्ट्रपति पुन सहभागी हुनु नै पदीय मर्यादा विपरीत हो । अर्कोतिर पुन सहभागी भएको जानकारी कम्तिमा परराष्ट्र मन्त्रालयलाई हुनुपर्थ्यो । दलका नेताले जानकारी नदिए पनि देशको सम्मानित पदमा आसिन उपराष्ट्रपतिले जानकारी गराउनुपर्थ्यो ।

तर पुन चिनियाँ नेतासामु लम्पसार परे । परराष्ट्रको आचारसंहिताको पनि धज्जी उडाए । परराष्ट्र मामिला जानकारले उपराष्ट्रपतिको यो हर्कतलाई पार्टी विशेषको नेताझैँ सहभागी हुनु कूटनीतिक मर्यादाविपरीत भनेका छन् ।

उपराष्ट्रपतिको हैसियतमा पुनले चिनियाँ कम्युनिस्ट पार्टीको कार्यक्रममा सहभागिता जनाउनु कूटनीतिक मर्यादा र प्रचलन विपरीत रहेको परराष्ट्र मन्त्रालयका पूर्वसहसचिव गोपालबहादुर थापाको धारणा छ ।

पार्टी विशेषको नेताको रुपमा उपस्थिति जनाएर उपराष्ट्रपतिले कूटनीतिक आचारसंहितको उल्लंघन गरेको र यो देशकै लागि बिडम्बना भएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसबाटै हुने, माओवादीका विवादास्पद यी नेताको दौडधूप
  • २०७८ मंसिर ७, मंगलवार १९:२५
  • In "BannerNews"
  • चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ
  • २०७८ मंसिर ७, मंगलवार १९:२५
  • In "BannerNews"
  • प्रचण्डले बनाएको डुङ्गा अब डुब्ने खतरामा
  • २०७८ मंसिर ७, मंगलवार १९:२५
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

चितवनबाटै आगामी चुनाव लड्ने प्रचण्डको घोषणा

काँग्रेस महाधिवेशन : प्रारम्भिक नतिजाले प्रधानमन्त्री देउवा उत्साहित, सभापतिमा दोहोरिने निश्चित

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version