• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महाकालीमा ‘बेपत्ता’ न्याय


महाकालीमा ‘बेपत्ता’ न्याय

भारतीय एसएसबीले महाकालीको तुइन फुस्काइदिएपछि बेपत्ता जयसिंह धामीको परिवारको दोषीमाथि कारबाही हुनुपर्ने माग पनि जयसिंह झैं हराइरहेको छ।

विदेश जान भिसा लगाउन १५ साउन बिहान काठमाडौं हिंडेका थिए, जयसिंह धामी (३३)। वैदेशिक रोजगारीमा गएपछि छोराछोरीलाई काठमाडौंमा पढाउने, सदरमुकाम खलङ्गामा छुट्टै घर बनाउने जस्ता सपना धामी दम्पतीले सजाएका थिए।

श्रीमती राजन्ती (२४) ले अक्षता लगाएर श्रीमान्‌लाई बिदा गरेकी थिइन्। सदरमुकाम खलङ्गा जाने पाँच जना गाउँलेसँगै गएका जयसिंह भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले महाकालीको तुइन फुस्काइदिएपछि हराएको खबर पाएकी राजन्तीले दुई सातापछि मात्रै होश सम्हालिन्।

सरकारले छानबिन टोली बनाएको र रु. १० लाख राहत उपलब्ध गराए पनि श्रीमान्‌लाई बेपत्ता पार्ने एसएसबीलाई कुनै कारबाही नभएकाले उनी आक्रोशित छिन्। “मेरो श्रीमान् खोस्नेहरूलाई कारबाही नभए केको छानबिन, केको राहत, केको सरकार?” दुई छोराछोरीकी आमा राजन्ती रोष प्रकट गर्छिन्, “न्याय नपाए कसरी चित्त बुझाउनु?”

जयसिंहसँग सात वर्ष अघि विवाह गरेकी राजन्ती श्रीमान्‌काे शव देखाउनुपर्ने र एसएसबीमाथि कारबाही हुनुपर्ने अडानमा छिन्।

गुम्यो रोजगारी

२१ वर्षदेखि महाकालीको मालघाटमा तुइन राखेर ९ जनाको परिवारको पालनपोषण गरिरहेका थिए कल्याणसिंह धामी। यसबीचमा एसएसबीले महाकालीमा कति खाद्यान्न र लत्ताकपडा फाले, कति अन्य सरसामान फाले, तर मान्छे फालेका थिएनन्। यस पटक त्यो पनि गरेपछि उनले कामै छाडिदिए। उनी भन्छन्, “२०५७ सालदेखि तुइन चलाउन थालेको हुँ, आफ्नै कारण जयसिंह बेपत्ता भएको जस्तो लागेर त्यही दिनदेखि तुइन फुकालें र कहिल्यै तुइन नलगाउने गरी फर्किएँ।”

कल्याणले तुइन नराख्ने निर्णय त गरे, तर परिवार कसरी पाल्ने ? विकल्प खोज्न सकेका छैनन्। “परिवार ठूलो छ, खेतको अन्नले दुई महीना पनि पुग्दैन, उमेर ४३ वर्ष पुगिसक्यो, गाउँमा रोजगारीको अवसर छैन,” उनी भन्छन्। घटनापछि भारतीय नागरिक र सुरक्षाकर्मीहरूले उनलाई भारतका कुनै पनि ठाउँमा देखिए ज्यान मार्ने धम्की दिएका छन्।

‘नाकाबन्दी’ मा व्यास

नेपाल–भारत सीमा नदीमा तुइन अवैध हो। तर, महाकालीमा लामो समयदेखि नै आवतजावतका लागि तुइन राखिएको छ। घाँसदाउरा गर्न पनि तुइनको विकल्प छैन। त्यसमाथि नेपालतिरबाट सदरमुकामसम्म जाने बाटो समेत अवरुद्ध हुँदा व्यास गाउँपालिका माल (जयसिंहको गाउँ)लाई अन्य क्षेत्रसँग तुइनले मात्रै जोडेको थियो।

“त्यो दुर्घटना भएदेखि महाकालीमा तुइन राख्न भारतले दिँदैन, नेपालबाट सदरमुकाम जाने बाटो छैन। व्यासमा नाकाबन्दीको जस्तै अवस्था छ,” व्यास गाउँपालिका–२ का अध्यक्ष धीरनसिंह बुढाथोकी भन्छन्, “स्थानीय भोकभोकै बस्नुपरेपछि हेलिकप्टर मार्फत रासन ढुवानी गर्नुपर्ने अवस्था आयो।”

उक्त क्षेत्रमा तीन वर्ष पहिले नै महाकाली नदीमाथि झाेलुङ्गे पुल शिलान्यास गरिएको थियो। समयमै पुल बनेको भए जयसिंह धामीको ज्यान जाँदैनथ्यो भन्ने सर्वसाधारणलाई लागिरहेको छ। “या त तत्काल पुल बन्नुपर्छ, या त दार्चुला–तिङ्कर सडक मालबस्तीसम्म सञ्चालन हुनुपर्छ,” वडाध्यक्ष बुढाथोकी भन्छन्।

घटना लगत्तै एसएसबीको संलग्नता भएको भन्दै व्यास गाउँपालिकाका तर्फबाट भारतीय प्रहरीमै निवेदन दिइएको थियो। तर, गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोलीले एसएसबीको संलग्नता किटान गरेन। छानबिन टोलीले क्षतिपूर्तिका लागि भारतीय पक्षसँग कूटनीतिक प्रयास गर्नुपर्ने बेतुकको निष्कर्ष आएको प्रति दार्चुलाका प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले समेत विरोध जनाएका थिए।

दार्चुला बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक चन्द्रसिंह धामी भन्छन्, “यो घटनामा दोषी देखिएका सुरक्षाकर्मीलाई भारतीय पक्षले कारबाही गरेको भए दार्चुलावासीको मनमा रहेको भारत विरोधी भावना कम भएर जान्थ्यो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एसएसबीले तुइन काटेको पुष्टि भएन, छानविन प्रतिवेदनले बाहिर ल्यायो यथार्थ
  • २०७८ मंसिर ३, शुक्रबार १२:५१
  • In "देश"
  • महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने
  • २०७८ मंसिर ३, शुक्रबार १२:५१
  • In "समाचार"
  • महाकालीमा विवाद रहेको ठाउँमा तत्काल तटबन्ध निर्माण रोक्न भारत सहमत
  • २०७८ मंसिर ३, शुक्रबार १२:५१
  • In "BannerNews"
Tags: #विचार#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

धनुषामा नयाँ राहदानी बनाउने प्रक्रिया बन्द

कार्तिक पूर्णिमामा जानकी मन्दिरमा हजारौँको संख्यामा जुटे श्रद्धालुभक्तजन

प्रधानमन्त्री देउवाले भने, ‘पतञ्जली जस्तो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउछ’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version