• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘नक्कली धितोमा १९ करोड ऋण दिँदा सीईओकै संलग्नता’


‘नक्कली धितोमा १९ करोड ऋण दिँदा सीईओकै संलग्नता’

काठमाडौं । नक्कली धनीपुर्जा धितो राखेर कुमारी बैंकले १९ करोड रुपैयाँ लगानी गरेको प्रकरणमा प्रारम्भिक अनुसन्धानले कार्यबाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमल्सिनाको संलग्नता देखिएको छ ।

प्रारम्भिक अनुसन्धानले कार्यबाहक सीईओको रुपमा रहेका तिमल्सिनाको संलग्नता देखिएको नेपाल राष्ट्र बैंकको उच्च स्रोतले बताएको छ । बैंकहरुमा सानो परिमाणको ऋण बैंकको शाखा कार्यालयले नै स्वीकृत गर्ने र ठूलो परिमाणको ऋण बैंकको प्रधान कार्यालयबाट मात्रै स्वीकृत हुने गरेको छ ।

० करोड रुपैयाँ ऋण लगानी गर्दा भने सञ्चालक समितिको स्वीकृति लिने प्रचलन छ । ‘यो ऋण पनि सीईओको टेबुलसम्म पुगेर स्वीकृत भएको प्रारम्भिक अध्ययनले देखाउँछ, अहिले अध्ययन प्रारम्भिक चरणमै छ’ राष्ट्र बैंक सुपरीवेक्षण विभागका एक अधिकृत भन्छन्, ‘यसमा अरु को-को संलग्न थिए भन्ने विषयमा पनि विस्तृत अनुसन्धान भइरहेको छ ।’

गायक योगेश्वर अमात्यको नाममा रहेको बाराको १२ बिघा जमिनको नक्कली लालपुर्जा धितो राखेर कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिइएको घटना हालै सार्वजनिक भएको थियो ।

एसके महर्जन र मुक्तिलाल गौतम जग्गाधनी बनेर ऋण लिइएको थियो । जग्गा बाराको भएपनि ऋण भने काठमाडौंको न्यूरोड शाखाबाट लगानी भएको छ । ठूलो रकम भएकाले प्रधान कार्यालयले स्वीकृत गरेर पठाएपछि न्यूरोड शाखाले ऋण दिएको हो ।

ऋण लिनका लागि सम्बन्धित पालिकाबाट चारकिल्ला प्रमाणित कागजात समेत लिनुपर्छ । नापी कार्यालयबाट जग्गाको ट्रेस लिएर सबै कागजातहरु पूरा भएपछि मालपोतमा जग्गा रोक्का हुनुपर्छ । वडाको चार किल्ला सक्कली हो कि नक्कली हो भन्ने विषयमा भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार नापी कार्यालयबाट जग्गाको नक्सा लिन ऋण दिने बैंकको पत्र चाहिन्छ । बैंकको पत्र पछि मात्रै नापी कार्यालयले नक्सा उपलब्ध गराउने हो । जग्गा रोक्का गर्न जग्गाधनीसँगै बैंकको पत्र लिएर बैंकको कर्मचारीसमेत सँगै जानुपर्ने हुन्छ । यसर्थ, बैंकको मिलेमतो बिना नक्कली लालपुर्जा बनाउन सम्भव छैन ।

अहिले प्रहरीले शाखाका तल्लो तहमा काम गर्ने कर्मचारी र नक्कली जग्गा धनीलाई मात्रै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर राष्ट्र बैंकले भने कुमारी बैंकका कार्यबाहक सीईओ तिमिल्सनालाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको बताएको छ ।

‘बैंकको कसै न कसैसँगको सहकार्य बिना जग्गा रोक्का भएको कागजात होस या नक्सा तयार हुनै सक्दैन, यसकारण बैंकका कोही कर्मचारी दोषी पक्कै छन्’ ती अधिकारी भन्छन्, ‘अहिले पक्राउ परेका कर्मचारी भनेको जुनियर असिस्टेन्ट हो, त्यति तलको कर्मचारीको मात्रै संलग्नतामा यति ठूलो बदमासी भएको भन्न सकिन्न ।’

राष्ट्र बैंकका अनुसार नक्कली धितोमा कर्जा प्रवाह भएको विषय बाहिर नआउँदै बैंकले ऋण असुली गरिसकेको छ । तर ऋण असुली भएको आधारमा गल्ती गर्नेलाई माफी भने हुँदैन । कार्यबाहक सीईओको संलग्नता आशंका गर्ने ठाउँ अर्को पनि रहेको राष्ट्र बैंकको अनुमान छ । नक्कली धितोमा ऋण लगानी भएको विषमा कुमारी बैंकले राष्ट्र बैंकलाई जानकारी नै गराएको छैन ।

राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेल सञ्चारमाध्यमा आएपछि राष्ट्र बैंकले यो विषय जानकारी पाएको बताउँछन् । लामो समयसम्म पनि बैंकले जानकारी नगराएपछि राष्ट्र बैंक आफैंले अनुसन्धान शुरु गरेको हो । कार्यबाहक सीईओसहित बैंकका उच्च अधिकारीसँग राष्ट्र बैंकले सोधपुछ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • स्वरोजगार बन्न चाहने शिक्षित युवा ६८ जना मात्रै हुन् ?
  • २०७८ मंसिर १, बुधबार २१:४४
  • In "थप"
  • महालक्ष्मी बैंकको अनियमितता प्रकरणमा कर्मचारीकै मिलेमतो !
  • २०७८ मंसिर १, बुधबार २१:४४
  • In "मध्य पूर्व"
  • सरकारका लागि सवा १८ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, ब्याजदर कति ?
  • २०७८ मंसिर १, बुधबार २१:४४
  • In "देश"
Tags: #आर्थिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

अब टेलिकमको जीएसएम मोबाइल नम्बर पनि ‘९७’ बाटै

अलमलमै बीआरआई सम्झौता

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्ने समुह कमजोर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version