• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अब फेसबुक ग्रुपबाटै पैसा कमाउन सकिने, हेर्नुस् डिटेल


अब फेसबुक ग्रुपबाटै पैसा कमाउन सकिने, हेर्नुस् डिटेल

काठमाडौं । यदि तपाईं फेसबुक ग्रुप चलाउनुहुन्छ भने तपाईँका लागि खुशीको खबर छ । कम्पनीले फेसबुक ग्रुपका लागि मनिटाइजेसन फिचर ल्याउने भएको छ ।फेसबुकले यसका लागि नयाँ टुलको टेस्टिङ गरिरहेको छ, जसमार्फत ग्रुप एड्मिनले आम्दानी गर्न सक्नेछन् ।

परीक्षणमा रहेको यो टुल्समा एडमिनका लागि शपिङ, फन्डरेजिङ र सब्स्क्रिप्सन जस्ता फिचर रहेका छन् ।फेसबुकका अनुसार यी नयाँ फिचर ग्रुप एड्मिनका लागि निकै सहयोगी हुनेछन् र उनीहरूलाई मनिटाइजेसनका लागि तीन विकल्प उपलब्ध हुनेछन् ।

फेसबुक ग्रुप एड्मिन कम्युनिटी शप्स तथा फन्ड रेजिङको माध्यमबाट पैसा जुटाउन सकिनेछ । कम्युनिटी शप्स फेसबुकमा यस अघिदेखि उपलब्ध फिचर हो । अब ग्रुप एड्मिनले यसबाट पनि मर्चेन्डाइज बिक्री गर्न सक्नेछन् । फन्डरेजिङ फिचरको माध्यमबाट फेसबुक ग्रुप एड्मिनले कुनै पनि प्रोजेक्टको लागि क्राउड फन्डिङ जुटाउन सक्नेछन् ।

ग्रुप चलाउन आवश्यक खर्चका लागि ग्रुप एड्मिनले प्रयोगकर्ता तथा सदस्यहरूसँग पैसा मागेर आम्दानीको स्रोत बनाउन सक्नेछन् । अर्को फिचर भनेको सब्स्क्रिप्सनको हो । सशुल्क सब-ग्रुप (उप-समूह) यस्तो फिचर हो, जसमा फेसबुक ग्रुपभित्र रहेका सीमित सदस्यहरूका लागि बनाइएका साना साना ग्रुपमा राख्न सकिन्छ ।

यसको माध्यमबाट जसलाई अतिरिक्त कन्टेन्ट चाहिन्छ, त्यस्ता प्रयोगकर्ताले युजर सब्सक्रिप्सन खरिद गरेर पहुँच पाउन सक्छन् । सब्स्क्रिप्सनको पैसा ग्रुप एड्मिनलाई दिइन्छ । फेसबुक ग्रुपमा सब-ग्रुप बनाउने विकल्प रहनेछ । यस्तोमा तपाईंले सब-ग्रुप बनाएर क्राउड फन्डिङ लिन सक्नुहुन्छ ।

फेसबुक चाहन्छ कि क्रियटरले ग्रुपको माध्यमबाट आम्दानी गर्न सकुन् । यस्तोमा प्रयोगकर्ताका लागि एड्मिनहरूले खास किसिमका सामग्री पस्किन सकुन् । त्यसो त फेसबुकका सबै ग्रुपले यो सुविधा चाहन्छन् भन्ने छैन । तर कयौँ ग्रुप अहिले पनि मर्चेन्डाइज तथा फन्ड रेजिङ गराइरहेका हुन्छन् । फेसबुकले यो फिचर सबै ग्रुपका लागि एकसाथ सार्वजनिक भने गर्नेछैन ।

कम्पनीले यो फिचर क्रमशः उपलब्ध गराउनेछ । मनिटाइजेसन फिचरसँगै फेसबुक ग्रुपमा अन्य नयाँ फिचर समेत आउनेछन् । जसमा नयाँ कस्टमाइजेसन फिचर उपलब्ध हुनेछन् । जसको सहयोगमा ग्रुप एड्मिनले आफ्नो ग्रुपको ब्याकग्राउन्ड कलर, फन्ट स्टाइल आदि परिवर्तन गर्न सक्नेछन् ।

फेसबुक ग्रुप एड्मिन तथा मोडेरेटरका लागि कम्युनिटी च्याट हुनेछ । जसको सहयोगमा उनीहरूले आपसमा राम्रोसँग सञ्चार गर्न सक्नेछन् । एउटा नयाँ फिचर्ड सेक्सन पनि हुनेछ । जसमा एड्मिन कन्ट्याक्टलाई कोपिन गर्न सकिनेछ । यस बाहेक कम्पनीले आगामी दिनमा फेसबुक पेज र ग्रुपका लागि अन्य टुल्स समेत परीक्षण गर्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्राईभेट र पब्लिक क्षेत्रको उत्पादकत्व बढाउने उद्देश्यसहित राकुटेन भाइबरले थप्यो नयाँ कम्युनिटी कमेन्ट फिचर
  • २०७८ कार्तिक २१, आईतवार २१:०७
  • In "BannerNews"
  • तालिबानबाट प्रयोगकर्तालाई जोगाउन फेसबुक, ट्वीटर र लिंक्डइनले गर्दैछन् यी ६ काम
  • २०७८ कार्तिक २१, आईतवार २१:०७
  • In "समाचार"
  • एप्पल र फेसबुकले किन मन पराउँदैनन् एक अर्कालाई ? यी हुन् ९ कारण
  • २०७८ कार्तिक २१, आईतवार २१:०७
  • In "सूचना-प्रविधि"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

नेपाली सवारीलाई बारा र पर्साको नाकाबाट भारत प्रवेशमा रोक

पूनः सुरु भयो जनकपुरधाम–पटना बस सेवा

जुवाडे समात्न गएका प्रहरीलाई बिजुलीको पोलमा बाँधेर रामधुलाई

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version