काठमाडौँ। पछिल्लो समय विभिन्न पार्टी परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गर्ने नेता कार्यकर्ताको संख्या बढ्दै गएको छ । हिजो मात्रै वीरगन्जमा ९२ जनाले पार्टी प्रवेश गरेका थिए ।
आज अर्थातन् आइतवार मकवानपुर जिल्लामा एकैदिन विभिन्न ठाउँको कार्यक्रममा ८६८ जना नेता एवं कार्यकर्ताले कांग्रेस प्रवेश गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाको १५ नम्बर वडामा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा १५० जना र मनहरी गाउँपालिकामा भएको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा ७१८ जना गरी कूल ८६८ जना अगुवा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशी सबैलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डिना) र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति बानियाँले स्वागत गरेका छन् ।