• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महोत्तरीको बनौलीमा महिलाको समूह बनाएर करोडौं ठगी


महोत्तरीको बनौलीमा महिलाको समूह बनाएर करोडौं ठगी

डि.के झा-
जनकपुर ।
महिलाहरुको समूह बनाई महोत्तरीको पिपरा गाउँपालिकाको बनौली निवासी सीमा ठाकुरले करोडौं रुपैया ठगि गर्ने प्रयास गरेको खुलाशा भएको छ ।

महिलाहरुले लगुवित्तहरुवाट उठाएको रकमको किस्ता किन नतिरेको भन्दै पीडित महिलाहरुले सीमा ठाकूरको घर समेत घेराउ गरेका छन । करिब साढे तीन सय भन्दा बढी महिलाहरुको विभिन्न समूहवाट विभिन्न लघुवित्त र सहकारी संस्थाहरुवाट ऋण उठाई ठाकुरले चलाएको तर विगत तीन महिनादेखि लिएको रकमको किस्ता नतिरेपछि उनीहरु समस्यामा परेका छन् ।

विगत तीन महिनादेखि संस्थालाई बुझाउनु पर्ने किस्ता सीमाले नबुझाएपछि संस्थाका कर्मचारीहरुले ऋणीहरुसंग किस्ता मांग गर्न आएपछि सीमाले किस्ता बुझाउन छाडेको खुलेको हो ।

सीमाले लादो–बेला पुल स्थित लघुवित्त संस्थाबाट कर्मचारी रिंकु झा मार्फत गीता देवी सदाको २२ लाख रुपैया सीमाले चलाएको हो । अहिले किस्ता नतिरेपछि संस्थाले सो ऋण गीता संग माग्न थालेको छ ।

पीडित शोभा मण्डलले आफू १४ वटा लघुवित्तवाट १र१ लाख रुपैया ऋण लिएको तर, एक लाख रुपैया मात्रै चलाएको बाँकी रुपैया सीमाले लिएको आरोप लगाइन् । प्रलोभनमा परी ठगिएकी गीता देवी सदाले सीमाले मेरो नाँउमा १५ वटा विभिन्न संस्था मार्फत १५ लाख ऋण उठाउन लगाएको र प्रति लाख ५ हजारको दरले प्रत्येक महिना दिने भन्दै लोभमा पारी ठगि गरेको गुनासो गरिन् ।

विगत तीन महिना भन्दा पहिला देखि उनले नियमित रुपमा किस्ता तिर्दै आएकी थिइन् र सीमाले स्वीकारेको रकम पनि दिँदै आएकी थिइन् । सदा जस्तै सीमाले साढे तीन सय महिलावाट पैसा लिएकी छिन् । बिभिन्न संस्थाहरुबाट सो महिलाहरुले करिब ४० करोड रुपैया उठाएर सीमालाई दिएको छ । अर्का पीडित गीता देवी दासले भनिन–‘सासु र बुहारी दुबैको नाउँमा करिब १५र१६ लाख ऋण लिई सीमालाई दिएको र सीमाले केही महिना पूर्व सम्म किस्ता बुझाउँदै आएको बताईन । तर, केही दिन देखि किस्ता रोकिन्, हामीले उनलाई भन्न जाँदा हप्काएर पठाएकी गुनासो गरिन् । कम पढे–लेखेकी महिलाहरुलाई प्रत्येक दिन, साप्ताहिक, अर्धमासिक, मासिक विभिन्न प्रकारको प्रलोभनमा पारी सीमाले उनीहरुलाई फसाएकी गुनासो गरिन ।’

सोही गाउँका लघुवित्त संस्थाका एजेन्टहरु मञ्जु मण्डल, रिंकु झा, प्रीतमाला तथा रीता दासले सीमाले पैसा नतिरे मैलें तिर्ने भन्दै महिलाहरुलाई विश्वासमा लिई पैसा सीमालाई दिलाएकी थिइन् । एजेन्टहरुलाई पनि प्रसस्त कमिशन आउने गरेकोले उनीहरुलाई पनि प्रलोभलनमै पारी सीमाले करोडौं रकम ठगेको उनीहरुको आरोप छ । कम्तीमा एक लाख र बढिमा ६० लाख सम्म एकेै परिवारको व्यक्तिलाई ऋण लिन लगाई करोडौं रुपिया सीमाले नै चलाउँदै आएको पीडितहरुले आरोप लगाएकी छिन् । सीमाका श्रीमान ईन्द्रेश ठाकूर तथा एजेन्टहरुले महिलाहरुलाई प्रलोभनमा पारेको आरोप पीडितहरुको छ । गाँउकै मान्छेले यस्तो काम गर्न सक्छन भन्ने कसैलाई थोरै पनि शंका नरहेकोले सोझो साझा निमुखा महिलाहरु मर्कामा परेका छन ।

मैलै पैसा चलाएको हुँ तर अचानक कोरोना संक्रमणको त्रास र बन्दाबन्दीको कारण आफूले बिगत तीन महिनादेखि किस्ता तिर्न नसकेको सीमाले स्वीकारिन् ।

यसै बीच आरोपी सीमा लगायका पाँच जना एजेन्टहरुले पीडित पक्षलाई आगामी तीन महिना भित्र सबै रकम तिर्ने सहमति भएको पिपरा प्रहरी चौकीका सई दिपेन्द्र जयसवालले जानकारी दिएका छन् । सहमति पछि बनौलीको अवस्था सामान्य बन्दै गएको थियो । यस बारे जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश विष्टलाई सम्पर्क गर्दा आपूmहरुलाई अहिले सम्म कुनै जानकारी नै नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • टिभीमा काम गर्ने सहमति गरेर ८ महिनामै छोडेका कारण समस्या भयोः कुमार रम्तेल
  • २०७८ कार्तिक १२, शुक्रबार २१:२२
  • In "BannerNews"
  • न्यायको खोजीमा लघुबित्तविरोधी देशव्यापी आन्दोलन
  • २०७८ कार्तिक १२, शुक्रबार २१:२२
  • In "BannerNews"
  • गौतमबुद्ध र पोखरा विमानस्थललाई बोझ बन्यो विदेशी ऋण, किस्ता तिर्ने रकम कहाँबाट जुटाउने?
  • २०७८ कार्तिक १२, शुक्रबार २१:२२
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

नेता गजेन्द्र हमालले आफूमाथि प्रश्न उठेपछि तीन दिनमै उद्योगमन्त्री पदबाट राजीनामा

उपेन्द्र र महेन्द्रलाई प्रचण्डको प्रस्ताव ‘पार्टी एकता गरेर जनकपुरमा घोषणासभा गरौं’

स्यहारकर्ता बाटै बच्चालाई घरमा सुरक्षित शिक्षामा सामजको ध्यानाकर्षण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version