भैरहवा : विश्व ओमकार एकता महाभियानको आयोजनामा रुपन्देहीको भैरहवास्थित महेन्द्र सभागृहमा ‘विराट धर्मसभा’ आज सुरु भएको छ । सभामा प्रवचन दिन भारतबाट जगतगुरु शंकराचार्यसहित एक दर्जन धर्मगुरुहरु आएका छन् ।
मंगलबारसम्म चल्ने धर्मसभामा नेपाल र भारतका धर्मगुरुहरुले प्रवचन दिनेछन् । जगतगुरु शंकराचार्यले आजै सम्बोधन गर्ने कार्यक्रम छ । सभामा वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवारका सयभन्दा धेरै संस्थाका धर्मगुरुसहित हजारौंको सहभागिता रहेको बताइएको छ ।
धर्मसभामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, पाल्पालगायतका जिल्लाबाट समेत सयौं संख्यामा उपस्थिति रहेको आयोजकले जनाएको छ । सभामा हिन्दु धर्मको रक्षाबारे छलफल र बहस हुने बताइएको छ ।