• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

फारवेष्ट बिशेष : भष्ट्राचार, भष्ट्राचार, भष्ट्राचार कहिले हराउँछ हाम्रो मुलुकबाट यो शब्द


फारवेष्ट बिशेष : भष्ट्राचार, भष्ट्राचार, भष्ट्राचार कहिले हराउँछ हाम्रो मुलुकबाट यो शब्द

मोहनदेव भट्ट

भष्ट्राचार  भन्ने बित्तिकै हाम्रो विचारमा आउने सोच भनेको गलत तरिकाबाट आर्जित गरेको आर्थिक लाभलाई मानिन्छ । तर आजको आवश्यकता भनेको भष्ट्राचार  लाई कसरी परिमार्जित गर्ने भन्ने हो । बास्तवमा भष्ट्राचार भन्ने वित्तिकै अक्सर आफनो व्यक्तिगत फाइदाको लागि  शक्तिको दुरुपयोग गरेर अनुचित लाभ भनेर परिभाषित गरिएको छ ।

भष्ट्राचारको मूल थलो र यसको विकास कहाँ बाट हुन्छ भन्ने यकिन कुरा अहिले सम्म बाहिरीएको छैन् । तापनि यदि राष्ट्र प्रशासनिक, आर्थिक र राजनीतिक रुपले सुलभ र सक्षम छ भने त्यस्तो मुलुकमा भष्ट्राचार अलि न्यून हुन्छ । यसो भन्दैमा यस्ता राष्ट्रहरुमा भष्ट्राचार सून्य हुन्छ भन्ने छैन् ।

कुनै राष्ट्र पूर्ण प्रजातान्त्रिक हुन्को लागि जनताको न्यूनतम सार्वजनिक सेवा सहज हुनु आवश्यक हुन्छ । जुन देशमा जनताको मौलीक हक अधिकारको सहि पहिचान हुदैन । त्यस्ता राष्ट्रहरुमा भष्ट्राचारले जरो गाडेको हुन्छ । जसमा सबै भन्दा ठूलो हात त्यहाँ रहेका प्रशासनिक क्षेत्रका(कर्मचारी)हरुको रहेको हुन्छ ।

प्रशासनिक क्षेत्र भनेको जनताले आफनै जोडबलमा पाउने क्षेत्र हो । जहाँ बाट जनताको सेवा सुविधाका काम हुन्छन् । जस बापत राज्यले यस्ता क्षेत्रका सेवकहरुलाई उनीहरुको सेवाको मूल्य पनि चुकाई रहेको हुन्छ । तर यस्ता क्षेत्रमा काम गर्ने कर्मचारीहरु क्षणिक काल र आफनो व्यक्तिगत लाभ उर्पाजनको लागि भष्ट्राचारमा लिप्त भएका हुन्छन् ।

नेपालको सन्दर्भमा भष्ट्राचारका कुराहरुले निकै जोड दिइने गरिन्छ । किन भन्ने कुरा माथिका हरफहरुमा पनि उल्लेख गरिसकिएको छ । भष्ट्राचारको सन्दर्भमा एउटा ऐतिहासिक कथन पनि छ । हाम्रा राष्ट्र निर्माता पृथ्वी नारायण शाहले एउटा सान्र्दभिक उपदेश उल्लेख गर्नु भएको छ । घुस लिने र दिने दुबै राष्ट्रका शत्रु हुन् । जुन उपदेश त्यो कालमा लागू भएको पनि थियो ।

अझ राणाकालिन युगमा त जसले भष्ट्राचारको नाम मात्र लिन्छ उसलाई सबैको अगाडी ५ जना साक्षी राखेर काटी दिए हुन्छ भन्ने चलन थियो । यस्ता व्यक्तिहरु माथि कुनै पनि मुद्दा मामिला चलाउने चलन थिएन । नेपालकै सन्र्दभमा कुरा गर्ने हो भने पंञ्चायत कालमा पनि आफनै सहोदर भाई र परिवारका सदस्यहरुलाई दण्ड दिएको कुरा अहिले पनि चल्ने गर्छ ।

यसरी नेपालले पञ्चायती व्यवस्था देखी प्रजातन्त्रको मुलधार हुँदै गणतन्त्रमा प्रवेश गर्यो । यसरी विकसीत हुदै आएको संस्थाहरुमा नेतृत्व गर्ने व्यक्तिहरुको आफनै चरित्रले गर्दा भष्ट्राचार चरम रुपमा विकसीत भएको तथ्यहरु पनि बाहिरीएका छन् ।जहाँ कुनै कामको लागि घुस वा राजनीतिक शक्तिको दुरुपयोग  हुन्छ त्यसले नै हामीमा विकास भएको कु संस्कृति दर्साउछ । अहिलेको नेपालको कुरा गर्ने हो । भष्ट्राचारको मूल जरो वा शक्ति भनेको राष्ट्र हाँक्ने नेताहरु नै हुन् ।

सानो भन्दा सानो कामको लागि चाकरीको पालना गरिन्छ । त्यो स्थानमा भष्ट्राचारले सहजै आफनो स्थान ओगटेको हुन्छ । यसरी राष्ट्रका चार अंग देखी निजि क्षेत्रमा भै राखेको चरम शक्तिको दुरुपयोग, पैसाको खेलोले अहिले राष्ट्र कुन दिशा तर्फ उन्मुख भै राखेको छ भन्ने कुरा बर्णन गरिराख्नु नर्पला । जसको यर्थातता अहिले मुलुकले व्यहोरेको परिस्थितीलाई नियाल्दा पनि हुन्छ ।

सानो भन्दा सानो कामका लागि  बिचौलियाको हात समात्ने प्रचलन जब अगाडी आउन थाल्यो यसले पनि भष्ट्राचारलाई बढाउन लागि प्रमुख भूमीका खेलेको तथ्यहरु रहेका छन् । भष्ट्राचार भन्नाले आर्थिक चलखेलको रुप मात्र होइन् । जहाँ छोटो बाटोबाट सहज रुपमा आफनो काम फत्ते गर्ने अवस्था आउँछ । त्यहाँ भष्टा«चारको गन्ध आई हाल्छ । अहिले हाम्रो जस्तो सानो र अल्पविकसीत मुलुकमा हरेक क्षेत्रमा भष्ट्राचारले आफनो जरो गाढीरहेको छ ।

भष्ट्राचारको कुरा गर्दा अहिले नेपालमा राजनीतिक शब्द मौलाएको छ । जस्तै राजनीति शुद्ध सामाजिक सेवाको भावबाट  गरिने एउटा सामाजिक अंश भएपनि अहिले नेपालमा यो शब्दलाई हामीले पैसाले खरिद गर्नु पर्ने अवस्था आएको छ । यदी साच्चै तपाईलाई  राजनीति गर्नु छ भने तपाईले कुनै पनि दल प्रति आफनो आस्था र मनोभाव प्रष्ट्याउनु पर्दैन् । यदि तपाई आर्थिक रुपले सबल हुनुहुन्छ भने तपाई स्वत दलको अभिन्न अंग बन्नु हुन्छ । यही प्रचलन अहिले नेपालका राजनीतिक दलहरुले ल्याएका छन् ।

प्रजातन्त्रको प्राप्तिको तिन दशकको यात्रामा धेरै चप्पल छापहरुले महल खडा गरिसकेका छन् । आफनो राजनीतिक शक्तिको दुरुपयोग गरेर अगाडी बढेका धेरै नेताहरु राष्ट्रले जन्माई सकेको छ । तर शासकिय शक्तिको आडमा न यिनिहरु माथि कार्वाही भएको कुराहरु बाहिरीएका छन् न यिनिहरुलाई कानूनको दायरामा ल्याएर कार्वाही गर्ने हुर्मत कसैमा छ ।

दलीय हिसाबमा शत्तामा पुगेकाहरुलाई भष्टा«चारका बारेमा पहिले एकचिम्टी ज्ञान पनि हुदैन् । जब उ शासन शत्ताको बागडोर सम्हाल्न त्यो स्थानमा पुग्छ । अनि उसका अगाडी पहिला देखी यस्ता शक्तिहरुलाई भजाएर राज्यलाई लुटेकाहरुको छायाँ पर्छ । अनि उनीहरुकै जोडबलमा एउटा सामान्य नेता भष्टा«चारमा लिप्त हुँदै जान्छ ।

यसरी भष्ट्राचार मौलाउनुमा देशले बिकासका बाटोहरु पहिल्याउन नसक्नु पनि हो । यदि राष्ट्र बिकसित छैन भने त्यहाँ दलाल र बिचौलीयाहरुको सञ्जाल बढ्न थाल्छ । जसको कारण हाम्रो जस्तो  अल्पबिकसीत मुलुकमा भष्ट्राचारले आफनो जालो फिजाउने मौका पाउन थाल्छ । यदी यही अवस्था रहने हो नेपालीले आफनो पहिचान गुमाउने देखी लोकतन्त्र र गणतन्त्र मासिने सम्भावना प्रबल हुँदै छ । जसका लागि नेपाली जनताहरु सडकको बाटो नसमाउला भन्न सकिन्न ।

दलीय संयन्त्रमा आएको अल्पज्ञानको भाव पनि भष्ट्राचारको अर्को कारण हो । यही अल्पज्ञानीहरु रही रहने हो भोलीका दिनमा हामीले प्राप्त गरेका लोकतन्त्रको  निर्माण र समृद्ध राष्ट्र बन्ला भनेर परिकल्पना गर्नु बेकार हुनेछ । किनकी अब युग भनेको आर्थिक युग भै सक्यो । जसले धनबाट शक्ति आर्जन सक्यो । उसको पहिलो प्राथमिकता भनेको आफूले लगानी गरेको धन कसरी आर्जन गर्ने भन्ने हुन्छ । उ शक्तिलाई कसरी आफूतिर रुपान्तरित गर्ने भनेर लागि रहेको हुन्छ ।

अन्त्यमा यदि साच्नै भष्ट्राचार न्यूनिकरण गर्ने हो यो संस्कृतिलाई निर्मुलिकरण गर्ने हो अब बिरालोको घाँटीमा घण्टी झुन्ड्याउने समय आइसकेको छ । यसको लागी को पहिला अगाडी सर्छ त्यसको पर्खाइमा छन् भष्ट्राचार  बिरुद्धका मानिसहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘माओवादी केन्द्रमा फर्किनुस्, नभए राजीनामा दिनुस्’
  • २०७८ कार्तिक ७, आईतवार २०:३८
  • In "देश"
  • ओली सरकारका तीन वर्ष : १०० मा ३० अंक
  • २०७८ कार्तिक ७, आईतवार २०:३८
  • In "देश"
  • मोदीसँग प्रचण्डको आग्रह : खोप दिनुभयो धन्यवाद, लोकतन्त्रलाई समर्थन होस्
  • २०७८ कार्तिक ७, आईतवार २०:३८
  • In "देश"
Tags: #विचार

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

वांग्लादेशमा हिन्दू धर्म मथी भएको दमनको विरोधमा कृष्णनगरमा प्रदर्शन गर्नुका साथै पुतला दहन

ताईवानको बारेमा मुख सम्हाले बोल्न अमेरिका लाई चिनियाँ चेतावनी

मदरसा शिक्षा लाई मूल प्रवाहिकरणमा ल्याउन विस्तृत छलफल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version