• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिन्धुपाल्चोकमा घर बनाउन ठेक्का लिएका व्यक्तिबाटै नेत्रप्रसादको हत्या, दुई जना पक्राउ


सिन्धुपाल्चोकमा घर बनाउन ठेक्का लिएका व्यक्तिबाटै नेत्रप्रसादको हत्या, दुई जना पक्राउ

काठमाडौं । सिन्धुपाल्चोकमा एक व्यक्तिको हत्या गरी उनकै आँगनमा गाडेको आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्र प्रसाद दाहालको हत्या गरी उनकै घरको आँगनमा खाल्डो खनी गाडेको आरोपमा काभ्रेको खानीखोला गाउँगालिका–८ बस्ने ३३ वर्षीय कृष्ण मगर र सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–७ का ३५ वर्षीय छिरिङ तामाङलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

घट्ना गत असोज १९ गते रातिको हो । त्यसको भोलिपल्ट असोज २० गते बिहान दाहालको घर अगाडिको आँगनमा दुवै खुट्टाको औंला मात्र देखिने गरी बालुवाले पुरेको अवस्थामा शव रहेको जानकारी टेलिफोनमार्फत स्थानीयले प्रहरीलाई गराएका थिए । सूचना पाए लगत्तै सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीसहितको टोली घटनास्थल पुगेको थियो । घट्नास्थल पुगेको प्रहरी टोलीले आँगनको बालुवा हटाएर हेर्दा घरधनी ६३ वर्षीय दाहाल रहेको खुल्न आएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

घटनाको शव जाँच प्रकृति मुचुल्का, भौतिक सबुद प्रमाण संकलन लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमका लागि मृतकको शव काठमाडौं मेडिकल कलेज, भक्तपुर दुवाकोटमा  पठाइएको उनले बताए ।

घट्नस्थल वरपर रहेका छरछिमेकसँग घटनाको बारेमा बुझ्दा घटना हुनुभन्दा तीन दिन अघि मृतकको घरमा दुई जना अपरिचित व्यक्तिहरु आउने जाने गर्ने गरेको खुल्न आएको थियो ।
मृतक दाहालले प्रयोग गर्ने मोबाइल सेट समेत फेला परेको थिएन । तर दाहालको मोबाइल भने चालु अवस्थामा नै पाइएको थियो । सोही मोबाइलको आधारमा मेलम्ची नगरपालिका–११ स्थित हेलम्बु बसपार्कबाट मगरलाई नियन्त्रणमा लिएको उनले बताए । मगरको साथबाट दाहालको मोवाइल सेट बरामद भएको उनले बताए । मगरले दिएको बयानका आधारमा काठमाडौंको गोकणेश्वर नगरपालिका–८ नारायणटारबाट असोज २८ गते तामाङलाई नियन्त्रणमा लिएको बस्नेतले बताए ।

किन गरियो हत्या ?

प्रहरीका अनुसार मृतक दाहाल पुरानो घर भत्काएर नयाँ घर बनाउने तयारीमा थिए । सो कुरा मगर र तामाङले थाहा पाए । दाहालको घर बनाउन दुवै पक्षबीच मौखिक सहमति भएको थियो । असोज २० गतेदेखि नयाँ घर बनाउन शुरु गर्ने शर्तमा दाहालले मगर र तामाङलाई ४० हजार रुपैयाँ पेश्की दिने मौखिक सहमति भएको थियो ।

घर बनाउन दाहालले ४० हजार पेश्की दिने सहमति जनाएका कारण उनीसँग नगद रकम रहेको आशंकामा उनको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । दाहालसँग भएको नगद रकम लुट्ने योजना अनुसार असोज १९ गते राति नै मगरले कोदालोले टाउकोमा प्रहार गरी दाहालको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बस्नेतले बताए । हत्या पछि दुवै जनाले उनकै घर अगाडि खाल्डोखनी शव गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ । रातिको समयमा शव गाडेका कारण खुट्टाको औंला राम्रोसँग नपुरिँदा घटना बाहिर आएको हो ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मगर र तामाङविरुद्ध कर्तव्य ज्यान मुद्दामा असोज २२ गते मुद्दा दर्ता भएको उनले बताए । जिल्ला अदालतबाट कात्तिक ४ गते म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ : सालोको सम्पत्ति हडप्ने लोभमा भदैको हत्या, फुपाजुसहित ३ जना पक्राउ
  • २०७८ कार्तिक ७, आईतवार २०:११
  • In "देश"
  • रौतहटमा आँप टिपेको विषयमा विवाद हुँदा एक किशोरको हत्या, दुई युवक पक्राउ
  • २०७८ कार्तिक ७, आईतवार २०:११
  • In "BannerNews"
  • मिर्चैया खानेपानी संस्थाको सुरक्षागार्डको हत्या आरोपमा दुईजना पक्राउ
  • २०७८ कार्तिक ७, आईतवार २०:११
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

सनराइज बैंकले ग्राहक ठगीदै, ऋण फर्छ्यौट भइसक्दा पनि खाताबाट पैसा गायब

जन्मदर्ताका लागि १० हजार रुपैयाँ माग, प्रमाणपत्र नहुँदा विद्यालयमा राेकियाे भर्ना

फारवेष्ट बिशेष : भष्ट्राचार, भष्ट्राचार, भष्ट्राचार कहिले हराउँछ हाम्रो मुलुकबाट यो शब्द

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version