• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जसपाले गौर र टिकापुर जस्तै घटना गराउन खोजेको सिके राउतको खुलासा, प्रमाण प्रहरीमा बुझाएको दावी


जसपाले गौर र टिकापुर जस्तै घटना गराउन खोजेको सिके राउतको खुलासा, प्रमाण प्रहरीमा बुझाएको दावी

OLYMPUS DIGITAL CAMERA

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले जनता समाजवादी पार्टी (जसपा) आफ्नो आन्दोलनमा घुसपैठ गराएर गौर र टीकापुर जस्तै नरसंहार घटना गराउन चाहेको दावी गरेका छन् ।

उनले आफ्नो आधिकारिक फेसबुक पेजमा शनिबार बिहान पोस्ट राख्दै यस्तो दावी गरेका हुन् ।

‘२०७८ कार्तिक ५ गते शुक्रबार जसपाको धनुषा बैठकबाट आधिकारिक रूपमा नै निर्णय गरिएको छ, सी के राउतको कार्यक्रममा जसपाले आफ्नो २०-२५ लठैतलाई पठाउने र प्रहरीमाथि ढुंगामुढा तथा भयावह आक्रमण गर्ने, सिके राउतले अगाडी लेखेका छन् ‘गौर र टीकापुर जस्तै घटना घटाउने, दोष जनमत पार्टीलाई लगाउने । अडियो प्रमाणमा त्यसको लागि जसपा धनुषा अध्यक्ष पशुपति यादव र युवा नेता नविन यादवलाई नामै किटेर खटाइएको सुन्न सकिन्छ।’

उनले प्रदेश २ मुख्यमन्त्री कार्यालय र स्वकीय सचिवको पनि सो कार्यक्रमा संलग्नता रहेको देखिएको दावी गरेका छन् ।

निर्णयको अडियो र भिडियो प्रमाण धनुषाका प्रहरी प्रमुखलाई उपलब्ध गराइएको सिके राउतले जनाएका छन् । उनले प्रहरी र प्रशासन सचेत रहोस् भन्ने आग्रह पनि गरेका छन् ।

सिके राउतले अगाडि लेखेका छन् ‘हामीले पटकपटक भन्दै छौं जनकपुरमा जनताले गरेको कारबाही कुनै पार्टी वा व्यवसायी विशेष विरूद्ध थिएन। सम्बन्धित परियोजनामा संलग्न व्यक्तिहरू मात्रै थिए । त्यो कारबाही गर्ने पनि आम जनता थिए, सबै पार्टीका थिए। ज्ञापन पत्र दिने पनि सबै पिडित टोलवासी थिए, नाम र हस्ताक्षर हेर्दा हुन्छ कुनै एक पार्टीका थिएनन्। स्पष्ट रहौं।’

उनले तर त्यसलाई बहाना बनाएर जसपा र त्यसका भातृसंगठनहरूले लगातार जनमत पार्टीको सचिवालय सहित कार्यक्रमहरूमा आक्रमण गर्दै आएको दावी समेत गरेका कछन् । अब त जसपाले बैठक गरेर आधिकारिक रूपमा नै पारित गर्दै कार्यक्रममा घूसपैठ गर्ने, प्रहरीमाथि आक्रमण गर्ने र ठूलो घटना घटाउने निर्णय गरेको उनको राउतको दावी छ ।

यसको स्पष्टीकरण जसपाले आधिकारिक रूपमा दिनुपने राउतले बताएका छन् ।

गएको बिहीबार जनकपुर स्थित खानेपानी तथा ढलकिास कार्यालयका निमित प्रमुख राजेश कुशावहालाई जनमतका नेताकार्यकर्ताले जनकारबाहीको नामममा अर्धनग्न गरेर बजार घुमाइ अमानवीय व्यबहार गरेका थिए । सो क्रममा प्रहरीले जनमतका १७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । उनीहरुलाई रिहाइको माग गर्दै जनमत पार्टीले शुक्रबार चलु जनकपुर, भरु जनकपुर कार्यक्रम गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउन गर्ने कार्यक्रम तय गरेको थियो । प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका जनमतका नेताकार्यकर्तालाई प्रहरीले लाठीचार्ज गर्दै धपाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उपेन्द्र यादवको जसपाले गौर र टीकापुर जस्तो घटनाका लागि घुसपैठ गराएको – राउत
  • २०७८ कार्तिक ६, शनिबार १५:०७
  • In "देश"
  • यादव अस्ताए सिके राउत उदाउँदो मधेशका हिरो
  • २०७८ कार्तिक ६, शनिबार १५:०७
  • In "BannerNews"
  • उपेन्द्र यादव जेल जाने सरकारको निर्णय विरुद्ध आन्दोलनको तयारीमा जसपा
  • २०७८ कार्तिक ६, शनिबार १५:०७
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

ह्वाट्सएपको नयाँ डिजाइन आउँदै, अब भिडिओ हेर्न सजिलो हुने

अनुमतिबिना सीसी क्यामेरा जडान

अब फेसबुककाे नाम परिवर्तन हुने, रिब्राण्डिङ गर्दै कम्पनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version