• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धानमा ठूलो क्षति भोगेका किसानले पाएनन् भारी वर्षाको सूचना


धानमा ठूलो क्षति भोगेका किसानले पाएनन् भारी वर्षाको सूचना

काठमाडौं । बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति भोगेका किसानले मौसमबारे समयमा सही सूचना नपाएको देखिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल कृषि अनसुन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले किसानलाई कृषि मौसमबारे सूचना दिन्छन् ।

तर यी निकायले पछिल्लो हप्ता जारी गरेको मौसम बुलेटिन अस्पष्ट छ । असोज २८ गते बिहीबार मौसमी सारांश भन्दै राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कात्तिक ४ गतेसम्मका लागि मौसम बुलेटिन सार्वजनिक गरेको थियो ।

जसमा भनिएको थियो ‘मौसममा बदली हुनेछ तर साताको अन्तिम अर्थात कात्तिक ३ गते बुधबारदेखि मात्रै देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना छ ।’ ५ बुँदे बुलेटिनको सारांशमा उच्च हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गरिए पनि केही स्थानमा मात्र भारी वर्षा हुने भनिएको थियो र हावाहुरीबारे उल्लेख गरिएको थिएन ।

प्रदेश १ मा साताको शुरुमा आंशिक बदली हुने र एक/दुई स्थानमा हल्का हिमपात, साताको मध्यमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने अनुमान गरिएको थियो । त्यसैगरी साताको अन्तिममा सामान्यदेखि पूर्ण बदली रहने र उच्च हिमाली तथा पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना औंल्याइएको थियो ।

यस्तै सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा साताको अन्त्यमा भारी हिमपातको सम्भावना औंल्याइएको थियो । देशका पहाडी भेगमा साताको शुरुमा आंशिक बदली रहने, प्रदेश १ र बागमतीका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा, साताको मध्यमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको थियो ।

साताको अन्त्यमा सामान्यदेखि पूर्ण बदली रहने धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र प्रदेश १ का थोरै स्थानमा भारी वर्षा र प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको थियो । जबकी यी भेगमा साताको मध्यमै भीषण वर्षाले धानबालीमा ठूलो क्षति पुर्‍याएको छ ।

देशका तराई भेगमा साताको शुरुमा (शुक्रबार शनिबार) आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा, मध्यमा (आइतबार, सोमबार र मंगलबार) आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र साताको अन्त्यमा (बुधबार, बिहीबार) सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वागमती, प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा भारी वर्षाको सम्भावना देखिने अनुमान गरिएको थियो ।

‘अनुकुलता हेरेर धान भित्र्याउनू’

मौसम बुलेटिनमा सामान्यदेखि भारी वर्षाको पूर्वानुमान गरेको केन्द्रले किसानलाई एक वाक्यमा दोधारे सुझाव दियो । साताभरि नै भारी, मध्यम र सामान्य वर्षा हुन्छ भनेको केन्द्रले धान काट्ने, नकाट्ने वा भित्र्याउने सम्बन्धमा स्पष्ट सुझाव आफ्नो सूचनामा लेखेको छैन ।

बुलेटिनमा लेखिएको छ, ‘आगामी साताका अधिकांशदेखि धेरै भूभागहरुमा हल्कादेखि भारी वर्षाको सम्भावना भएकोले पाकेको धानलाई मौसमको अनकुुलता हेरी भित्र्याउनू ।’

जलवायु प्रकोप समुत्थान निर्माण राष्ट्रिय आयोजना निर्देशक शिवनन्दन प्रसाद साह ।

जलवायु प्रकोप समुत्थान निर्माण राष्ट्रिय आयोजना निर्देशक शिवनन्दन प्रसाद साहका अनुसार जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको सूचनाका आधारमा उक्त सूचना किसानलाई पठाइएको हो ।

धेरै धान उत्पादन हुने तराईका २६ जिल्लाका ३० हजार किसानलाई मोबाइलमा उक्त एसएमएस पठाइएको साहले बताए । ‘मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान र त्यसको कृषिमा पर्न सक्ने असरबारे राष्ट्रिय कृषि अनुसन्धान परिषद्का वैज्ञानिकले तय गरेको भाषा किसानलाई पठाइएको हो,’ साहले भने । आफूहरुले मौसमको सम्भावनामात्रै बताउने तर ग्यारेन्टी गर्न नसक्ने उनको भनाइ छ ।

किसानले बुझेनन् ‘एसएमएस’

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र विश्व बैंक लगायतको दातृ निकायको सहयोगमा सञ्चालित यो आयोजनाले मौसमी प्रतिकुलता र कृषि उपज बचाउने उपायसम्बन्धी जानकारी वेबसाइटमा साप्ताहिक रुपमा प्रकाशित हुने बुलेटिन, मोबाइल एप र एसएमएसबाट किसानलाई दिने गरेको छ ।

तर, लामो समयदेखि वेबसाइट नियमित अपडेट छैन । सन् २०१९ को सेप्टेम्बरयता केन्द्रको फेसबुक पेज पनि अपडेट छैन भने वेबसाइटमा पछिल्लो सूचना तथा जानकारी २०७६ सालको दशैंमा व्यक्त गरिएको शुभकामना सन्देश मात्रै छ ।

केन्द्रका प्रमुख साहका अनुसार अहिले नियमित भनेको मौसमबारे जानकारी दिने एसएमएसमात्रै हो । ‘किसानहरु मोबाइल एप, वेबसाइट चलाउन नजान्ने र एसएमएस पनि प्राविधिक कुरा भएकाले बुढाबुढी किसानले बुझेनन् यसपटक यस्तै कमजोरी भयो,’ साहले भने ।

तपाईंहरुले पानी पर्छ भनी तोकेको समय त मिलेन नि भन्ने जिज्ञासामा साहले भने, ‘यो विषय शंकाको घेरामा छ, हाम्रो मौसम पूर्वानुमान गर्ने प्रणालीको विश्वसनीयतामा निखार जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धान भित्र्याउने बेला वर्षाले समस्या
  • २०७८ कार्तिक ३, बुधबार २३:०२
  • In "BannerNews"
  • रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
  • २०७८ कार्तिक ३, बुधबार २३:०२
  • In "BannerNews"
  • ‘पाकेर झुलिसकेको धान भित्र्याउन नपाएर समस्या भइरहेको छ’
  • २०७८ कार्तिक ३, बुधबार २३:०२
  • In "BannerNews"
Tags: #कृषि

नेपाल एक्सन

सम्बन्धित खबर

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

पोखरामा जर्मनीका राजदूत र मेयर आचार्यबीच भेट, सहकार्य बढाउने सहमति

चुनावी सरकारका नियुक्ति निर्णय फिर्ता लिन राष्ट्रिय एकता दलको माग

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

Next Post

पाकिस्तानमा बौद्ध सम्पदाहरु ध्वस्त पार्न थालिएपछि श्रीलंका आक्रोशित

चीनले शिन्जियाङमा ‘नर्कको जस्तो’ अवस्था सिर्जना गरेको एमनेस्टीको आरोप

संयोजक विनय यादवसहित ४१ जना अभियन्ता पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

अमेरिकी दूतावासमा आक्रमण

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version