• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

केपी ओलीले समन्वय गर्न नजान्दा विद्रोह भयो : मन्त्री झाँक्री


केपी ओलीले समन्वय गर्न नजान्दा विद्रोह भयो : मन्त्री झाँक्री

पाल्पा। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जनताको पक्षमा काम गर्ने मौका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जस्तो कसैले नपाएको दाबी गर्दै उनी त्यसमा असफल भएको बताएकी छिन् ।

नेपाल पत्रकार महासंघ पाल्पाले सोमबार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ओली एक्लै हिँडने प्रयास गर्दा नेकपा एमालेमा विद्रोह र भत्किने प्रक्रिया शुरु भएको बताइन् ।

‘नयाँ संविधान कार्यान्वयन गरेर मुलुकलाई आर्थिक, सामाजिक रुपान्तरण गर्ने मौका उहाँमा थियो । त्यो मौकामा आफ्नै बहुमतको सरकार थियो’ उनले भनिन्, ‘सामान्य समन्वय नगरेर एक्लै हिँडने जुन प्रयास गर्नुभयो, र सुशासन होइन्, कुशासन दिने जुन प्रयास गर्नुभयो त्यसैबाट बिद्रोह र भत्किने प्रक्रिया शुरु भएको हो ।’

आफूहरु अलग पार्टीमा बस्ने अवस्थाको कारक केपी ओली रहेको उनको भनाइ थियो । ओलीतर्फ इंकित गर्दै उनले अगाडि भनिन्, ‘उहाँले पार्टीलाई सही ढंगले चलाउनुभएन् । राज्यसत्ता सही ढंगले चलाउनुभएन् । जवाफदेहीता दिनुभएन् । हावाका गफ गर्नुभयो ।’

केपी ओलीले आधार बिनाका हावादारी गफ गरेर समय खेर फालेको उनले आरोप लगाइन् । उनले अहिलेको परिस्थिति निर्माणको सह-उत्पादक नै केपी ओली रहेको आरोप लगाइन् ।

पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले वर्तमान सरकारले भ्रष्ट्राचार र कुशासनविरुद्ध काम गर्ने बताइन् । उनले भनिन्, ‘विगतमा पनि भ्रष्ट्राचार र गलत शासनका बिरुद्ध लड्दै आएकाले सरकारले जवाफदेहीता, पारदर्शीता र भ्रष्ट्राचार बिरुद्धको शून्य सहनशिलतालाई प्राथमिकतामा राखेर काम गर्छु।’

मन्त्री झाँक्रीले इमानदार प्रयास गर्ने हो भने केही हुने र आफूले मन्त्री हुँदा सोही अनुसार पहलकदमी लिनेमा उनको जोड थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रधानमन्त्रीमा केपी ओलीको असंगत दाबी
  • २०७८ कार्तिक १, सोमबार १५:४९
  • In "देश"
  • प्रधानमन्त्रीको ‘शाकाहारी’ भाषण : न उखान, न गाली !
  • २०७८ कार्तिक १, सोमबार १५:४९
  • In "थप"
  • आफू नेतृत्वको सरकार ढलेपछि ओली विचल्लित
  • २०७८ कार्तिक १, सोमबार १५:४९
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

‘महिला हिंसा गर्ने होसियार ! मौन बस्‍ने सरकार खबरदार !!’

आईएसआईले भारतलाई हल्लाउने मास्टर प्लान तयार पारेको ‘रअ’को आरोप

बेलायतका सांसदको हत्यामा आतंककारीको हात रहेको आशंका

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version