No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीन–ताइवान सैन्य सम्बन्ध ४० वर्षयताकै खराब, अमेरिकामा कोरोना खोप नलगाएका १४ सय स्वास्थ्यकर्मी जागिरबाट निकालिए


चीन–ताइवान सैन्य सम्बन्ध ४० वर्षयताकै खराब, अमेरिकामा कोरोना खोप नलगाएका १४ सय स्वास्थ्यकर्मी जागिरबाट निकालिए

बुधबार अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउन इन्कार गर्ने १४ सय स्वास्थ्यकर्मी जागिरबाट निकालिएको खबर चर्चामा रह्यो। त्यस्तै चीन–ताइवान सैन्य सम्बन्ध खराब बन्दै गएको खबरले पनि बुधबार चर्चा पायो। प्रस्तुत छ, बुधबार दिनभर विश्वभर घेटेका केही प्रमुख खबरहरू :
०००

साउदी अरबमा चिनियाँ भाषाको पढाइ सुरु 
रियाद : साउदी अरेबियामा चिनियाँ भाषामा पठनपाठन सञ्चालन भएको छ। शिक्षा र विभिन्न व्यापार व्यवसायलाई सहज बनाउन चिनियाँ भाषामा पठनपाठन सञ्चालन गरिएको बताइएको छ।

अरब न्यूजमा बुधबार प्रकाशित समाचारअनुसार साउदी अरबका केही विश्वविद्यालयहरुले चिनियाँ भाषामा पठनपाठन सञ्चालन गरेका छन् भने कतिपय कलेजहरुले भाषाको लागि तयारी कक्षा सञ्चालन गरेका छन्। योसँगै साउदी अरबमा चिनियाँ भाषाको नयाँ युग सुरु भएको छ।

चीन र साउदी अरबले सन् १९९० देखि कुटनैतिक सम्बन्ध स्थापना गरेका थिए। कुटनैतिक सम्बन्ध स्थापना भएको ३१ वर्षपछि साउदी अरबका विश्वविद्यालय र विद्यालयहरुमा चिनियाँ भाषा पढाउन र सो भाषामा पठनपाठन थालिएको बताइएको छ।

चिनियाँ भाषाबाट साउदी अरबले सन् २०३० को लागि राखेको शिक्षाको लक्ष्य पुरा हुने र दुई देशबीचको सम्बन्ध झनै प्रगाढ बनाउने विश्वास राखिएको अरब न्यूजमा उल्लेख छ।
०००

चीन–ताइवान सैन्य सम्बन्ध ४० वर्षयताकै खराब
ताइपेई
 : स्वायत्त राज्य ताइवानले पछिल्लो समय चीन र आफूबीच ४० वर्षयताकै खराब सम्बन्ध भएको प्रतिक्रिया दिएको छ। चीनले सल्लाहबिना ताइवानको वायु रक्षा क्षेत्रमा युद्धक विमान पठाएपछि सम्बन्ध बिग्रिएको प्रतिक्रिया दिएको हो।

चीनले चार वर्षभित्रमा ताइवानमाथि हमला गर्न सक्ने ताइवानका रक्षा मन्त्रीले बताएका छन्। बुधबार ताइवानका रक्षा मन्त्री सिउ कुओ चेङले प्रतिक्रिया दिँदै भनेका छन्, ‘पछिल्लो समय चीनको सैन्य गतिविधिले तनाव दिएको छ। सो तनावका कारण चीन–ताइवान सैन्य सम्बन्ध ४० वर्षयताकै खराब भएको छ। चीनले यही गति कायम राख्ने हो भने सन् २०२५ सम्ममा ताइवानको टापु पूर्ण रुपमा आक्रमण गर्न सक्छ।’

चीनले शुक्रबारदेखि श्रृंखलाबद्ध रुपमा ताइवानको वायु रक्षा क्षेत्रमा युद्धक विमान पठाएको छ। सोमबार मात्र आफ्नो वायु रक्षा क्षेत्रमा ५६  युद्धक विमान पठाएको ताइवानको दाबी छ। ताइवाननजिकै सैन्य अभ्यासको लागि आफूले सो विमान पठाएको र हालसम्मकै रेकर्ड तोडेको चीनको भनाइ छ।
०००

पाकिस्तान र इरानबीच अफगानिस्तानको सीमा सुरक्षाबारे छलफल
इस्लामावाद
 : पाकिस्तान र इरानबीच सीमा सुरक्षा सम्बन्धमा दुई पक्षीय छलफल भएको छ। दुई देशबीच अफगानिस्तानसँगको सीमा सुरक्षाबारे पाकिस्तानको राजधानी इस्लामावादमा छलफल भएको हो।

इरानका उप विदेश मन्त्री अली बघेरी खानी र पाकिस्तानको विदेश सचिवालयका सोहेल मोहम्मुदबीच इस्लामावादमा भेटवार्ता भएको थियो। भेटमा उनीहरुले अफगानिस्तानसँगको सीमा सुरक्षा, राजनैतिक, आर्थिक, व्यापार, उर्जा, शिक्षा आदिबारे छलफल भएको बताइएको छ।

अफगानिस्तान र पाकिस्तानको सीमामा आफ्ना सैनिक मारिएको एक हप्तापछि पाकिस्तानले सीमा सुरक्षामा चासो देखाएको बताइएको छ।
०००

फिलिपिन्समा पूर्व तानाशाहका छोरा राष्ट्रपतिको चुनावमा लड्दै 
फिलिपिन्सका पूर्व तानाशाह फर्नान्ड म्याक्रोसका छोराले आगामी राष्ट्रपतीय चुनावमा लड्ने घोषणा गरेका छन्। बोङबोङ भनेर चिनिने जुनियर फर्नान्ड म्याक्रोसले बुधबार सन् २०२२ मा हुने फिलिपिन्सको राष्ट्रपतीय चुनावमा लड्ने घोषणा गरेका हुन्।

बोङबोङले राष्ट्रपति रोड्रिगो डुटेर्टेको लागूऔषध विरुद्धको विवादास्पद युद्धको बचाउ र लागूऔषध तस्करको फासीको समर्थन गर्दै आएका छन्।

६४ वर्षीय उनले आगामी वर्ष हुने राष्ट्रपतीय चुनावमा उम्मेदवारी दिएको घोषणा गर्दै डुटेर्टेपछि आफूले फिलिपिन्सको नेतृत्व गर्ने बताएका छन्।

तानाशाह भनेर चिनिने उनका पिता फर्नान्ड म्याक्रोसले सन् १९८६ मा देशबाट भागेर अमेरिकामा बस्दै आएका छन्।
०००

तालिबानले भेटे बेलायती र इरानी अधिकारी
काबुल
 : तालिबानका शीर्ष नेताले पहिलो पटक बेलायती र इरानी अधिकारीसँग भेटवार्ता गरेका छन्। तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि पहिलो पटक बेलायतसँग भेटवार्ता गरेका हुन्।

तालिबानका शीर्ष नेता र बेलायती प्रधानमन्त्रीका उच्च प्रतिनिधि सर सिमोन ग्यासबिच मंगलबार राति भेट भएको हो। त्यसअघि तालिबानले इरानका कुटनैतिक अधिकारीसँग भेटवार्ता गरेको तालिबानका प्रवक्ता बिलाल कारिमीले बताएका छन्।

तालिबानले दुवै देशका कुटनीतिक अधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेको बताइएको छ। बेलायतसँगको भेटमा आर्थिक सहयोग सम्बन्धमा र इरानसँगको भेटमा दुई देशबिचको व्यापार र सीमा सुरक्षा सम्बन्धमा छलफल भएको एबीसी न्यूजमा समाचार छ।
०००

जापानमा भूकम्पपछि सुनामीको चेतावनी
टोकियो
 : उत्तरपूर्वी जापानमा बुधबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पपछि सो क्षेत्रमा सुनामी आउने चेतावनी दिइएको छ।

बिहान गएको भूकम्पका कारण तीन जना घाइते भएका छन् भने सामान्य भौतिक क्षति भएको स्थानीय अधिकारीले बताएका छन्।

हासिकामी क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले प्यासिफिक क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिएको क्योडो न्यूजले जनाएको छ।
०००

म्यानमारमा सुकीले यसै महिना प्रतिरक्षा गर्ने
बैंकक
 : म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीले यसै महिना प्रतिरक्षा गर्ने भएकी छन्। फेब्रुअरीमा विभिन्न आरोप लगाउँदै सेनाले सत्ता कब्जामा लिएपछि पहिलोपटक उनले अदालतमा प्रतिरक्षा गर्ने भएकी हुन्।

उनको प्रतिरक्षाको लागि अक्टोबर २६ को समयतालिका तोकिएको छ। प्रतिरक्षाको लागि सुकी र अन्य दुई जना उनी पक्षीय अदालतमा उपस्थित हुने सुकीका वकिल खिन मौङ जोले बताएका छन्। ‘विभिन्न आरोप लगाएर पदच्युत गर्दै नजरबन्दीमा परेकी सुकीले हालसम्म प्रतिरक्षाको मौका पाउनु भएको थिएन। उहाँले पहिलो पटक सो मौका पाउदै हुनुहुन्छ’, वकिल जोले भनेका छन्।

फ्रेब्रुअरी १ मा म्यानमार सेनाले सैन्य ‘कू’ गरेको थियो। त्यसयता म्यानमारका जनताले लोकतन्त्र फर्काउन थुप्रै विरोध एवम् आन्दोलन जारी राखेका छन्।

लामो राजनैतिक अस्थिरता र कोभिड महामारीसँगै लगाइएको प्रतिबन्धका कारण म्यानमारका गरिब जनताले भोकमरीको सामना गरिरहेको बताइएको छ।
०००

सन् २०५० सम्ममा ५ अर्ब मानिसले जल संकट व्यहोर्ने संयुक्त राष्ट्रसंघको भनाइ
जेनेभा
 : संयुक्त राष्ट्र संघ (युएन) ले हालै एक रिपोर्ट सार्वजनिक गर्दै सन् २०५० सम्ममा संसारमा विशाल जल संकट निम्तिने चेतावनी दिएको छ। आगामी पाँच दशकमा करिब ५ अर्बभन्दा बढी मानिस पानीको पहँुचबाट बञ्चित हुने भन्दै युएनले सो चेतावनी दिएको हो।

युएनको वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेसनको रिपोर्टअनुसार सन् २०१८ सम्ममा करिब ३ अर्ब मानिसहरुले हरेक महिना पानी संकट व्यहोर्नु परेको थियो। यदि संसारमा सुख्खा तथा खडेरीको अवस्था नसुध्रिएमा ५ अर्बभन्दा बढी मानिसले पानी संकट व्यहोर्नुपर्ने स्थिति आउने युएनले सो रिपोर्टमा उल्लेख गरेको छ।

आगामी नोभेम्बरमा आयोजित कप–२६ मा जल संकटविरुद्ध लड्न संसारका प्रतिनिधि मुलुकले कदम चाल्नुपर्नेमा युएनले जोड दिएको छ।
०००

अमेरिकामा खोप नलगाएका १४ सय स्वास्थ्यकर्मी जागिरबाट निकालिए
न्यूयोर्क
 : अमेरिकाको न्यूयोर्क राज्यमा खोप नलगाएका करिब १४ सय स्वास्थ्यकर्मी जागिरबाट निकालिएका छन्। न्यूयोर्कको सबैभन्दा ठूलो स्वास्थ्य सञ्जालले कोभिड १९ विरुद्ध खोप नलगाउने १४ सय स्वास्थ्यकर्मीलाई जागिरबाट निकालेको हो।

न्यूयोर्क टाइम्सका अनुसार नर्थवेल हेल्थले खोप लगाउन अस्वीकार गर्ने १४ सय कर्मचारीलाई जागिरबाट हटाएको छ। करिब ७८ हजारभन्दा बढी कर्मचारी रहेको सो स्वास्थ्य सञ्जालमा ९८ प्रतिशतले खोप लगाएका थिए भने बाँकीले खोप लगाउन मनाही गरेका थिए। त्यसबाहेक कतिपयले समयावधिभित्र खोप लगाउन असफल भएका थिए।

खोप अस्वीकार गरेको आक्रोशमा नर्थवेलले तत्काल तीव्र कदम लिएको र उनीहरुलाई जागिरबाट निकालिएको न्यूयोर्क टाइम्समा समाचार छ।

न्यूयोर्क राज्यभर स्वास्थ्य हेरचाह र नर्सिङ होममा कार्यरत कर्मचारीसहित करिब ६ लाख ५० हजारभन्दा बढी स्वास्थ्यकर्मी छन्। सोमध्ये ९२ प्रतिशतले खोप लगाइसकेको बताइएको छ।

संयोजन : अस्मिता खड्का 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

Next Post
पाकिस्तानमा आज बिहानै शक्तिशाली भूकम्प, २० जनाको ज्यान गयो

पाकिस्तानमा आज बिहानै शक्तिशाली भूकम्प, २० जनाको ज्यान गयो

आजदेखि देशभरका अदालत बन्द

आजदेखि देशभरका अदालत बन्द

सुरु भयो दशैं : आज बिहान ११ः ४६ बजे घटस्थापनाको शुभ साइत

सुरु भयो दशैं : आज बिहान ११ः ४६ बजे घटस्थापनाको शुभ साइत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .