• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चुच्चे नक्सामा समेटिएका तीन गाउँमा जनगणना नहुने


चुच्चे नक्सामा समेटिएका तीन गाउँमा जनगणना नहुने

काठमाडौं । भारतीय अतिक्रमणमा परेको दार्चुलाका तीन गाउँमा जनगणना नहुने भएको छ । नेपालको चुच्चे नक्सामा समेटिएका नावी, गुञ्जी र कुटीमा जनगणना नहुने भएको हो । अहिले सरकारले जिल्लाका सबै स्थानीय तहमा घर सूचीकरणको लागि सुपरिवेक्षक खटाए पनि तीन गाउँमा खटाउन नसकेको हो । भदौ ३० गतेदेखि असोज १८ गतेसम्म जिल्लाभरि ४५ जना सुपरिवेक्षक खटिएका थिए ।

सरकारले मंसिर ९ गतेबाट जनगणना सुरु गर्दै छ । यो क्षेत्रमा ०१८ सालपछि जनगणना हुन सकेको छैन । जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेका अनुसार अहिले सुरक्षा उपस्थिति नभएको कारण यो क्षेत्रमा गणना सम्भव छैन । ‘अहिले हाम्रो राज्यको उपस्थित जहाँसम्म छ, त्यहाँसम्म मात्रै जनगणना हुन्छ,’ उनले भने । नेपाल सरकारले उपभोग गर्न नसकिरहेको र नेपाल सरकारको प्रशासनिक तथा सैनिक उपस्थिति नभएको ठाउँमा सुपरिवेक्षक पठाउन सम्भव नरहेको पाण्डेको भनाइ छ ।

पाण्डेका अनुसार दुई नगर र सात गाउँपालिकामा दुईवटा स्थानीय जनगणना कार्यालय छन् । दार्चुलामा ४९ जना सुपरिवेक्षक खटिएका छन् । एक सुपरिवेक्षकको भागमा चारवटा जति गणना क्षेत्र परेको छ । ‘चुच्चे नक्सामा परेको क्षेत्रमा नेपाली भूमि भएरै जान सुपरिवेक्षकका लागि बाटो भएन । असुरक्षाका कारण हामीले त्यता सुपरिवेक्षक नखटाएका हौँ,’ उनले भने, ‘नेपाली भूमिमा नेपालबाटै पुग्ने बाटो नभएसम्म गणनाको लगत संकलन सजिलो छैन ।’अहिले सरकारको उपस्थित व्याँसको छांगरु तथा तिंकरमा मात्रै छ । त्योभन्दा वर अहिले जनगणना गर्न सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत दार्चुलामा घर तथा घरपरिवार सूचीकरणको अन्तिम चरणमा पुगेको छ । घर तथा घरपरिवार सूचीकरण गर्न यहाँका गाउँगाउँमा खटिएका सुपरिवेक्षकले काम अन्तिम चरणमा पुर्‍याएका छन् । भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्यांक सबै इन्ट्री गर्न दसैँपछिसम्मको समयावधि दिइएको छ । जिल्लामा कर्मचारी र डेरा गरी बस्नेहरूको तथ्यांक संकलनमा केही समस्या भएको पाण्डेले बताए । ‘अन्य व्यक्तिबाट कुनै असहयोग भएको छैन,’ उनले भने, ‘डेरावाला र कर्मचारीलाई बढी सम्झाइबुझाई डाटा लिनुपरेको छ ।’

०६८ को जनगणनाअनुसार दार्चुलाको जनसंख्या एक लाख ३३ हजार दुई सय ७४ र परिवारको संख्या २४ हजार  ६ सय १८ रहेको छ । ०५८ मा भएको जनगणना अनुसार जिल्लाको जनसंख्या एक लाख २१ हजार नाै सय ९६ र परिवार संख्या २१ हजार ५९ रहेको थियो । पछिल्लो जनगणनाअनुसार जिल्लामा हरेक १० वर्षमा परिवार र जनसंख्या बढ्दै गएको देखिएको छ ।

पहिलो चरणमा संकलित तथ्यांकका आधारमा मूल गणना गरिने कार्यालयले जनाएको छ।  मूल गणना आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ । नेपालमा हरेक १०–१० वर्षमा जनगणना हुने गर्छ । यसपटकको जनगणना ‘मेरो गणना, मेरो सहभागिता : राष्ट्रिय जनगणना २०७८’ नाराका साथ भइरहेको छ ।  #चुच्चे नक्सा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानको सरकार देश चलाउन सक्षम छैन, वा निर्णय गर्न असमर्थ छ भनेर झापार छ।
  • २०७८ आश्विन १९, मंगलवार १४:३५
  • In "अन्तराष्ट्रिय"
  • १२ लाख १४ हजारले घट्यो बालबालिकाको जनसंख्या, के हो कारण?
  • २०७८ आश्विन १९, मंगलवार १४:३५
  • In "BannerNews"
  • जनकपुरधामको जनसंख्या झण्डै दुई लाख
  • २०७८ आश्विन १९, मंगलवार १४:३५
  • In "मधेश प्रदेश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

के कारणले फेसबुक ६ घण्टा सम्म बन्द भयो ?

ताईवानलाई कब्जा गरीयो, एशियामा शान्ति र लोकतन्त्रको लागी विनाशकारी परिणाम – रास्ट्रपति

बागमती प्रदेश सरकारले बनाएको ऐनमा भने सवारी चालक अनुमतिपत्र १०-१० वर्षमा नवीकरण गर्ने व्यवस्था

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version