• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

उचाईको सुटिङ नेपालमा हुँदै , अमिताभ बच्चन सहित कलाकार सहभागी


उचाईको सुटिङ नेपालमा हुँदै , अमिताभ बच्चन सहित कलाकार सहभागी

कोभीड यता नेपालमा फिल्मी गतिविधि सुस्ताएको छ । सिनेमा हल ठप्प छन् । सिनेमा छायांकन, प्रदर्शनको काम प्रभावित भएका छन् ।

यही पृष्टभूमीमा बलिउडको फिल्म नेपालमा छायांकन हुँदैछ । फिल्म ‘उँचाई’का लागि बलिउडकर्मीहरु काठमाडौं आएका छन् । अभिनेत्री परिणीति चोपडा, अभिनेता अनुपम खेर र बोमन इरानी काठमाडौं आएका हुन् । अनुपम खेरले बिहान पशुपतिनाथ दर्शन गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

यो फिल्मलाई बलिउडका दिग्गज निर्देशक सूरज बडजात्याले निर्देशन गर्दैछन् । ‘मैने प्यार किया’, ‘हम आपके है कौन’, ‘विवाह’, ‘प्रेम रतन धन पायो’, ‘हम साथ साथ है’ जस्ता सुपरहिट फिल्म निर्देशन गरिसकेका सूरज बडजात्याको यो सातौ फिल्म हो । यो फिल्म राजश्री प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो । लामो विश्रमपछि राजश्री प्रोडक्सनले ‘ऊंचाई’ निर्माणको तारतम्या मिलाएको हो ।

फिल्ममा डेनी डेन्जोपा, नीना गुप्ता पनि प्रमूख भूमिकामा रहने बताइएको छ । नेपालबाटै फिल्म ‘उंचाई’को छायांकन सुरु हुने मेलोमेसो मिलाइएको छ । फिल्म छायांकनको सेड्युल ४० दिनको छ । सन् २०२२ मार्चसम्म फिल्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

यो फिल्म चार मित्रको जिन्दगीको कथा हो । यी चार मित्रहरुको उमेर भने ६० बर्ष बढी हुन्छ । यी चार मित्रहरुको भूमिकामा अमिताभ बच्चन, बोमन ईरानी, अनुपम खेर र डेनी डेन्जोपा रहनेछन् ।

फिल्ममा यी चार पात्र बाहेक तीन महिलाको पनि रोचक भूमिका छ । यसमा नीना गुप्ता, सारिका र परिणीति चोपडा रहनेछन् । उनीहरुको कस्तो भूमिका छ भन्ने कुरा भने खुलाइएको छैन । परिणीतिको भूमिका भने मूख्य रहने बताइन्छ ।

फिल्म ‘उंmचाई’ अनुपम खेरको ५ सय २० औं फिल्म हो । यस फिल्ममा जोडिएपछि अनुपम खेरले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका थिए । उनले लेखेका थिए, ‘मित्र, मेरो ५२० औं फिल्म ‘ऊंचाई’को यात्रा सुरु भयो । सिनेमाका दिग्गज सूरज बडजात्यासँग काम गर्न पाएको छु, र राजश्रीम फिल्मको एक आर्शिवाद मिलेको छ ।’ अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विवादपछि ‘स्प्रिट’बाट बाहिरिइन् दीपिका, ‘अव्यवसायिक सर्त’ राखेको आरोप
  • २०७८ आश्विन १९, मंगलवार १३:०४
  • In "मनोरन्जन"
  • बलिउड फिल्म ‘उचाईंले नेपालको पर्यटन प्रवर्द्धन गर्छ’
  • २०७८ आश्विन १९, मंगलवार १३:०४
  • In "BannerNews"
  • पूर्वराष्ट्रपति बाराक ओबामाले फिल्म ‘तेन्जिङ’ निर्माण गर्ने
  • २०७८ आश्विन १९, मंगलवार १३:०४
  • In "देश"
Tags: #मनोरन्जन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

चिनियाँ केन्द्रित एशिया र विश्व वरीयतामा शीर्षस्थानमा वाशिङ्टनलाई विस्थापित

फेसबुकमा कसरी ब्याक डेटमा पोस्ट गर्ने, स्टाटसको मिति कसरी परिवर्तन गर्ने ?

राष्ट्रपति भण्डारीको खाना सिस्नोको झोल र पोखरेली चामलको भात

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version